This is default featured slide 1 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 2 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 3 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 4 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 5 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

Monday, November 6, 2017

कोहेलो केमेस्ट्री


पाउलो भन्छन्, ‘जिन्दगीको रहस्य सातौंपटक लडेर आठौंपटक उठ्नु हो ।’ जिन्दगीप्रतिको पाउलोको यही विश्वासले मलाई पटकपटक उनलाई पढ्न र पढिरहन प्रेरित गर्छ । पाउलोलाई पढिरहँदा जिन्दगीप्रतिको आस्था ह्वात्तै बढेर आउँछ । चिहानमा गाडिसकेका सपनाहरूसमेत अचानक बौरिएर आउँछन् र सपनाहरूमा प्राण भर्ने जाँगर पलाएर आउँछ ।
मान्छेभित्रका अनेकन ‘मान्छेहरू’लाई सरल शब्दमा उनी यसरी केस्राकेस्रा केलाउँछन्, तिनका कथाहरूमा हामी आफ्नै कथा भेट्न पुग्छौं । तिनका सुस्केरा र थकानमा हामी आफ्नै सुस्केरा र थकान भेट्न पुग्छौं ।
बच्चाहरूलाई सुनाइने कथा अक्सर ‘एकादेशको कथा’बाट सुरु हुन्छ । पाउलोको कथाचेत अलि बेग्लै छ । ‘इलेभेन मिनेट्स’ उपन्यासको सुरुआतमै उनी भन्छन्, ‘एकादेशमा एउटी मारिया नामक वेश्या थिई । एकैछिन पर्खनुहोस्, एकादेशमा शब्द सुन्दर बालकथाहरूका लागि प्रयोग गरिने शब्द हो र वेश्या वयष्कहरूका लागि प्रयोग गरिने शब्द हो । म कसरी यसरी विरोधाभाषपूर्वक पुस्तकको सुरुआत गर्न सक्छु ? तर, जीवनको प्रत्येक क्षणमा हाम्रो एउटा पाउ परिकथामा र अर्का पाउ पातालमा हुन्छ त्यसैले कथाको सुरुआत यहीँबाट गरौं ।’
कथाको सुरुआत र अन्त्य गर्ने उनको आफ्नै मायावी शैली छ । यही शैलीका कारण उनी सधैं प्रिय लाग्छन् । भनिन्छ, बाइबलपछि संसारमा सबैभन्दा बढी उद्धृत भएका कुनै लाइन छन् भने ती पाउलोकै किताबका लाइनहरू हुन् । चलचित्रमा समेत उनका किताबका लाइनहरू उत्तिकै चलेका छन् । जस्तो कि ‘ओम शान्ति ओम’ फिल्ममा शाहरूख खान भन्छन्, ‘केहेते हेँ कि अगर किसी चिजको दिलसे चाहो तो पुरी कायनात उसे तुमसे मिलानेकी कोसिसमे लग जाती हे ।’ (इफ यु वान्ट समथिङ, अल द युनिभर्स कनपायर्स इन हेल्पिङ यु टु एचिभ इट ।)
जनवरी महिनामा यसै डुल्दै गर्दा सेतो प्वाँख भेटियो भने पाउलो त्यसलाई पुस्तक लेख्ने निम्तो सम्झन्छन् र नयाँ पुस्तक लेख्न बस्छन् ।
अंग्रेजी साहित्यमा स्नातकोत्तर गर्दा थेसिसको क्रममा मैले पाउलो कोहेलोलाई नै रोज्नुका पछाडि उनी लेखकमात्र लागेर होइन, एक तिलस्मी लेखक लागेर हो । कसैको जन्म ‘लेख्नका लागि पनि’ हुन्छ, कसैको जन्मचाहिँ ‘लेख्नकै लागि मात्र’ हुन्छ । आफ्नै नजरमा समेत लेख्नकै लागि जन्मिएका पाउलोको जीवनकथा आफैंमा कुनै रोमाञ्चक काल्पनिक कथाभन्दा कत्ति फरक छैन ।
सन्ततीले आफ्ना निर्देशन र सपना अक्षरशः पूरा गरेनन् भने खराब छोराछोरीको संज्ञा दिने समाज नेपाली समाज होस् वा ब्राजिलियन, भूगोलमात्र फरक हो, मानसिकता एउटै । यही मानसिकता र मापदण्डको तुलोमा राख्दा ‘एक अत्यन्त खराब सन्तान’ हुन् पाउलो । परिवार र समाजको निर्णयलाई लत्याउँदै पाउलोले सधैं आफ्ना सपनालाई पछ्याइरहे ।
आज विश्वका १५० भन्दा बढी देशमा जसको किताब पढिन्छ, जसको नयाँ किताब निस्कनासाथ लाखौंलाख प्रति बिक्री हुन्छ, उनै लेखकले ‘कुनै दिन लेखक बन्छु’ भन्दा बीस वर्षको उमेरभित्रमा तीनतीनपटक मानसिक अस्पतालमा भर्ना हुनु परेको थियो । सन् १९४७ मा ब्राजिलमा जन्मेका सत्तरी वर्षीय लेखक पाउलोका पिता एक इन्जिनियर थिए । इन्जिनियरिङ पढाउन खोज्ने परिवारको दबाब । लेखक बन्ने उनको आफ्नो सपना ।
‘लेखक बन्छु’ भन्ने आफ्नो सपना पटकपटक सुनाउँदा उनको मानसिक सन्तुलन बिग्रेको आशंकामा उनलाई पटकपटक मानसिक अस्पताल पुर्‍याइएको थियो । अस्पतालबाट त्यहाँबाट निस्केपछि औपचारिक अध्ययन छोडेर उनले हिप्पी शैलीमा फिरन्ते जीवन बिताए । गाँजा, मदिरा, ड्रग्सजस्ता कुलतमा समेत बाँचे । एलिस रेजिना, रिटा लि र राउल सिक्सेसजस्ता केही चर्चित ब्राजिलियन संगीतकारका लागि गीत लेखेका कोहेलोका गीतले पनि उनलाई सुख दिएनन् । तत्कालीन सैनिक सरकारले विद्रोही र क्रान्तिकारी गीत लेखेको भन्दै उनलाई पटकपटक जेल हाल्यो र उनी यातनाको सिकार बने ।
उत्तरपश्चिम स्पेनमा रहेको स्यान्टिआगो डी कम्पोस्टेलाको धार्मिक यात्रामा निस्केका बेला उनको यात्रा र आध्यात्मिक चेत मुखरित भएर पहिलो आत्मपरक पुस्तक ‘द पिलग्रिमेज’ बजारमा आयो तर यसले पाउलोलाई खासै सफलता दिलाएन । त्यसलगत्तै १९८८ मा उनको अर्काे पुस्तक ‘द अल्केमिस्ट’ स्थानीय पोर्चुगिज भाषामा प्रकाशित भयो । प्रकाशकको दावा थियो— द अलकेमिस्ट नौ सय प्रतिभन्दा बढी बिक्दै बिक्दैन ।
हुन पनि सुरुमा मुस्किलले एक हजार प्रति पनि बिक्री हुन सकेन । फ्रेन्च भाषामा त्यस पुस्तकको अनुवाद भएपछि भने पुस्तकको बिक्रीमा अपेक्षाकृत सुधार भयो । अमेरिकी प्रकाशनगृह हार्पर कोलिन्सले अंग्रेजी भाषामा अनुवाद गरेर बिक्री सुरु गरेपछि भने ब्राजिलमा मात्रै होइन, विश्वभरि नै अत्यधिक बिक्रीको सूचीमा पर्न सफल भयो- द अल्केमिस्ट । न्युयोर्क टाइम्सको बेस्ट सेलर लिस्टमा लगातार तीन सय हप्तासम्म ‘द अलकेमस्टि’ले आफ्नो स्थान सुरक्षित गर्‍यो । हेर्दाहेर्दै किताब ८० भन्दा बढी भाषामा अनुवाद भयो । किताबको बिक्रीले बिक्रीको सबै रेकर्ड तोड्यो । आजसम्म सात करोडको संख्यामा ‘द अलकेमिस्ट’ बिक्री भइसकेको रेकर्ड छ ।
भनिन्छ, मान्छेले जे गर्छ चालीसको उमेरभित्रै गरिसक्छ । त्यसपछि उसको ऊर्जा र उत्साहमा खिया लाग्न सुरु गर्छ । पाउलो यस मानेमा अपवाद लेखक हुन् । उनको पहिलो किताब नै लगभग चालीस उमेरको हाराहारीमा प्रकाशित भयो । ४१ को उमेरमा निक्लेको ‘द अलकेमिस्ट’ उनको करिअरको सुरुआती सफलताको बिन्दु बन्न पुग्यो । लगभग प्रत्येक दुईदुई वर्षको फरकमा किताब निकाल्ने पाउलोको पछिल्लो प्रकाशित कृति ‘द स्पाई’सँगै हालसम्म ३४ वटा किताब निस्किसकेका छन् । प्रत्येक किताब लाखौं प्रति बिक्री भएका छन् ।
पाउलाको प्रत्येक किताबको विशेषता नै यही हो कि उनी आफ्ना किताबमा आशाको खेती गर्छन् । संसारभरका लाखौं मानिस उनको यही आशाको खेतीलाई प्रेम गर्छन् । मान्छेको जीवन परि श्रम र भाग्यको संयोजन हो र आफ्ना सपना पूरा गर्ने एउटै उपाय आफूभित्रको डरमाथिको विजय हो भन्ने सार भेटिन्छ पाउलोका अक्सर पुस्तकमा । पाउलो आफैं पनि आध्यात्मिक चेतले प्रेरित भएकाले उनका धेरैजसो पुस्तकका पात्र कहीँ न कहीँ अध्यात्मतिर झुकाव राख्छन् ।
पाउलो आफू पनि खुब यात्रा गर्न रुचाउँछन् । त्यसैले उनी आफ्ना पात्रलाई पनि यात्रामा निकाल्छन् । ‘द अल्केमिस्ट’को स्यान्टियागो होस् वा ‘इलेभेन मिनेट्स’की मारिया, ‘ब्रिडा’की मुख्य पात्र ब्रिडा वा अन्य पुस्तकका अन्य पात्र, यिनीहरू सबै आफ्ना सपना, आत्मिक र भौतिक खोजका लागि यात्रारत भेटिन्छन् । प्रेम, यौन, शानसौकत, भाग्यजस्ता विषयवस्तु उनका किताबमा समेटिएको पाइन्छ ।
पाउलो क्लासका लागि भन्दा पनि मासका लागि लेख्ने लेखक हुन् । उनका धेरैजसो पुस्तकका पात्र आममान्छे हुन्छन् र आममान्छेको कथाले नै उनका पुस्तकमा स्थान पाएको देखिन्छ । त्यसैले पनि आममानिसका लागि पाउलो आइकनिक लेखक हुन् र उनका करोडांै फ्यान यसको प्रमाण हुन् । सामान्य मानिसका लागि त उनी सेलिब्रेटी लेखक हुन् नै, जुलिया रोर्बटस्, म्याडोना, विल स्मिथ र पूर्व अमेरिकी राष्ट्रपति बिल क्लिन्टनले पनि पाउलोका पुस्तक पढेको र आफूहरूले मन पराएको सन्दर्भ उद्धृत गरेका छन् ।
पोर्चुगाली भाषामा बेस्ट सेलर राइटर होस् वा जीवित लेखकमध्ये सबैभन्दा धेरै भाषामा पुस्तक अनुवाद भएको रेकर्ड वा लोकप्रियताको सवालमा अग्रपंक्तिमा आउने लेखक पाउलोले जीवनमा थुप्रै रेकर्ड राखेर स्वयंलाई ‘रेकर्ड किङ’ बनाएका छन् । करोडौं पाठकका प्रिय लेखक पाउलो किताब निकाल्छन् कि कुनै मोहनीमन्त्रले बाँध्ने बुटी निकाल्छन्, बुझिनसक्नु छ । पाठकमाझमा यतिविघ्न क्रेज किन छ उनको ?
पाउलो जति चर्चित् र पढिने लेखक हुन्, उनी त्यति नै आलोचित पनि छन् । उनका आलोचक भन्छन्, ‘पाउलो केटाकेटी एवं भर्खरै पढ्न सुरु गर्नेका लागि राम्रा लेखक हुन् । तर, हुर्कंदै जाँदा र केही पुस्तक पढिसकेर पनि मानिसहरू अझै पाउलोमा अड्किबस्छन् भने बुझ्नुहोस् उनीहरूको संसार अझै ठूलो भइसकेको छैन ।’
पेड्रो नाभा, गुइमेरइस रोजा वा क्ल्यारिस लेस्पेक्टरजस्ता ब्राजिलका स्तरीय कथाकार एवं लेखकका बीचमा पाउलोलाई तुलना नै गर्न नमिल्ने गरी कमजोर लेखकका रूपमा लिने जमात पनि ठूलै छ । चर्चित ५० धर्मका वाहियात सिद्धान्त, चल्तीका ३० महान् मानिएका व्यक्तिको उद्धरण र केही सेल्फहेल्प किताबको जिस्टलाई एकै ठाउँमा घोलेर पाउलोलाई पिलाउनुहोस्, पचाउन नसकेर केही समयपछि उनी बान्ता गर्छन् र त्यही बान्तालाई आममानिस पाउलोको नयाँ किताब मानेर वाहवाही गर्छन् भन्ने गम्भीर आरोप पनि लाग्दै आएको छ पाउलोलाई ।
यति हुँदाहुँदै पनि चर्को आलोचनाको हुरीले कहिल्यै ढलाउन नसकेको रूखको नाम हो— पाउलो कोहेलो । उनको लोकप्रियताको पारो हेर्दा स्वयं लोकप्रियता पनि आफैंमा छक्क पर्छ ।
भलै समाज र राष्ट्र बदल्ने चर्का कुरा नहोलान् उनका किताबमा वा सबैभन्दा बढी चल्ने राजनीतिको कारखानाका लागि उनका किताब अराजनीतिक कवाडीसिवाय केही नहोलान् । तर पनि पाउलो जिन्दगीका हजारौंहजार यक्ष प्रश्नका जवाफ दिइरहन्छन् आफ्ना टेक्स्टमार्फत । उनी जिन्दगीलाई नयाँ ढंग र कोणबाट हेर्न प्रेरणा दिइरहन्छन् सधैं ।
यतिविघ्न चर्चित लेखकले नयाँ पुस्तक लेख्ने बेला संयोगपूर्ण अनुष्ठानलाई विश्वास गर्छन् भन्दा धेरैलाई अपत्यारिलो लाग्ला । जनवरी महिनामा यसै डुल्दै गर्दा सेतो प्वाँख भेटियो भने पाउलो त्यसलाई पुस्तक लेख्ने निम्तो सम्झन्छन् र नयाँ पुस्तक लेख्न बस्छन् । भन्छन्— उनी पुस्तकका लागि कथा वा विषय खोज्दै हिँड्दैनन्, उल्टै पुस्तकका लागि विषय वा कथा उनलाई खोज्दै आउँछन् र त्यसपछि सुरु हुन्छ उनको यात्रा अर्को पुस्तकका लागि । आशा गरौं, पाउलोले त्यो सेतो प्वाँख भेटिरहून् सधैं लेखिरहून् किताब ।

