भ्यालेन्टाइन डे नं १
हैन बैश पो चढेछ गाँठे । उसले सोच्यो । अघिल्लो वर्षसम्म उसलाई बाल दिवस, शहिद दिवस, प्रजातन्त्र दिवस आदिका बारेमा मात्रै थाहा थियो । पढाउन पनि त यहि मात्रै पढाएका थिए नि माष्टरहरूले कक्षामा । बुढाहरूले भन्दा पनि भनेनन् यस्तो दिवस नि हुँदो रहेछ । हुनत ती बूढाहरूलाई थाहा नि हुन परो नि । फेरी नेपाली गतेमा होइन फेवु्रवरी १४ मा रे । सुन्दै कस्तो रमाइलो, काउकुती लगाउँदो । खै मन परेकालाई प्रस्ताव पनि राख्छन रे अनि नाई भन्न नि पाइन्न रे । ए गाँठे कस्तो छाडा दिन रहेछ ? त्यो बर्षे पहिलोपल्ट भ्यालेन्टाइन डे का बारमा सुनेको थियो...