भुइँमान्छेका उच्छवास

उपेन्द्र पौडेल शनिवार, कात्तिक ११, २०७४ 
हिजोआज समाज ब्रेकिङ न्युजमा विश्वास गर्छ । सनसनीपूर्ण खबर र तातेको राजनीतिक बहस छेड्नु, सामाजिक सञ्जालमा भाइरल हुने स्ट्याटस पोस्ट गरेर आफ्ना फ्यान फलोइङ गन्नु वा हनिप्रीत र रामरहिमको सम्बन्धको आयाम केलाउनुमा जति मजा छ, अरूमा कमै मज्जा भेट्टाउँछ समाज । चिया पसलमा बसेर वाम एकताको विश्लेषण वा कुन सेलिब्रेटीले लगाउने भित्री वस्त्रको मूल्य कति भन्ने कुनै पत्रिकामा छापिएको लेख लुकीलुकी पढ्नुजस्ता आनन्द छोडेर भुइँमान्छेका कथा र व्यथाले नदुखेको टाउको दुखाउने फुर्सद कमैलाई छ यहाँ ।
यस्तो माहोलमा पनि कोही छन्, जो दुख्याहा जीवनको कथा लगातार सुनिबस्छन् र त्यसलाई लिपिबद्ध गर्ने हिम्मत देखाउँछन् । लामो समयदेखि पत्रकारितामार्फत राजनीति, कला, साहित्य, सिनेमा र अन्य विविध विषयमा खुद्रा लेखन गरिरहेका यज्ञश यसअघि ‘मोहनदास’ र ‘नेलकटर’जस्ता किताबमार्फत अनुवादक अवतारमा देखिए । यहाँ चर्चा गर्न लागिएको किताब ‘भुइयाँ’ उनको पहिलो मौलिक किताब हो ।
पूर्वीदेखि पश्चिम तराई र केही भित्री मधेसका भूमिहीनहरूको संघर्ष, आन्दोलन र दुःखको फेहरिस्त प्रस्तुत गर्दै लेखकले लामो समयदेखि चलेको कमैया आन्दोलन, सुकुमबासी आन्दोलन, भूमि आन्दोलन, समाजमा व्याप्त अन्याय र सामन्ती शासकहरूको सचित्र वर्णन गरेका छन् भुइयाँमा ।
सिनेमाको केस्राकेस्रा केलाएर समीक्षा गर्ने यज्ञशले यसपटक सिनेमाका नायकनायिकाको होइन, वास्तविक जीवनका नायिकाहरूका कथा बुनेका छन् ।
किताब सर्सर्ती पढ्दा सलमा बेहेना, पार्वती राजी, पार्वती डगौरा, दुर्गा, तारा विक, गंगामाया बानियाँ, नेप्लु माझी, सावित्री थारू, चन्देश्वरी सदा र पुतली तामाङ गरी १० जना प्रमुख नारी पात्र तथा बलदेव राम र चुके चौधरीलगायत केही सहायक पुरुष पात्रकोे वहको वर्णनजस्तो लाग्छ । यद्यपि समग्रमा उनीहरूको कथामार्फत उनीहरूले बाँचेको समाज, त्यसभित्रका व्यथा र विभेदको मिहिन चित्रण हो यो किताब । किताब मधेसमा दुःखका सागरमा पौडिरहेका आममानिसलाई हेर्ने झ्याल हो भन्दा अत्युक्ति नहोला ।
नेपालगन्जको बनघुस्रा गाउँकी सलमा बेहेनाको घरमा रहेको सात क्विन्टल धानको कथाबाट किताब सुरु हुन्छ । माओवादी ‘जनयुद्ध’सँगै गाउँमा आएको परिवर्तन र डरबिच बटैयामा काम गर्ने मुस्लिम समुदायकी एउटी नारीले कसरी दृढ निश्चयी भएर जमिनदारको हुकुमतविरुद्ध विद्रोह गरिन् र सलमालाई कसरी यसले भूमि आन्दोलनको अगुवा बनायो भन्ने फेहरिस्त छ पहिलो अध्याय- ‘तातो कराहीमा ।’ जसैजसै अन्य पात्र र तिनका कथा अगाडि बढदै जान्छन्, पाठकले बुझ्छन्— नाम फरक होला, ठाउँ फरक होला, यिनीहरूसँग जग्गाको लालपुर्जा नहोला तर सबैतिरका सोझा, निमुखा र विपन्नसँग पुर्खैाली सम्पत्तिका रूपमा बिघाका बिघा दुःखको लालपुर्जा भने छ ।
चट् प्रेम झट् ब्रेकअपमा रम्ने सहरिया युवा पुस्ताका लागि मछेलीकी पूर्व-कमलरी पार्वती डगौरा र मुक्त कमैया चुके चौधरीको प्रेम ‘एकादेशको कथा’ लाग्न सक्छन् । पूर्वलोग्नेबाट प्रताडित पार्वतीले चुकेसँग प्रेम गरेकै कारण समाजमा कालोमोसो दलिएर निर्वस्त्र हुनुपर्ने घटना एक्काइसांै शताब्दीका हाम्रै समाजकोे घटना हो । खासमा यो घटनाभन्दा पनि हाम्रो समाजको कथित मर्यादाको दायरामा पवित्र प्रेम अझै पनि कति बदनाम छ भन्ने सत्यको तीतो उदाहरण हो ।
किताबभरि हामी भेट्छौं यस्तै पात्र, पात्रसँग जोडिएका अनेकौं परिवेश र घटना । दूरदराजका यस्ता घटना र शृंखला कहीँ साह्रै अपत्यारिला लाग्छन् र कहीँ साह्रै अत्यासलाग्दा पनि । भुइँमान्छेहरूका उच्छ्वास पढिरहँदा पीडाले घरिघरि आफ्नै श्वास अड्केजस्तो हुन्छ ।
भूमिहीनहरूले बेलाबेलामा गरेका आन्दोलन र सहमतिका नाममा गरिएका धोका देख्दा लाग्छ, यो देशमा सरकार भन्ने जिनिस नै छैन । उनीहरूसँग जग्गाको हक दिलाउनका लागि पटकपटक भएको सम्झौता र सहमति मन्त्रालयको कुन कुनामा, कुन फाइलमा अड्केर बसेका छन् र ती फाइलभित्र आफूले कति हजार जनाको जीवन, सपना र भविष्यलाई अँठ्याएर राखेको छु भन्ने सरकारलाई त परको कुरा, त्यही फाइललाई समेत थाहा नहोला ।
सरकार भनेको शक्तिमात्रै होइन, आशा र भरोसा पनि हो । जब सरकारसँगको कुनै भरोसा बाँकी रहँदैन, अलिकति आफ्ना कुरा सुनिदिने पत्रकार भेट्दा पनि खुरखुरेकी महिलाले आफूलाई जंगलबाट कुनै सुरक्षित ठाउँमा स्थानान्तरण गरिदिनुपर्‍यो भनेर बिन्ती बिसाउँछन् । योभन्दा चर्को अर्को ठट्टा कुनै हुन सक्ला र ?
सबैका जीवनकथामा आँखा डुलाएपछि लाग्छ, भुइयाँ जीवनभर दौडिरहने मान्छेका कथा हुन्, जो स्वस्थ हुनका लागि वा जीउ छरितो बनाउन दौडिरहेका छैनन्, बरु ती त दौडिरहेका छन् हिंस्रक सिकारी कुकुरझैं लघारिरहने प्रकृति, सरकार, जमिनदार र मालिकहरूबाट बच्नका लागि । पहाडमा पहिरोले लखेट्यो । तराईमा बाढीले लखेट्दैछ । यी दुवैबाट नछोएकाहरूलाई जमिनदार र सरकारले लखेट्दैछ । यसबाट पनि कोही बचेका छन् भने तिनलाई पनि गरिबी, अभाव र भोकले लखेटिरहेको छ र यो दौड श्वासको समाप्तिसँगै समाप्त हुनेछ ।
दुखियाका दुःखका कारण परचक्री मात्रै हुँदैनन्, आफ्नै सोचिएका र भनिएका आफन्त र नातेदारहरूले पनि निरीहलाई कहिले जबर्जस्ती र कहिले फकाई फकाई निरन्तर लुटिरहेका छन् । किताबका अधिकांश नारी पात्र पुरुषबाट विभिन्न बहानामा प्रताडित छन् । चुके चौधरीजस्ता केही अपवादलाई छोड्ने हो भने आफ्नै घरमा पुरुष पात्रबाट शंका, कुटपिट, बहुविवाह र बेचबिखनको मारमा परेका किताबका धेरैजसो पात्रले आफ्ना कथामात्रै बोलेका छैनन्, यो भेगकै कथा कहेका छन् ।
माओले ‘क्रान्ति बन्दुकको नालबाट सुरु हुन्छ’ भने तर भुइयाँले भन्छ- क्रान्ति सधैं बन्दुकको नालबाट मात्रै होइन; कहिले कुटो, कोदाली र हलोबाट, कहिले निवेदनबाट र कहिले प्रेमबाट पनि सुरु हुन्छ । किताबका कयौं पात्रले सामान्य जीवन बाँच्नका लागि अजबको क्रान्ति गरेका छन् र बनेका छन् पूरै समुदायका नेता तथा मुक्तिदाता ।र पनि ती अझै पिल्सिइरहेका छन् । भूमि आन्दोलनको नेतृत्व तहमै पुगेकाले त यो प्रताडना र विभेद भोग्नु परेको छ भने त्यहीँभित्रका सामान्य मानिसको हालत के होला ? सम्झँदै कहाली लाग्छ ।
भुइयाँ भुइँमान्छेहरूको अघोर साहसको कथा पनि हो । साहू र जमिनदार चट्टान हुन् भन्ने जान्दाजान्दै पनि निरीह अवस्थामा रहेका महिलाले उनीहरूसँग सिँगौरी खेल्नु सानो साहसले हुँदैन । हक प्राप्तिको आन्दोलन लामो समय उपलब्धिमूलक नहुँदा पनि अनवरत लडिरहने भूमिहीनहरू हुन् वा पढ्न नपाएको झोकमा १० वर्षको उमेरमा एक्लै काठमाडांै हानिएकी गंगामाया बानियाँ, असमान र अमेल विवाहका विरुद्ध लडिरहने पात्रहरू हुन् वा आफ्ना हकका लागि ‘हल्ला-बोल’ गर्ने सावित्री चौधरी र सुलो सदा हुन्, जस्तै दुःख र कष्टमा पनि यी कसैले हिम्मत हारेका छैनन् पट्यारलाग्दो लामो जीवन-संघर्षसँग ।
भूमि आन्दोलनको विषय राजनीतिक भएकाले राजनीतिक दलहरूप्रति त्यस क्षेत्रका बासिन्दाको वितृष्णा पनि ठाउँठाउँमा किताबमा पढ्न पाइन्छ । अझ विशेषत:१० वर्षे माओवादी आन्दोलनले स्थानीय महिला र पिछडिएका वर्गमा आएको चेतना र परिवर्तनको मनग्गे छाप पनि छ किताबमा । तर, अर्कोतिर पिछडिएका वर्गको मुक्ति र रक्षकका रूपमा आफ्नो राजनीतिक यात्रा सुरु गरेको माओवादीउपर थुप्रै पात्रले रोष प्रकट गरेका छन् ।
भूमिहीनहरू हुन् वा सिनो बहिष्कार आन्दोलनका अगुवा बलदेव राम हुन्, यिनीहरू माओवादीसँग गुनासो गरिहन्छन् किताबभरि नै । गाली त्यसैलाई गरिन्छ, जब कसैसँग आशा गरिन्छ र त्यो पूरा हुँदैन । आफ्नो आन्दोलनको सुरुमा श्रमजीवीको पक्षमा नारा लगाउने र कालान्तरमा अर्को शक्तिसँग मिलेर श्रमजीवीकै दोहोलो काढ्ने माओवादी दोगलापनको कथा धेरै पात्रले व्यक्त गरेका छन् र यी धेरैको समान कथाजस्ता लाग्छन् ।
विषयवस्तुका अलावा किताबको अर्को असाध्यै सुन्दर पक्ष यसको भाषा हो । गैरआख्यान भईकन पनि कुनै सुन्दर आख्यान पढेझैं तानिरहन्छ किताबले । कहीँ कतै सुन्दर कथा पढेझैं, कहीँ कतै बेजोड निबन्ध पढेझैं, कहीँ कतै कविता पढेझैं लागिरहन्छ । पात्रका बीचमा लेखक बोल्दा कुनै कथाको न्यारेटरले घटना र परिवेश जोड्नका लागि बुनेको सुन्दर तानझैं लाग्छ । झिनामसिना घटनालाई पनि असामान्य तवरले प्रस्तुत गर्नु लेखकको खासियत हो ।
सिनेमाको राम्रो अध्यता भएकाले पनि हुनुपर्छ, पढिरहँदा दिमागमा एउटा फ्रेम तयार हुन्छ । लाग्छ, पात्रहरू लेखकसँग होइनन्, हाम्रै छेउमा बसेर बोलिरहेका र रोइरहेका छन् अनि गोजीको रुमाल झिकेर दिनुभयो भने तिनै रुमालले तिनले आफ्ना सजल आँखा पुस्छन्झैं गरी सजीव वर्णन भेटिन्छ ।
अंग्रेजीका दुई शब्द ‘सिम्प्याथी’ र ‘इम्प्याथी’ सुन्दा उस्तै लागे पनि यी शब्दहरूको भावनात्मक अर्थचाहिँ अलि फरक छ ।
अर्काको दुःख बुझ्नु, चासो देखाउनु र चिन्ता व्यक्त गर्नु सहानुभूति वा सिम्प्याथी हो भने अरूको दुःखमा आफैं दुख्नु र छटपटाउनु इम्प्याथी अर्थात् समानुभूति । दुःखीका कथा लेखिएकै कारण यज्ञशको भुइयाँ पठनीय भएको होइन; यो त दुःख खाएर, लगाएर दःखको विस्तारामा दुखै ओढेर निदाउन खोज्दासमेत दुःखले नछोड्ने दुःखीहरूका आवाज संवेदनाको भित्री तहसम्म छोइएर कलमबाट छचल्किएको हुनाले पढ्नैपर्ने भएको हो ।
अनपढ र देहाती पात्रले बोल्ने संवादमा स्थानीय लवज र आद्रता नभेट्दा भने संवाद कहीँकहीँ अलि अपाच्य लाग्छ । भुइयाँहरूको संवाद उनीहरूको ज्ञान, चेतना र स्तरभन्दा एकदम माथिल्लो र परिस्कृत सुनिन्छ । कुनै विश्वविद्यालयको प्रोफेसरले बोल्ने भाषाजस्तो माझिएको भाषा किन छ भुइँमान्छेहरूको संवादको भाषा ? यहाँनेर यज्ञशले अलि कम मेहनत गरेको प्रस्ट देखिन्छ ।
अक्सर देखिन्छ— जब पत्रकारको कुनै किताब निस्कन्छ, लेखक हुने रहरमा न पत्रकार नै बन्न सकेको, न लेखक नै बन्न सकेको अधकल्चो अवतारमा देखिन्छ । पत्रकारिता व्यक्तित्व उसको लेखक व्यक्तित्वमाथि यति हावी हुन्छ कि उसले लेखेका कथाहरू पनि कुनै सपाट टिपोट वा वर्णनजस्ता लाग्छन् । यस मानेमा यज्ञश अत्यन्त सफल लेखकका रूपमा दरिएका छन् । पत्रकार यज्ञशलाई पूरै भुलेर जोकोहीले ‘भुइयाँ’ पढोस्, अहिलेका चलेका उत्कृष्ट केही लेखकहरूको पंक्तिमा उनलाई उभ्याउँदा कसैले आपत्ति जनाउला भन्नै पर्दैन ।
सचिन योगल श्रेष्ठको सुन्दर आवरणसहितको हार्ड कभर किताबलाई प्रतिपेज दुई रुपैयाँ पर्दा अलि महँगो लागे पनि १९० पेजमा फैलिएको भुइँमान्छेका कहानी भने अनमोल छन् ।सर्वाल्टन साहित्यको अब्बल नमुना हो- भुइयाँ । विद्रोह, रिस, आवेग, दुःख, पीडा, हुटहुटी, आशा अनि साहसको एकीकृत प्याकेज हो- भुइयाँ । सुललीत भाषा, संवेदनायुक्त विषय र सुन्दर व्याख्याले गर्दा ‘भुइयाँ’ले थुप्रै पाठकको मन जितिरहेको छ र जित्नेछ । तर, सरकारमा बसिरहेका जोकसैलाई ‘भुइयाँ’ मन नपर्न सक्छ । किनभने यो सरकारी कर्मचारी र सरकारसँगको गुनासोको प्याकेज हो । भूमिहीनमाथि भइरहेको बेवास्ता, सरकारी अकर्मण्यता र लाचारीको दस्तावेज हो किताब ।
लेखक :यज्ञश
प्रकाशक :फाइन प्रिन्ट
पृष्ठ :१९०
मूल्य :३८८
http://annapurnapost.com/news-details/82897#sthash.BbAlAUoH.gbpl 

Wednesday, August 20, 2014

अध्यक्षीय मन्तब्य


मञ्चासिन तथा मञ्चाभिमुख सम्पुण महानुभावहरु

नमस्कार

३६५ दिन, ९७५ ओटा एस.एम.एस, १०२२ वटा इमेल, लगभग ५०० को संख्यामा फोन कल, २३ नियमित बैठक, ११ बोर्ड बैठक, ५ जोनल मिटिग, २ वटा साधारण सभा ४ वटा डिष्टिक कार्यक्रम, १३५० कि.मीको यात्रा, २१ वटा क्लबले गरेका कार्यक्रम, लगभग २००००० रुपैयाँ बजेट अनि केही फेलोसिप कार्यक्रम, 

अंक गणितमा बर्ष २०१३/१४ लाई हेर्ने हो भने यि र यस्तै संख्याहरुको जोडघटाउ आउँदो रहेछ तर अंकगणितीय हिसाबले मात्रै हेर्नु अन्याय पनि हुने रहेछ । बर्ष २०१३/१४ लाई भावात्मक तबरले हेरयो भने एक बर्षभित्र एउटा अलग्गै जिन्दगी भोगेको महशुस हुँदो रहेछ । 

मित्र अनिल खड्काले रोट¥याक्ट क्लबको पहिलो बैठकमा लिएर आउँदा दाई निर्देशन कुमार चुल्याजु अध्यक्ष हुनुहुन्थ्यो र अध्यक्षको कुर्चिबाट मिटिग चलाईरहनुभएको थियो । बस त्यतीबेलै बनेको थियो एउटा सपना । यस क्लबको अध्यक्ष बन्ने । अध्यक्ष बसेको कुर्चि बाहिरबाट हेर्दा आरामदायी गददा हालेको देखिएको थियो । त्यतीबेला लागेको थियो अध्यक्ष हुनु भनेको खादा, सम्मान आसन ग्रहण, प्रशंशा जोश, जाँगर उत्साह र हैकम हो । तर आज ठिक ७ बर्षपछि आफै अध्यक्ष भएर निवर्तमान हुने तयारी गरिरहँदा बल्ल अनुभुत हुँदैछ अध्यक्ष हुनु भनेको त्यती मात्रै होइन रहेछ । अध्यक्ष हुनु भनेको कयौ सोच्दै नसोचेका कुरा सोच्नु, भोग्दै नभोगेका कुरा भोग्नु र चिन्तन गर्न आवश्क छैनन् भन्ने कुरा चिन्तन गर्नु रहेछ । 

अध्यक्ष हुनु भनेको 




१) बैठकको अघिल्लो रात 

भोलि बैठकमा कति जनाको उपश्थिती रहलान ? 

२) कार्यक्रमलाई छुटयाएको बजेट पुग्ला ?

३) सचिवज्यू रिपोर्ट तयार भयो ?

४) कोषाध्यक्ष ज्यू डिउज उठयो ? विज्ञापनको पैसा कति उठन बाँकी छ ?

५) भोलिको कार्यक्रम छ । झमझम पानि परेर कार्यक्रममा कोही आएनन भने चाही के गर्ने होला ?

६)प्रमुख अतिथी आइदिएनन भने के गर्नु होला ? 

७) फलानो व्यक्ति मिटिगमा नआएको ३/ ४ हप्ता भयो , किन नअाउनुभएकाे होला ?

८ क्लबको प्रतिष्ठा र सामाजिक सेवाको भावना उचो बनाइराख्न यो कार्यकालमा के नयाँ गर्न सकिएला ? 

जस्ता अनेकौ प्रश्नको समाधान र उत्तर खोज्नु पनि रहेछ र बर्ष २०१३ १४ मा म अन्य यस्तै यस्तै थुप्रै प्रश्नहरुको उत्तर साथीहरुसंग मिलेर खोज्ने प्रयार गरियो ।


रोटरी बर्ष २०१३ १४ मा केही पुराना कुरालाई निरन्तरता दिँदै केही कामहरु अझ रचनात्मक तबरले गर्ने प्रयास गरियो । यस बर्र्ष पर्वतको माझफाँट गा.वि.स.का १५० जना दलित विद्यार्थीहरुमाझ मुख स्वास्थ्यको सचेतना गराउदै निशुल्क टुथपेष्ट व्रस वितरण र दाँत माझने प्रतियोगिता एवं दाँत शिविर होस वा अन्तराष्टिय आप्रवासीहरुको हक हितको सवालमा यूवा दिवसको कार्यक्रम होस, वृदाश्रममा सोलार कुकर वितरण होस वा अनुसन्धानमा संलग्न विद्यार्थीहरुलाई गुगल स्कलर तालिम होस, गाउँफर्क प्रावि.मा विद्यार्थीहरुलाई स्टेसनरी वितरण होस उपलब्ध श्रोत र साधनको अधिकतम उपयोग गर्दै हामीले सामाजिक सेवा तथा सदस्यहरुको वृत्ति विकासका लागि सक्दो जुटिरहयौं । समुदाय र आफैमा मात्रै होइन हामी यो बर्ष आफनै परिवारमा पनि रोट¥याक्ट गतिविधि लिएर प्रवेश गरयोैं । सधै मनाउँदै आएको तिज हामीले यस बर्ष श्रीमान गुमाएका एकल महिला दिदीबहिनीहरुको माइति बनेर तिजमा दर खुवाउने कार्यक्रम गरयौ अनि त्यसै गरी माता तिर्थ औंसीको दिनमा क्लबका सम्पूर्ण सदस्यका आमाहरुलाई एकैठाउँमा भेला गरेर आमा औसीं भनेको एक प्याकेट मिठाई, एक किलो फलफूल र केही रुपैया मात्रै होइन, भावना र संवेदनाको असिम अनुकम्पा पनि हो भन्ने सन्देश बाँडिरहयौं । 

आर.आइ ३२९२ कै इतिहासमा पहिलोपटक रोट¥याक्ट क्लबहरु समेत आयोजक रहि जोन फोर का सबै रोट¥याक्ट क्लब हरु र रोटरी क्लब अफ पोखरा न्यूरोड मिलि हामीले ५ दिने रोटरी यूथ लिडरसिप अर्वाड (राइला) आयोजना गर्न सक्यौ यसै बर्ष । पोलियो शुन्य अवस्थामा नेपाल प्रवेश गरेको छ । हामी सबैलाई बधाई । हाम्रो संयुक्त प्रयासले संभव भएको पोलियो शुन्य अवस्थाको शुखद घडिमा आफनो कार्यकालमा योगदान दिन पाउँदा गौरवान्वित महशुस भैरहेछ । आर.आइं प्रेसिडेन्ट रोन डि बर्टन को थिम Engage Community Chage Lives  सफलिभूत पार्न योगदान दिएको भन्दै यसै बष आर.आइं प्रेसिडेन्ट रोन डि बर्टन र डिष्टिक्ट गर्भनर दिलेन्द्र राज श्रेष्ठको हस्ताक्षर अंकित प्रेसिडेन्सीय साइटेसन अवार्ड क्लबले प्राप्त गरेकाले पनि मानविय सेवामा अझ समर्पित भएर लाग्न प्रेरणा मिलेको अनुभुति भएको छ ।


यि सबै कार्य एक्लैले पक्कै सम्भव थिएन । क्लबका हरेक सदस्यहरुको सहयोग साथ र सदभावले मात्रै यि सबै कामहरु संभव भएका थिए । त्यसैले सम्पूर्ण सदस्य साथीहरुलाई म हृदयदेखी आभार प्रकट गर्न चाहान्छु । क्लबका पूराना सदस्य साथीहरुको योगदान त छदै छ केही नयाँ सदस्यहरुले पनि यस बर्ष धेरैनै सहयोग गर्नुभयो । मैले यसो भनिरहँदा यहाँहरुमध्ये जसलाई यो सम्बोधन भित्र म पनि पर्छु भन्ने लागिरहेको छ वहाँहरु सबैलाई पनि फेरी एकचोटी धन्यवाद

जोन फोरका सबै रोट¥याक्ट क्लबका अध्यक्ष साथीहरुले पनि कार्यकाल सफल बनाउन उत्तिकै सहयोग र सदभाव व्यक्त गर्नुभएको छ । मुरी मुरी धन्यवाद वहाँहरुलाई पनि

जेड आर आर सृजना भुर्तेल र जेड एस. विनोद आचार्य, तपाईहरुको सहयोग सदा याद रहिरहनेछ । 

आफनै होम क्लब रोटरी क्लबका सम्पूर्ण सदस्यहरु एवं भर्खर निर्वतमान हुनुभएका माइकल सर । हाम्रो होस्टे मा यहाँहरुले हैसे नभनिदिनुभएको भए यो संभव थिएन । रोटरी रोट¥याक्ट को पार्टनर इन सर्भिस को भावनालाई सहि अर्थमा यस बर्ष हामीले हाम्रो प्यारेन्ट क्लबसंग उपभोग गरयौं । 

यसैगरी धन्यवादको पात्र हुनुहुन्छ पोखरा स्थित सम्पूण रोटरी क्लबका अध्यक्षहरु । राइला सहआयोजनाका अवसरका लागि रोटरी क्लब अफ पोखरा न्यूरोड एवं शुवास सिग्देल दाईलाई धन्यवाद

एम. ए. वि. एड. एल.एल. वि सम्मको अध्ययनका क्रममा पाठयपुस्तक तथा विविध गरी लगभग १५० केजी किताबको अध्ययन गरियो होला । जिवनका चौविस बसन्त लगाएर त्यती धेरै मोटा र गहुँगा पुस्तकले मलाई जे सिकायो जति ज्ञान दियो लगभग २५० ग्रामको यो अध्यक्षको कोलार ले एक बर्षमा लगभग त्यतीनै ज्ञान र अनुभव दिएको छ मलाई । 

अब केही मिनेटमै म अध्यक्ष बाट निवर्तमान अध्यक्ष हुनेछु आज अर्का एउटा कुरा पनि अनुभव हुँदैछ । सधै कुर्चि छोडन नचाहेकोमा हामी नेताहरुलाई गालि गथ्यौं तर कर्चि र पद छोडन गार्है हुँदो रहेछ ।। एक मन त लागिरहेछ केटाकेटीमा जब केही कुरा दिन मन हुन्न अनि अञ दिन्न भनेर जिदी गरेझै यो कोलार र अध्यक्षको जिम्मेवारी सुवासजी लाई नदिउ । कुदौं बाहिर बाहिर । तर सुवासजि जस्तो योग्य र जिम्मेवार साथीलाई अध्यक्षीय जिम्मेवारी सुम्पन पाउँदा ढुक्क लागिरहेछ । शुभकामना सुवासजि र यहाँको टिमलाई । 

धन्यवाद दिन धेरै बाकि हुनुहुन्छ । 

अध्यक्ष हुनु भनेको कहिलेकाही अलि फरक निर्णय लिनु पनि रहेछ । कहिलेकाही फरक निर्णय लिन क्रममा कसैलाई नराम्रो लागेको भए बुझिदिनुहोला त्यो व्यक्तिगत नभएर संस्थागत हितका लागि लिइएको निर्णय थियो । It was nothing personal but totally professional. 

यतिबेला म स्मरण गर्न चाहान्छु मेरो आमा सरस्वती पौडेल र बुबा स्व. चिरञ्जीवी प्रसाद उपाध्याय लाई । उहाँहरुको सदमार्गप्रतिको प्रेरणा दिर्घजीवि रहयो । त्यसैगरी धन्यवाद मेरो अर्धागीनी पदमा र छोरी आभा प्रति जसको जिवनको कयौ अमुल्य घण्टाहरु रोटरयाक्टका लागि मैले कहिले मागेर कहिले विना सुचना लिएको छु र बदलमा उल्टो भरोसालाग्दो काँध र निश्चल हाँसो पाएको छु । 


सन्त कविर भन्छन

बुरा जो देखने चला मे बुरा ना मिला कोही

अपने अन्दर झाँकके देखा तो मुझसे बुरा ना कोही


बर्ष २०१३/१४ मा जे जती राम्रा कामहरु सम्पन्न गर्न सकियो ति सबैका लागि क्लबका सम्पूर्ण सदस्य र सम्बिन्धत सबैमा म त्यो श्रेय बाडन चाहान्छु र यदि केही गल्ती कमि कमजोरी भएको भए अध्यक्ष हुनुको नाताले त्यसको सम्पूर्ण जिम्मेवारी म एक्लैले बहन गर्न चाहान्छु । 

धन्यवाद सबैमा यतिबेलासम्म मलाई सुनिदिनुभएकोमा

कवि रोबर्ट फ्रस्ट भन्छन

The woods are lovely dark and deep
But I have promises to keep
and miles to go before I sleep
and miles to go before I Sleep.

Thank You Everyone 

१२ जुलाई २०१४
हाेटल फुलवारी रिसाेट, पाेखरा

Friday, February 14, 2014

भ्यालेन्टाइन डे नं १७

भ्यालेन्टाइन डे नं १

हैन बैश पो चढेछ गाँठे । उसले सोच्यो । अघिल्लो वर्षसम्म उसलाई बाल दिवस, शहिद दिवस, प्रजातन्त्र दिवस आदिका बारेमा मात्रै थाहा थियो । पढाउन पनि त यहि मात्रै पढाएका थिए नि माष्टरहरूले कक्षामा । बुढाहरूले भन्दा पनि भनेनन् यस्तो दिवस नि हुँदो रहेछ । हुनत ती बूढाहरूलाई थाहा नि हुन परो नि । फेरी नेपाली गतेमा होइन फेवु्रवरी १४ मा रे । सुन्दै कस्तो रमाइलो, काउकुती लगाउँदो ।  खै मन परेकालाई प्रस्ताव पनि राख्छन रे अनि नाई भन्न नि पाइन्न रे । ए गाँठे कस्तो छाडा दिन रहेछ ? त्यो बर्षे पहिलोपल्ट भ्यालेन्टाइन डे का बारमा सुनेको थियो उसले ।

भ्यालेन्टाइन डे नं २

कम्ता पूर्व तयारी थिएन उसको यो साल । पत्याउनुभएन ? अघिल्ला बर्षको पुराना कापी किताब मधिशे भैयालाई बेचेर ४५ रुपैयाँ जम्मा पारेको थियो उसले । अनि अघिल्लो दिन बेलुका मात्रै बजार झरेर एउटा ग्रिटीङ्ग कार्ड र अत्तर छर्केको गुलाफको फूल किनेको थियो । आजसम्मकै सबैभन्दा राम्रो मेहेनत गरेर उसले कार्डको वीचमा एउटा पानको पातलाई तिरले छेडेको चित्र बनाएर दुबैतिर नाम लेख्ने ठाँउ खाली छोडयो । कारण उम्मेदवार मध्येका कुनचाहीलाई छनौट गर्ने भन्ने अलमलमा थियो ऊ । आफूसँगै ९ कक्षामा पढने घरछेउकी बिमला, हेडसरकी छोरी सुष्मा, रमेशकी बहिनी कला वा पल्लो गाउँबाट पढन आउने लप्टन बा की छोरी राधा । राम्री त हेडसरकी छोरी सुष्मा पो हो त । तर बूढाले थाहापाए वित्याँस पर्छ । पढन पनि त परो नि । बा ले मार्दैनन स्कूलबाट निकाले । होस राधालाई दिन्छु । राम्री पनि छ अनि लप्टन बा घरमा पनि छैनन् । सुरक्षित गन्तब्य लाग्यो उसलाई । उसमाथि लप्टनको ज्वाइ । उस्तै परे भोलिपर्सि बुढाले सलुट पो हान्न बेर मान्दैनन् । मनमनै निकै पुलकित भयो ऊ । बडो जतनसाथ मायाको सामाग्री झोलामा बोकेर सधैभन्दा अलि छिटो स्कूल हिँडयो  । बाटोमा विष्णे भेट्टियो । गफै गफमा झोलामा धाप मार्ला र फूल कुच्चेला भन्ने कत्रो पिर । साँच्चै राधा कम्ती राम्री लागेन उसलाई त्यो दिन झन् । मनमनै दंग परयो । खाजा घण्टीमा राधा नजिक पुगेर दिउँ भनी नजिक पुगेको मात्रै थियो एकहुल केटाकेटी कक्षामा छिरे । आहो कस्तो ढिला भयो । त्यो दिन भर उसले सहि मौका खोजी रहयो तर राधालाई एक्लै भेटदै भेटेन् । आफैले एकान्तमा बोलाउन त आँट नि हुन परयो नि । छुट्टीको घण्टी लाग्यो । अहँ तर मौकै मिलेन । राधा साथीहरू संग विस्तारै घरतिर लागी । ऊ दोबाटो नछुटुन्जेल पछि पछि । घर पुगेर विस्तारै उस्ले त्यो कार्ड र गुलाफ खाटको पत्रामा घुसायो । अहिले सोच्छ । नदिएको ठिकै भएछ । मोरीको त्यही विष्णेसँग लभ रैछ । 

भ्यालेन्टाइन डे नं ३

स्कूलको अन्तिम बर्ष कक्षा १० । यो साल पनि भ्यालेन्टाइन डे मा प्रस्ताब नराखे उसले पूरा स्कूले जीवन खाली विताएको याद सधैभरी बोक्नुपर्ने थियो । यो पाला उसले प्रेमपत्र कोर्ने विचार गरयो । उम्मेदवार थिई रञ्जीता । हाँस्दा गालामा खाल्टा बस्ने, लजाएर भुतुक्कै पार्थी मोरीले । ‘प्यारी ंरञ्जीता, हिमाल भन्दा अग्लो र सागर भन्दा गहिरो माया तिमीलाई’ प्रेमपत्र लेख्न सिकाउने किताबबाट पहिलो हरफको नाम बाहेक अरु जस्ताको तस्तै सारयो उसले । अनि विचमा के के लेख्यो कुन्नी तर ‘उही तिम्रो जनमभर माया गर्ने विरु’ ले चिठीको अन्त्य गरयो । ऐया ! ! ! ! च्वास्स सियोले चौर औला घोचेर B+R पनि लेख्न भ्यायो आफनै रगतले । लौ तयार भयो प्रेमपत्र । आँटी छोरालाई बाघले पनि खाँदैन । खाजा छुट्टीमा स्कूल पछाडीको समिको बोटमुनी बोलाएर थमायो उसको मुटु रञ्जीताको हातमा । ऐया ! ! ! ! ! ! ! विहान सियोले घोचेभन्दा धेरै दुख्यो । ‘मुर्दार’ भन्दै धुजा धुजा पारिदीई उसको मुटु उसकै अगाडि रञ्जीताले । पख !  हेडसरलाई नभने । लौ मारी मोरीले । बेलुका घर जाने बेला हेडसरले अफिसमा बोलाए । भारी मन लिएर अफिस छिरे । एक्लै रचन हेडसर । ठिकै भो गाली गरेको अरुले सुन्ने भएन । सुन !  हेडसरले सधैझै कडा स्वरमा भने बालाई भन्दिनु । हाम्रा घरतलका रामदत्तेले भैसी बेच्न खोज्दैछन् । तेरा बाले भैसी किन्न खोज्दैथे । कम्ता सास पलायो मलाई ? कमसेकम चिठी च्यातेपनि हेडसरलाई त भनेकी रैनछ रञ्जीताले । माया त गर्छे के । 

भ्यालेन्टाइन डे नं ४

कलेज पढन शहर झरेको बर्ष थ्यो त्यो । कलेजका साथीभाई जम्मा भएर शान्ति स्तुपा घुम्न जाने सल्लाह थियो उनिहरूको । उसहित ४ जना केटा र पाँच जना केटी समुह निक्लेको थियो स्तुपाको लागि । उक्लदै जाँदा कहिले अघि त कहिले पछि । भिडमै पनि कस्तो आँखा जुध्न सकेको ? यो पो हो त मन संग मनको नाता । के के का मात्रै कुरा गरेनन उनीहरूले । पढाई, करियर, भविष्य ओहो । लाग्यो शान्ति स्तुप कहिल्यै नआइपुगोस । माथि पुगेपछि तल पोखरा हेरे । उसले उनको आँखाबाट र उनले उसको आँखाबाट । कसम यसअघि उनीहरूलाई पोखरा त्यती राम्रो कहिल्यै लागेन । रानीबनको बाटो फर्केदै गर्दा हात समाएर उसले भन्यो आइ लब यु । लजाउँदै उनी हासिन् । यति सुन्दर मुस्कान थियो कि ऊ बताउनै सक्दैन । अब पो रेल लिगमा आइपुग्यो उसले सोच्यो । अनुभवको कमिले होला, पहिलो मायाँ धेरै महिना टिकेन् । न कुनै विशेष भावनाले पलाएको माया थियो त्यो र न छुटिनलाई कुनै विशेष कारण नै चाहियो । 

भ्यालेन्टाइन डे नं ५

अर्को भ्यालेन्टाइन् डे सम्झन्छ ऊ । कम स्याँ स्याँ सास बढेको थियो उनीहरूको त्यो साल । रुपा सँग अफेयर थियो उसको त्यो साल । कम थाकेका थिए दुबै भ्यालेन्टाइन डे का दिनमा ? गलत नसोच्नुहोस् । पार्कमा एक अर्काको टाउकोमा टाउको अड्याएर गफ गरिरहेका बेला धेरैजसो प्रेम दिवसको वरीपरी सुरु हुने प्रहरीको ‘अपरेसन मायापिरती’ मा परेका थिए उनिहरू । भ्यालेन्टाइन डे ले साँस्कृतिक विचलन र विकृती ल्याएको भन्दै पार्क तथा रेष्टुरामा आपत्तिजनक क्रियाकलापमा संलग्न जोडिलाई पक्राउ गर्ने आदेश थियो माथिको । सायद प्रहरीको त्यस दिनको कोटा पुगेको रैनछ् । पार्कमा गफ गरिरहेका उनीहरू पनि परे निशानामा । अहो कति भागे त्यो दिन उनीहरू । धन्दै समातेको पुलिसले । ‘असत्तीहरू । मायाप्रेमका दुश्मनहरू । के गरेका थियौै र हामीले ? पार्कमा बसेर गफ गर्न नि नपाउनु? आफ्नी छोरी पोइला गई होला अनि अरु माया गर्ने जोडीलाई रिस पोख्छन डण्ठेहरू’ । साँझ महेन्द्रपुल हुलाकपछाडीको ठेलामा  पानीपुरी खाँदै उनीहरूले खुब गाली गरेका थिए प्रहरीलाई ।

भ्यालेन्टाइन डे नं ६

सायद वारेन्टी विना नै आउने भएर होला अक्सर एक बर्ष भन्दा धेरै टिकेन उसको माया पिरती रुपासँग । तर यो बर्षको भ्यालेन्टाइन डे अझ खास थियो उस्का लागि । ४ महिना भयो उसको रिनासंग लभ परेको । अझ भर्खरै नयाँ जागीर शुरु गरेकाले सानोतिनो उपहार किनिदिन पनि समस्या थिएन् । भ्यालेन्टाइन डे का दिन उस्ले विहानै रिनालाई चोकको क्याफेमा बोलाएको थियो । किशोर कुमारको लभ सङ्स को सिडी र क्यासीयोको हाते घडीको बक्सा हातमा थमाउदै पुरै भावना ओठमा उतारीदिएको थियो उस्ले । कम भावुक भएकी थिइ रिना ? दिउसो घुम्न जाने र बेलुका सँगै डिनरको प्रस्ताव पनि थियो । भ्यालेन्टाइन डे कै दिन छुट्टीलिँदा अलि अफ्ठयारो हुने भएकाले अघिल्लो दिनको लञ्च आवर देखीनै उ विदामा थियो । दिउसो डेभिज फल परिसरमा प्रेमलिन हुँदै बेलुका नटि नट्समा डिनर । साँच्चै कम रमाइलो थियो त्यो क्षण । आफनो कमाई हुँदाको आनन्द पनि त थियो नि त्यो । बेलुका रिनालाई छोडन जाँदा रिनाको कोठाबाहिर पुगेर सोध्यो कफि खुवाउँदिनौ ? ऊ अझै सम्झन्छ, कफि खान रिनाको कोठामा छिरेको ऊ रिनाको अस्पष्ट ‘नाईँ नार्इँ’  र उसको ‘केहै हुँदैन के’ मा उसको ‘केही हुँदैन’ले जितेको थियो मध्यरात र त्यसपछि विहान सम्म ।

भ्यालेन्टाइन डे नं ७

यो प्रेम पनि कस्तो । कस्तो मादकता, कस्तो खुसी अनि सँंगसँंगै कस्तो मिठो पिडा , यो सालको भ्यालेन्टाइन डे को वरिपरी कति तनाव थियो । माया त यथावत नै थियो तर तनाब पनि उत्तिकै । विच विचमा रिनाको नाई नाई लाई उसको केही हुँदैन ले पटक पटक र कयौं पटक जितेको एक बर्ष भएको थियो तर सँगसँगै अर्का दुई महिना भएको थियो रिनाको महिनावारी नभएको । प्रत्येक भेटमा रिना निन्याउरो अनुहार लागउथी अनि ऊ सम्झाउथ्यो । Don’t worry. Everything will be okay तर रिना के महशुस गर्थी त्यो त ऊ कसरी बुझन सक्थ्यो र ? अव त अति भयो । भ्यालेन्टाइन डे का दिनभन्दा अघिल्लो दिन डाक्टर देखाउन गए उनीहरू । क्लिीनिक वालाले नाम सोध्यो । फर्जि नाम र ठेगाना बताएर डाक्टर देखाउने चाँजोपाँजो मिल्यो । तपाईको समस्याः महिनावारी भएन । तपाईहरूको सम्वन्ध ः साथी साथी । बस डाक्टरलाई बुझन काफी थियो । यूरिन टेष्टका लागि स्याम्पल लिएर भोलि रिपोर्ट लिन बोलायो डाक्टरले । रात झिमिक्कै नगरी कट्यो । भोलिपल्ट ल्याबवालाले रिपोर्ट लिएर डाक्टरलाई देखाउन भन्यो । पढेको अंग्रेजी काम लाग्यो । रिपोर्टमा ‘नेगेटिभ’ लेखेको पढन खासै गाह्रो भएन । लामो सास लिए दुबैले त्यतीबेला जब डाक्टरले युरिन इन्फेक्सनले यस्तो भएको र आत्तिनु नर्पेन  भन्दै केही औषधी थमायो । रामोराम डेमोक्लेसको तरवार हट्यो । 

भ्यालेन्टाइन डे नं ८

ओ दाई एक क्वाटर खुकुरी रम । भ्यालेन्टाइन डे नं ८ मा उसले बोलेको पहिलो बाक्य थियो यो । साला संसार धोकेबाज छ । उसले सोच्यो । कम्ता माया गर्थे उसलाई । **** खुब माया गर्छु भन्थी मलाई तर एक चोटी हुन्न भन्न नि सकिन । कस्ती खत्तम रैछ हे । ३ महिना अघि अमेरीकाको डि.भी. परेको केटासंग परिवारको करले विवाह गरेकी उसकी पूर्व प्रेमीका रिनालाई मनमनै गालि गर्दै थियो ऊ । विदेश जान पाएपछि खुरुक्कै हुन्छ भनिछ । सब नाटक रैछ् । सब देखावटी रैछ् । प्रत्येक घुटकीसँगै उसले खुब गाली गरेको थियो रिनालाई । यो पैसाले स्याण्डल किन्देको भए कति खुसी हुन्थी ? फेरी स्याण्डल फेरी फरी लगाउने सोख पनि त थियो त्यसको रक्सीको पैसा तिर्दै गर्दा उसले सोच्यो । त्यस दिन उसले खुब पियो अनि साँझपख ड्याम साइडको पार्कमा बसेर रानीबन तिरबाट झरदै गरेका जोडिलाई चर्का चर्का स्वरमा गाली पनि गरेको सुनिन्थ्यो । 

भ्यालेन्टाइन डे नं ९

कतिञ्जेल नसम्हाल्नु आफूलाई ? केही समयपछि करै लाग्यो सम्हाल्न । रिनासंगको विछोडको लगभग ७ महिनापछि उसको जिवनमा नयाँ आयाम बनेर आइन सृष्टि र यसपाला उनको प्रस्ताव स्वीकार गरयो उसले । पुराना स्मृतीहरूलाई उसले सकेसम्म शेयर गरेन सृष्टिसंग । आफनै अनुभव बाट उसले सिकेको थियो मनग्गे पाठ । प्रेम धेरै समयसम्म लम्ब्याउनु ठिक हुँदैन । अनि सृष्टीसंगको छोटो प्रेमलाई बैवाहिक सम्वन्धमा परिणत ग¥यो । विहेपछिको पहिलो भ्यालेन्टाइन डे थियो त्यो । विहानै आखाँ खोल्दा अगाडी टेबलमा ह्याप्पी भ्यालेन्टाइन डे लेखेर राखिएको थियो । अनि संगै एउटा प्याकेट । खोलेर हेरयो । माछाको जोडीले चुम्वन गर्दै गरेको एउटा गज्जबको सजाउने बस्तु थियो अनि त्यसैको तल लेखिएको थियो made for each other like us.। अफिसमा त्यसदिन  प्रतिघण्टा एक का दरले आएको मायालु एस.एम.एसले उसलाई अझ तरंगीत गराएको थियो ।  त्यसरात अंगालोमा बेरिएर सृष्टिकोे प्रश्न थियो ‘एम आई योर फष्ट भ्यालेन्टाइन ?  । बडो दार्शनीकझै उत्तर दियो उसले  ‘विफोर मिटिङ अ राइट पर्सन यु कम एक्रस मेनी रङ पर्सन एण्ड जष्ट अन्डरस्ट्याण्ड यु आर दयाट राइट पर्सन फर मी’ । बस उत्तर काफि थियो । यो एउटा यस्तो भ्यालेन्टाइन थियो जहाँ उसलाई पहिलोपटक लागेको थियो । अँ बस यो चाही असल हुँदैछ् । 

भ्यालेन्टाइन नं १०

         भ्यालेन्टाइन नं ११

                  भ्यालेन्टाइन नं १२

                          भ्यालेन्टाइन नं १३

                                  भ्यालेन्टाइन नं १४

                                              भ्यालेन्टाइन नं १५

                                                             भ्यालेन्टाइन नं १६


                                                              भ्यालेन्टाइन डे नं १७

विहानै छोराकोे रुवाइले ब्युझयो ऊ । घरभरी धुपको बास्ना आइरहेको थियो ।  रोहणकी आमा भन्दै बोलायो । तर उत्तर आएन अनि बल्ल याद आयो । महिनाभरी श्री स्वस्थानी परमेश्वरीको व्रत वसेकी रोहणकी आमा आज पक्कै पनि निकै व्यस्त छिन् । महिनाभरी नित्य मध्यान्ह कालमा श्री स्वस्थानी परमेश्वरी एवं महादेवको व्रत बसेर आज साङेको दिन थियो । पण्डितजी विहानैबाट मन्त्रको ध्वनी उच्चारण गरी रहेका थिए् । वाहिर निस्क्यो ।  आफन्तहरू आएका छन् । आज अफिस जाने कुरा पनि भएन । हिजो विदा माग्न विर्सेछ । फोन गरेर विदा माग्यो । दिनभरी पुजा पाठमा व्यस्त रहयो । ८ कुडका सुपारी, ८ रोटी, ८ पान लगाएतका सामाग्री श्रीमतिले ढोगेर दिइन । सौभाग्यवति भएस् भएस उसले आर्शिवाद दियो । दिनभरीको पुजाको रन्कोले साँझमा केही हल्का हुन उ बजार निस्क्यो । एकछिनमा फर्कनु थियो । घरमा भजन चल्नेवाला थियो । बजारतिर यसो टहलिदै गर्दा महेन्द्रपुलतिर पुग्यो उ । अलि चहलपहल थियो बजारमा सधैभन्दा आज । स्वस्थानीको फूल तार्न आएका मानिस होलान उसले सोच्यो । आर्चिज निर आएपछि पो बल्ल घैटामा घाम लाग्यो । ठूलो पानको पात मा ह्याप्पी भ्यालेन्टाइन डे लेखेको रैछ । लौ आज त भ्यालेन्टाइन डे पो रैछ । पुराना भ्यालेन्टाइनका दिनहरू उसको अगाडी सिनेमा झै फन फन घुम्न लाग्यो । लौ भ्यालेन्टाइन डे विर्सेने दिन पनि आएछ भन्दै उ खिस्स हाँस्यो । एक दर्जन चुरा किनेर आज श्रीमतिलाई सरप्राइज दिने सोच बनायो । बेलुका भजन सकिएपछि लखतरान श्रीमती उ संगै सिरकभित्र घुर्सीन् । सरप्राइज दिने बहानाले उसले ह्याप्पी भ्यालेन्टाइन डे भन्दै चुरा निकाल्यो र दियो श्रीमतीलाई । तिमी मलाई पटक्कै माया गर्दिनौ खै वास्तै छैन यत्रो प्रेम दिवसमा पनि । उसले घुर्की लगायो । याद छ नि । मैले नि हजुरलाई प्रेमपत्र तयार गरेकी छु । झन दंग पारिदिइन उसकी श्रीमतीले उसलाई । उठेर दराज खोलीन र थमाइन उसको हातमा एउटा मझौलो आकारको खाम । अनि उसले जो पढयो त्यसपछि उ अवाक भयो । खामभित्र थिए तिन महिनादेखी तिर्न बाँकी घरबेटीको घरभाडाको हिसाब, छोराको स्कूलको तिर्न बाँकी फि, रमेश साहुकहाँको उधारो राशन ल्याएको हिसाव अनि घरमा चाहिएको सामाग्रीको लिष्ट ।

फाल्गुण २, २०७०
14th Feb 2014.

Saturday, March 23, 2013

बरालिदै जाँदा एउटा शनिबार

हुनत दशै तिहारको लामो विदाको आनन्द लिइरहेकोले शनिबारको दिनले विशेष महत्व त राख्ने होइन नै । तरपनि कहिलेकाही अनायासै सुन्दर समय विताइन्छ । मंसीरको २ गते लागिसकेकाले जाडो पनि विस्तारै बढदै गएको छ । आँगनमा रहेको लिचिको बोटले यस मौसममा अत्यन्तै प्रिय लाग्ने घाम छेकेर कोठासम्म पस्न नदिने भएकाले विहानै उठेर जाँगर चलाएर घरअगाडिको लिचिको बोटका हाँगा छिमल्न थाले । गाउँले परिवेशमा हुर्केको भए दैनिकजसो गाइवस्तुलाई रुखबाट घाँस खसाल्नु पर्ने हुनाले यस्तो कुरा खासै नौलो होइन तरपनि सानैदेखी बजारमै हुर्केबढेकाले खासै यो उमेरसम्म आइपुग्दा यस्तो प्रकृतिको काम गर्नुपरेन । एकैछीनको मेहनतले पनि हातभरि पानि फोरा उठेछ । जेहोस कोठामा छ्याङ्ग घाम लाग्यो । सन्तोष लाग्यो ।
हिजोमात्रै महान क्रान्तिकारी कमरेड प्रचन्नले बाग्लुङ्गका पदम कुँवरको हातबाट आक्रोशपूण थप्पड खाएको कुराले छापा तथा विद्युतिय माध्यममा खुब तहल्का पिटिरहेछ । प्रवृत्ति गलत भएपनि स्विकार्नुपर्ने कुराचाहि के हो भने त्यो आक्रोश क्षणिक आवेशको थिएन, एउटा लामो कालखण्डको निराशाको प्रतिफल थियो त्यो । अझ विशेष गरि फेसबुक र ट्वीटरमा त त्यो घटनाका बारेमा ठिक र बेठिक भन्दै चर्चाहरु छरपस्ट छरिएका थिए । बाहिरको काम सकेर यसो फेसबुक चेक गर्दै गर्दा एकजना मित्रको स्टयाटसमा आँखा लाग्यो । ‘बाग्लुङ्गका कुँवर परेर झापड मात्रै , नाउँडाडाको कुँवर परेको भए बन्दुककै गोली खान्थ्यो प्रचन्न तिम्ले’ भन्ने आशयको ति नाउँडाडाका कुँवर मित्रको स्टयाटस पढेपछि कमेन्ट गर्नुभन्दा पनि उनलाई फोनै गर्न मन लाग्यो । मित्र लेकसाइडको जर्मन बेकरीमा विहानी चिया (त्यतिबेला विहानको सवा दश मात्रै बजेको रहेछ) पिउँदै रहेछन । मलाई चियाको लागि निम्तो दिए । एकैछिन अगाडिसम्म पर्वत जाने योजना बुनिरहेको म खै केले तान्यो। मोटरसाइकलको कान बटार्दै हान्निए लेकसाइड तिर । साँझ पख फुट ट्रयाकमा टहलिनु होस वा विहान सखारै भर्खर सुतेको लेकसाइडको मुख्य बजारमा हिडनु होस, विस्तारै खहरे, पामेतिर साइक्लीङ होस वा साथिभाई संग राति अवेर सम्म पार्टि र ग्यादरीङका नाममा मापसेका लगि होस, अथवा तालमा डङ्गा सयरनै किन नहोस, लेकसाइड मेरालागि एनि सिजन, एनि वेदर र एनि टाइम फेवरेट ठाउँ मध्येको एक पर्छ । आफूलाई छुट्टैप्रकारको आनन्दीमा पाउँछु म फेवाताल किनारको त्यो वस्ती र बातावरणमा । अँ थियो मलाई जर्मन बेकरीमा पुग्नु । हल्लनचोकमा पुगेपछि जर्मन बेकरी खोज्नमै लाग्यो एकछिन । उसो त लेकसाइडका केही नाम चलेको ठाउँबाहेक यहीको रैथाने भएपनि त्यति धेरै होटल र रेष्टुराको त्यती हेक्का हुँदैन मलाई । जसोतसो पुगे जर्मन बेकरी । भर्खरै ध्यान सकेर चारजना ओशो सन्यासी मित्रहरु त्यहा जम्मा हुनुभएको रहेछ । स्वामी प्रेम विस्तार , राजेश, पुरुषोत्तम (प्रेमदिप), र अर्का एकजना मेरा लागि अपरिचित स्वामीजिलाई विहानको प्रणाम गर्दै अनि शुरुभयो शनिबारको पक्का क्षण । ओशो सन्यासीहरुसँग समय विताउन मलाई असाध्यै प्रियकर लाग्छ । म आफूलाइ पनि ओशोको विचार, विज्ञान र दर्शन मन पर्छ र त्यसैले पनि होला, ओशो सन्यासीहरुको वरपर म गज्जबको आभा पाउँदछु । जिवनका सामान्य पलमा पनि स्वतन्त्र र उन्मुक्त हासोँ हास्ने, सरल तरिकाले जिवनलाई सहज र स्वतन्त्र हिसाबले स्वीकार गर्ने र वर्तमानलाई महत्व दिएर आजमा निष्फीक्री बाँचेका ओशो सन्यासीहरुकोे वरपर वस्दा आफैमा पनि शक्तिको प्रवाह भैरहेझै लाग्छ मलाई । आफूलाई उनिहरुले के सोचीरहेका छन वा आफूलाई कतै उनिहरुले तौलिरहेका त छैनन भन्ने ख्याल मनमा नराखीकनै लाग्छ उनिहरुसंग जुनैपनि विषयमा विना रोकटोक कुरा गर्न पाइन्छ । करिब डेढ घण्टासम्मको त्यो जर्मन बेकरीको बसाइमा हामीले विज्ञान र दर्शनका कुरामात्रै होइन प्रचण्डको झापड देखी रजनिकान्तको डाइलग, फिरहेरा फेरी भन्ने हिन्दी चलचित्रको तासको खेला देखी मिसेल ओबामा र पा को प्रोजेरीया, तारे जमिनको डिस्लेक्सीया अनि हाकु कालेको लुट सम्मको चर्चा चलायौं । न हामीलाई कुनै निष्कर्षमा पुग्नु थियो न कुनै परिणामका लागि बसह गरिरहेका थियौ । पारिलो त्यो घाममा चिकेन, मस्रुम सुप, ब्ल्याक फरेस्ट र थुक्पाका कचौरा र प्लेटहरु रित्याउँदै हामी गफिइरह्यौ । करिब सवा बाह्र बजेतिर हामी पाँच ज्यान जर्मन बेकरीबाट बाहिरीयौं । स्वामी प्रेम विस्तार र अर्का एकजना स्वामी हामीसंग त्यहाँबाट छुटेपछि पुरुषोत्तमले खहरेको बाटो हुदै केही अगाडिसम्म जाने योजना बुने । राजेशको र मेरो स्वीकारोक्ती पछि दुइवटा मोटरसाईलमा हामि तिनजना त्यतातर्फ हान्नीयौं । गन्तब्यको कुनै ठेगाननै नलिइकन हामि हान्नीयौ खहरेको बाटो हुँदै अगाडि अगाडि । विना गन्तब्यको यात्रा अत्यन्तै रमाइलो लाग्छ मलाई । न यहाँसम्म पुग्नु छ भन्ने तनाव हुन्छ न हुन्छ समय र दुरीको बन्देज । गन्तब्यका लागि गरिने यात्रामा विचबाटोमा गरिने रमाइलो रहँदैन । या त पुग्ने हतार हुन्छ वा फर्केने चटारो । विना गन्तब्यको यात्रामा बाटोको प्रत्येक पललाई रमाइलो गर्र्दै जाँदा जहाँबाट फर्कु जस्तो लाग्छ त्यहीबाट फर्कन सकिन्छ । बेफिक्रि र विना कुनै सुर्ता । फेवातालको किनारै किनार कच्ची झै लाग्ने अर्धपक्की सडकलाई विस्तारै छिचोल्दै हाम्रो मोटरसाईकल अगाडि बढिरहयो । प्रकृतिले सँच्चैनै स्वर्गीय छटा दिएको छ पोखरालाई । सुन्दर हिमाल, ताल तलैया, मध्यम प्रकारको मौसम अनि स्वच्छ वातावरण । स्वर्गको टुक्रा धर्तीमा झरे जस्तो छ पोखरा भन्ने गित गुन्गुनाउदै सराङकोटबाट उडेका एक हुल प्याराग्लाइडरको छाया मुन्तीर मुन्तीरै हामी गुडिरहयौ, गुडिरहयौं । फेवातालको किनारमा माथिबाट प्याराग्लाइडर चढेर आएका स्वदेशी एवं विदेशी पर्यटकको प्याराग्लाइडर पट्याइरहेका स्कूले किशोरहरु देखिन्थे । भनेको सुनेको, यस क्षेत्रका धेरै स्कुले उमेरका किशोर किशोरीहरु या त पर्यटक गाइड बनेर वा यसैगरी प्याराग्लाडर पट्याएर पैसा कमाउन सिपालु हुन्छन रे । अनि पैसा कमाउने र पर्यटक संगको बसउठले पढाइमा खासै ध्यान नजानेहुनाले अधिकांश किशोरहरुले ७,८ कक्षा भन्दा बढि पढदैनन रे । तरपनि तिनको अंग्रजीभने मिठो हुन्छ । विस्तारै फेवाताल, त्यसकिनारका होटल र रेष्टुरा अनि माछाको चित्र अंकीत रेष्टुराका बोडर्हरु छिचोल्दै खपौदी कटेर फेवातालको मुहान हर्पन खोलाको किनारै किनार हामी बढयौं । जति जति रेष्टुराका बोर्डहरु छिचोल्दै अगि बढयौ त्यती त्यती हर्पनको स्वच्छ र कलकल बगिरहेको पानि, फाँटका पहेलपुरे धान खेत, कतै धान काटेर निन विछयाइएका खुला खेत त कतै बडेमानका कुन्यूले स्वागत गरेझै लाग्यो । बदलिदो शहरीकरण र प्लटिङ का कारण बजार क्षेत्रमा त यस्ता दृष्य दुर्लभनै भैसक्यो । यसैले यस्ता कुन्यू देख्दा पनि मन त्यसै पुलकित हुन्छ । ‘श्रमको फलहो राम्रो श्रम हुन्छ रमाइलो, केही दुःख भने हुन्छ काम गर्दा घमाइलो’ भनेर दैवज्ञराज न्यौपानेले किसान कवितामा भनेझै बाटोका छेउछाउमा कृषक बुबाआमा र दाजुभाइहरु असारमा रोपेको पसिनाको दानाले उब्जाएको बालि थन्क्याउनमा व्यस्त हुनुहुन्थ्यो । मंसीरको महिनाकृषक दाजुभाइका लागि उल्लासको महिना हो । पसिनाले सिंचीत गरेर रोपेको मानोलाई मुरीमा उठाउने यो महिनामा सायदै कोही कर्मयोगी किसानको भकारी खाली रहन्छ । अलि अगाडि पुगेर सिद्ध बराह मावि अगाडि मोटर साइकल रोकेर दाई सकेर धान बत्ताउदै गरेका कृषकदाईका छेवैछेउ अगाडी बढदै हामी उक्लीयौ सिद्धबराह मन्दिरको थुम्कोतिर । सानो थुम्कोको विचमा रहेछ सिद्धबराहको मन्दिर ।
 पुरुषोत्तम त्यहा पहिलेनै पुगेका भए पनि राजेस र म पहिलोपटक त्यहा पुगेकाले त्यसको उत्तपत्तिको बारेमा खुलदुली लाग्नु स्वभाविक थियो । मन्दिरकै परिसरमा बराहक्षेत्र समितीकै बैठक चल्दै रहेछ । बैठक चल्दै रहँदा तारापती भण्डारी जो त्यसै क्षेत्रकै पूर्व वडा अध्यक्ष एवं सेवानिवृत शिक्षक समेत हुनुहुँदो रहेछ, वहाँले बहुतै चाख मानेर हामीलाई त्यस क्षेत्र र वराह देवताका बारेमा पुरानो किंवदन्ती सुनाउनुभयो ।
 वहाका अनुसार त्यस क्षेत्रमा बराह खास गरी तिन वटा रहेछन । एउटा पञ्चासेको डाँडामा रहेको बराह, अर्का त्यही सिद्ध बराह र अर्का फेवातालको विचमा रहेको ताल बराह । परापूर्व कालमा फेवाताल हालको स्थानमा नरहेर त्यही सिद्धबराहको थुम्कोको वरीपरि थियो रे । त्यस वरपरको क्षेत्रमा रहको माझीको बस्तीले समेत त्यस कुराको प्रमाणीत गर्दछ । एकदिन बराह भगवान बजारतिर (हालको फेवाताल क्षेत्रतिर) सामान्य मानिसको भेष धारण गरेर घुम्न निस्केछन् । त्यसवखत हालको फेवातालभएको क्षेत्रमा मानिसको बस्ती राम्रै रहेछ । बेलुका साँझ परेपछि बराह भगावानले प्रत्येक घरमा बास मागेछन तर कसैले आतिथ्यता नदेखाइ बास बस्न दिएनछन् । अनि अन्त्यमा एकजना अत्यन्तै गरिब बुढा बा को घरमा बास पाएछन्। रिसले आकुल भएका बराहले रातिनै ती बुढाबा लाई भोलि विहान सम्म यो क्षेत्र पानिले जलमताल हुने भएकाले सुरक्षित स्थानमा जानका लगि भनेपछि बुढाबा पनि रातिनै हालको बराह थान रहेको थुम्कोमा गइ बसेछन् । भोलिपल्ट विहान झिसमिसेमै हरपाकको डाँडाले थुनिरहेको त्यस बेलाको ताल फुटन गै बाढीका रुपमा ताल बगेर हालको फेवातालका रुपमा रहनगै त्यस क्षेत्रमा रहेका अधर्मी मानिसको सत्यानास गरेको भन्ने किवंदन्ती प्रचलनमा रहेछ । २०३८ सालमा फेवातालको तल्लो बाँघ फुटदा समेत हाल फेवातालको पानि सबै बगेर गै फेवातालको पिँधतिर आपँको बुटका ठुटा, घरका जग भेटिएको तथ्यले पनि यो किवंदन्तिलाई पुष्टि गरेको तर्क दिँदै भण्डारी सरले हामिलाई तात्कालिन सोहि स्थानका घले राजा देखी राजाको भण्डारे हुँदै कसरी भण्डारे हरु भण्डारी भए भन्ने सम्मका कुराहरु सुनाउनुभयो । अगिदेखी टाउको दुखेको भन्दै निन्याउरो अनुहार लगाएका राजेश समेत यस शक्तिपिठमा आउने वित्तिकै टाउको दुख्न छोडेको भन्दै थिए भने पुरुषोत्तम पनि त्यस क्षेत्रको बारेमा राम्रो जानकार भएकाले भण्डारी सरसंग निकै गफिदै थिए । मुसुमुसु मुस्कुराउँदै र अन्जान बन्दै आफनै गाउँ र ठाउँ अनि आफन्तकै बारेमा उनले भण्डारी सरका मुखबाट बर्णन सुनिरहेका थिए । त्यस शक्तिपिठ परिसरमै संस्कृत अध्ययन अध्यापनका लागि भवन बन्ने क्रममा रहेछ र निकट भविष्यमै संंस्कृतको पढाइ सुरुहुने समेत जानकारी हामीले पायौं । ज्ञानका भण्डार भएको विभिन्न संस्कृतमा लेखीएका ग्रन्थ विदेशीले लगेर बडो महत्ताका साथ पढदा हामी नेपालीहरु भने बुर्जुवा शिक्षा भन्दै पाठयक्रममा रहेको संस्कृत विषयलाई हटाएर आधुनिकता र २१औं शताब्दीको शिक्षाको नाममा उही पुरानो रट लगाइरहेछौ । संस्कृतको विशालता र ज्ञान हामीले बल्ल विस्तारै महशुस गर्दै गएका छौ विस्तारै खुल्न लागेका संस्कृत विद्यालयहरु यसैका उपज हुन । करीब एक घण्टा लामो बसाईपनि विस्तारै भोक पनि लाग्न थालेकाले भण्डारी सरलाई समेत मोटरसाईकलमा हालेर हामी फेरी अगाडी बढयौं । करिब २ मिनेट अगाडी बढेपनि बाटोकै छेउमा रहेको भण्डारी सरको घरमा उहाँलाई छोडदा चियाका लागि असाध्यै कर गर्नुभएको थियो । भोकले आकुल बनाएको त्यो क्षणमा चियाका लागि रोकिनुभन्दा खानाकै जोहो गर्नु ठिक लागेकाले उहाँको आत्मीय आमन्त्रणलाई भारि मनले नर्कादै फेरी अगाडी बढयौं । केही मिनेटको कच्ची यात्रा र सानो एउटा खोला पार गरेर हामी घाँटिछिनाको सानो बजारमा आइपुग्यौं । पोखराको हल्लनचोकबाट लाग्ने बस यहाँसम्म आइपुग्ने रहेछ । पक्की पुल बन्दै गरेकाले खोलामा पाइप हालेर बनाइएको अस्थायी बाटोचाही पञ्चासे जानका लागि गेटवे रहेछ । दिउसोका लगभग ४ बजे स्थानीय होटलमा माछा र खानाको अर्डर दिँदै हामीले २÷२ कोसा काँचा केरा खाएर रुफटपमा गफिन थाल्यौं । वि.ए. दोश्रो बर्षमा अध्ययनरत राजेशलाई अलिअलि सम्झेको अलिअलि विर्सेको इडिपस रेक्स र ओथेलो नाटकको सारसंक्षेप सुनाउदै गर्दा चरेसका कचौरामा माछाको झोल सहित आएको तातो भातले बाकी गफलाई अगाडी बढनै दिएन ।


 राजेशलाई माछा खान सिकाउँदै र होटल्नी बहिनीले पकाएको खानाको तारिफ गर्दै माछाको झोल र भात खुब खाइयो । खानापश्चात पुरुषोत्तमको आइप्याडबाट फेसबुकमा फोटो अपलोड गर्दै र चियाको चुस्की लगाउँदै पुरुषोत्तम र म गफिइरहँदा राजेश भने एकतमाशले सुनिरहेका थिए । फर्कने बेला काउन्टरमा पैसा तिर्न खोज्दा पो थाहा लाग्यो , पामे वा खपौदीमा एक प्लेट माछा खान पुग्ने पैसामा यहाँत माछा र भात नै पो खान पुग्ने रहेछ । निकै सस्तोमा असाध्यै मिठो खाना ख्वाएकोमा साहुनी बहिनीलाई धन्यवाद दिँदै गर्दा यसै महिनाको अन्तिममा हुने पञ्चासे महोत्सवमा निम्तो समेत पाइयो । साँझ परिसकेकाले अव फर्कने विचारले यस शनिबारलाई सुन्दर यादहरुमा परिणत गर्दै साझँको चिसोमा हामि तिन जना पोखरातर्फ लाग्यौं मनभरि सुन्दर गाउँबस्ती र जिब्रोमा माछाको स्वाद बोकेर ।
२०६९/०८/०२ गते शनिबार

एक थान सिरक अभियान ः अनुभव र अनुभूति


फर्क फर्क हे जाऊ समाऊ मानिसहरूको पाउ
मलम लगाऊ आर्त हरूको चह¥याइरहेको घाउ
मानिस भै मानिसको त्यो दिव्य मुहार हसाउ

स्कूल पढदा १० कक्षामा देवकोटाका यात्री कविताका यी हरफहरूको कति गहिराइमा अर्थ बुझेको थिएँ होला ? तर जीवनका विभिन्न अवयवहरू पार गर्दै जाँदा देवकोटाका यी हरफहरूको अर्थ अझ बढी बुभ्mदैछु । पौषको अन्तिम साता मुलुककै दुर दराजमा रहेका केही नेपाली दाजुभाइलाई भेटेर फर्केपछि एकतमासले यी माथिका हरफहरू गुन्गुनाउँदै एक प्रकारको आनन्दमा गुटमुटिरहेको छु । 
जाडो मौसमले आफनो रोब देखाउँदै गर्दा विभिन्न परिवर्तनको अनुभव हाम्रा वरपर गर्न सकिन्छ । गर्मीमा कठोर लाग्ने सूर्यनारायण पनि हाम्रा पाखा पखेरामा पारिलो घाम बनेर पोखिन्छन् । पुग्नेका घरमा नम्बरी कपास हालेर मोटो सिरक बन्छ वा नयाँ ब्ल्याङ्केट भित्रन्छ । नयाँ स्विटर बुनिन्छन, ज्याकेट किनिन्छन् । घर तथा कार्यालयमा थन्क्याएर राखेको हिटर पुछपाछ बनाएर प्रयोगमा ल्याइन्छ । अझ हुनेखाने परिवार त जाडो छल्न कतिपय गर्मी ठाउँमा घुमफिरका लागि निस्कन्छन । तर त्यही समय विशेषत तराई क्षेत्रका विपन्नहरूका लागि भने निकै कष्टकर रहन्छ । शितलहरले जनजीवन व्याकुल बन्दछ । दिउँसो अवेरसम्म घाम नलाग्दा चिसोको आधिपत्य जम्दछ । अनि जाडोमा न्यानो लुगा र ओढ्ने नपाउँदा कयौ अमूल्य जीवनहरू दुःखद हेडलाइन बनेर पत्रपत्रिका र सञ्चार माध्यमभरि छरपष्ट हुन्छन् । यो नियति यो जाडोमा मात्रै होइन यसभन्दा अगाडिको जाडोमा पनि देखिएकै हो । यसैपालिको जाडोमा पनि पत्रपत्रिकामा कयौँ परिवार पराल ओछयाएर सुकुल ओढेर सुत्न बाध्य भएकाहरूको फोटोहरू समाचार बने । टेलिभिजनमा दिनप्रतिदिन जाडोले ज्यान गुमाएकाहरूको रिपोर्ट आउन थाल्यो । विश्वको कुनै पनि कुनामा कोहीमाथि विपत पर्दा त हाम्रो मनमा माया र सहयोगको भावना पलाउँछ भने हाम्रै चन्द्र सूर्यको छहारीमा रहेको तराई जाडोले कठयाङ्ग्रिदा पहाडको चित्त दुख्नु स्वाभाविक नै थियो । हाम्रै मुलुकमा कहीँ सिरक नै सिरकको खात थियो त कहीँ सुकुलका भरमा रात विताउनु परिरहेको परिवेशले हामीलाई भित्रैदेखि छोयो अनि योजना बन्यो रोट¥याक्ट क्लब अफ पोखरा मिडटाउनको पहलमा यो र अवका केही बर्षहरूको जाडो छल्नका लागि ‘एक थान सिरक’ अभियान सञ्चालन गरी ती विपन्न परिवारलाई आफ्नोपनको आभाष स्वरुप  एक थान सिरक दिलाउने । 
योजना जब बन्यो मध्ये पौषको समय थियो । केही दिन भित्रै योजना कार्यान्वयन नगरे जाडो सकिने र सिरक बाँडने काम पनि ‘लगन पछिको पोते’ मात्रै हुने पक्का थियो । तसर्थ पौष भित्रै सिरक बाडीसक्ने अठोटका साथ क्लबका साथीहरूले काम थालनी ग¥यौं । सिरकका लागि आर्थिक स्रोत जुटाउनु, सिरक तयार गर्नु, वितरण गर्ने स्थानको यकिन गर्नु, लागत संकलन गर्नु, यातायातको प्रवन्ध गर्नु, तयार भएका सिरक लगेर वितरण गर्नु त्यो पनि करिब १० दिन भित्रमा । गज्जबको चुनौति थियो । दार्शनिक नित्से भन्थे जहाँ भित्ता छ त्यही द्वार छ । त्यस्तै जहाँ चुनौति थियो त्यही साथीहरूको टिम स्पीरीट पनि थियो । लामो छलफल पछि टिकट विक्रि गरी सिरक संकलन गर्ने सोच अनुरुप सिरक नं अकिंत टिकट छापेर निस्क्यौ मैदानमा सिरक संकलन गर्न । यसभन्दा अगाडि पनि विविध कार्यक्रमका लागि डकुमेन्ट्री, कन्र्सट वा च्यारीटि सो का टिकट बेच्नका लागी मानिसहरूलाई जर्बजस्ती अनुरोध गर्नुपरेको क्षण वा Push Sell  गर्नुपरेको स्मरण ताजैै रहेकाले टिकट विक्रि गर्न गाह्रो होला भन्ने केही डर भने पक्कै थियो ।  
त्यसको ठिक विपरीत जहाँ जहाँ बतायौ मानिसहरूलाई हाम्रो एक थान सिरक अभियानका बारे, जहाँ जहाँ सहयोगको लागि अपिल ग¥यौं, अनुरोध ग¥यौं जसजसलाई सहयोगका लागि, मुसुक्क मुस्कुराउँदै खुला दिलले हाम्रो एक आग्रहमै क्रमशः ति कठयाङग्रीएका परिवारका लागि सिरक दाताहरूको स्नेह बर्षदै गयो । पोखरामा रहेका रोटरी क्लबहरू तथा अग्रज रोटेरीयनहरू, रोट¥याक्ट क्लबहरू एवं रोट¥याक्टर साथीहरू तथां अन्य महानुभावहरूले सहृदयता पूर्वक त्यस टिकट किनेर सिरक प्रदान गर्नका लागि सहयोग गर्नुभयो । सिरकका लागि सहयोग संकलनकै क्रममा केही थान सिरक किनिदिन अनुरोध गर्नेका लागि पोखराकै रेडियो अन्नपूर्णको स्टेसनमा पुगेका हामीलाई कार्यकारी निर्देशक दिपेन्द्र श्रेष्ठले असाध्यै मिठो हाँैसला र उत्साह थपिदिनुभयो । तत्कालै रेडियो अन्नपूर्णकै तर्फबाट दश थान सिरक सहयोग गर्ने बचनबद्धता दिदै उहाँले यस अभियानलाई रेडियो मार्फत प्रचार प्रसार गरेर थप सिरक संकलन गर्न सहयोग पु¥याउने तथा प्रत्येक दिन सिरक किनेर यस अभियानमा सहयोग गर्ने दाताहरूको नाम रेडियोबाट प्रसारण गरिदिने वचन दिनुभयो । टिकट विक्रिको काम यता चल्दै थियो भने उक्त सिरकहरू लक्षित प्रभावित वर्ग र परिवारमा पुगोस् भन्ने हेतुले अति प्रभावित क्षेत्रको खोजी भैरहेको थियो । पत्रपत्रिकामा आएको खबर र समाचारलाई पछयाउँदै र तराईमा रहेका विभिन्न श्रोतलाई सोधखोज गर्दै जाँदा यसवर्ष जाडोका कारण सबैभन्दा बढी ज्यान गुमाएको जिल्ला रौतहट भएकाले सहयोगको आवश्यकता त्यहाँ रहेको भन्ने कुराको एकिन भए अनुरुप रौतहटको चन्द्रनिगाहापुरबाट लगभग १५ कि.मि टाढा रहेको लक्ष्मीपुर गा.वि.स. को विपन्न मुसहर वस्तीलाई हामीले सहयोगका लागि छनौट ग¥यौं । यता सिरक विक्रि तथा सिरक बनाउने काम चलिरहेको थियो । विभिन्न  ठाउँबाट सहयोग जुटने क्रम जारि नै थियो । सिरक संकलनका केही क्षणहरू निकै उत्साहजनक पनि थिए । रेडियोबाट सुनेर अभियानका लागि सिरक प्रदान गर्न अध्यक्षको नेतृत्वमा लागुपदार्थ सेवन तथा ओसारपसार नियन्त्रण आमा समूहका सोह्र जना आमा÷दिदीहरूको टोलीलाई रेडियो अन्नपूर्णमा भेटेर सहयोग रकम ग्रहण गर्दा निकै आनन्दबोध भैरहेको थियो भने आफ्नो खाजा खाने पैसा जोगाएर सैनिक आवासीय महाविद्यालय फूलवारी पोखराका कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूले नौसय पाँच रुपैया सिरकको लागि सहयोग भन्दै पक्तिकारको हातमा हालिदिदा यी आँखाका कोशहरू भिजेका थिए र गौरव लागिरहेको थियो यि र यस्तै अन्य सहयोगी चोखा मनहरूप्रति । 
काम राम्रो हुनुपर्छ , सहयोग गर्ने हातहरूको कुनै कमि हुँदोरहेनछ । सबैको सहयोगमा लगभग १० दिनको विचमा १५० थान सिरक संकलन गर्ने सफल भएका थियौं हामी । सिरक बाँडनका लागि पौष २८ गते रोट¥याक्ट क्लब अफ पोखरा मिडटाउनका अध्यक्ष अनिल खड्काको नेतृत्वमा आर्दश समाजका पत्रकार नविन सिग्देल, हाम्रो कलमका दुर्गा पनेरु, ला.प.से.नि आमा समुहका अध्यक्ष शान्ता गुरुङ्ग, कार्यक्रमका परिकल्पनाकार तथा संयोजक निर्देशन चुल्याजु, क्लबका निर्वाचित अध्यक्ष उपेन्द्रप्रसाद पौडेल सचिव राजु पौडेल, सदस्यहरू सिमा थापा, श्रुती कोइराला, कृष्ण तिमिल्सीना लगाएतको एक टोली बसको छतमा केही र केही सिरकहरू बसभित्रै बाँधेर रौतहट तर्फ प्रस्थान ग¥यौं । त्यस दिनको यात्रा बेलुका चन्द्रनिगाहापुरमा पुगेर टुगिंयो । स्थानिय संयोजनका लागि जिम्मा लिनुभएको चपुरमै रहेको नुनथर एम.एम का स्टेसन म्यानेजर मित्र फणि महतको आत्मीय आतिथ्यतामा  त्यस दिनको थकाई मेटदै भोलिको कार्यक्रमको योजना बनाई राती अवेर चपुर पुग्नुभएका डिष्ट्रिक्ट रोटरी चियर पर्सन रो. किरणलाल श्रेष्ठ, रोटरी क्लब अफ पोखरा मिडटाउनका अध्यक्ष रो. केशव प्र. आचार्य, पूर्व अध्यक्ष कृष्णप्रसाद घिमीरे, सचिव हेमराज बराल तथा पत्रकार एवं रोटेरीयन दिपेन्द्र श्रेष्ठलाई स्वागत गर्दै भोलिको अन्तिम गृहकार्य सम्पन्न गरियो । 
लगभग एक बजे सुत्नका लागि खाटमा पल्ँिटदा पनि निद्रा राम्ररी परेन । पोखराबाट त्यति धेरै मानिसको सहयोग संकलन गरी अत्यावश्यक एवं प्रभावित क्षेत्रका लागि भनेर संकलन गरेको सिरक कतै गलत हातमा पो पर्छ कि ? कतै अत्यावश्यक मानिसहरू सहयोग पाउनबाट वञ्चित हुने र अनावश्यक परिवारको पोल्टोमा पो त्यो सिरक पर्छ कि भन्ने चिन्ताले रातभर सताइरहयो । त्यतिका मानिसले त्यस्तो विश्वास र मायाले प्रदान गरेको त्यो सिरक सहि हातमा पु¥याउन सकिएन भने पक्कै पनि राम्रो हुने छैन भन्ने कुरा मनमा खेलिरह्यो । भोलिपल्ट  चपुर बजारबाट लक्ष्मीपुर गा.वि.स.का लागि यात्रा तय गरियो । बसको झयालबाट जब वाहिरका दृष्यहरू देखिए अनि बल्ल हिजो बेलुकाको छटपटि केही कम भयो । अर्धनग्न अवस्थामा खेलिरहेका केटाकेटी, लगभग टालटुल गरेर लाजमात्रै छोपेका वयस्कहरू, आफूलाई न्यानो पार्न घुम ओढेर आगो वरीपरी झुम्मिएका वृद्धहरू, साना पराले झुपडीहरू अनि मैलो बोरा ओढाइएका पशुहरूको दृष्यलाई पार गर्दै केही समयमा लक्ष्मीपुर गा.वि.सको दोष्टिया भन्ने ठाउँमा रहेको एउटा स्कूलमा पुगेर हाम्रो बस रोकियो । हाम्रा अगाडि थिए एक जोर आशालाग्दा आँखा र फिस्स हाँसो लिएर उभिएका विपन्न मुसहर वस्तिका दाजुभाइ दिदीवहिनीहरू । स्नेहले भरिएका फूलका गुच्छाहरूको आतिथ्य स्वीकार गर्दै हामी एउटा सानो औपचारिक कार्यक्रममा जुट्यौं र संकलन गरिएको परिवारका मूलीका आधारमा सिरक वितरणको कार्य थालनी गर्यौँ । काँडै काँडाले ढाकिएको बोटमा सुनौलो ऐसेलु टाढैवाट स्पष्ट देखिएझैँ अभाव, गरिबी, ठण्डी र उपेक्षाका अनेकन काँडाका वीचमा पनि सिरक ग्रहण गर्दै गर्दा प्रत्येक घरमूलिका आँखामा एक प्रकारको चमक स्पष्टै देख्न सकिन्थ्यो । । क्रमशः नाम बोलाउँदै उनीहरुलाई  सिरक वितरण गर्दै गयौं । सिरक पाइसकेका घरमुलीहरू आफ्ना हातका वीचमा भर्खरै पाएको सिरकलाई प्रेमपूर्वक सुम्सुम्याएर च्यापिरहेका  थिए मानौँ त्यो तिनीहरुको  जीवनकै सबैभन्दा प्रिय वस्तु हो । यता सिरक वितरण कार्य चलिरहेको थियो भने त्यसैबेला पोखरादेखि सँगै गएका  पत्रकार भने स्थानीय गाउँलेसँग भलाकुसारी गर्दै ति आवाजहरूलाई प्रत्यक्ष प्रसारण मार्फत आम पोखरेली सिरकदाताहरुसंग जोडिरहेका थिए । भलाकुसारीकै क्रममा वस्ती घुम्दै जाँदा जस्ता दृष्यहरू देखिए, कथन हरू सुनिए , साँच्चै नै जीवनमा अपत्यारिलो लाग्ने कथा जस्ता यथार्थहरू थिए । लगभग ५× ६ फिटको घरमा ५ जनाको परिवार बडा मुस्किलले निर्वाह गरिरहेको परिवारकी मूली स्थानीय राजमती देवी माझीलाई जब सोधियो ‘जाडोका लागि घरमा पहिले सिरक किन्नुभएको थिएन ?  स्थानीय लवजमा उनले दिएको उत्तर थियो ‘‘खाइलाते पुगेसे हैतेने, सिरक कैसे खरिदते ?’ जीवनकै उत्तराद्र्धमा बाँचिरहेकी राजमतीले पहिलोपटक आफ्नो घरमा सिरक भित्रिएको कुरा जब बताइन, त्यस क्षणमा मैले अनुुभूत गरेको भाव व्यक्त गर्न त मसँग शब्द नै छैन । हरिहरपुरका रामविश्वास ५ दिनकी सुत्केरी श्रीमती घरमा छोडेर सिरक लिन आएका थिए र सिरक पाएपछि हर्षले भावविभोर भएका थिए कि अव उनकी सुत्केरी श्रीमतीले पनि जीवनमा पहिलोपटक सिरक ओढने भइन् । सिरक हातमा च्यापेका घरमूलीहरू र उनका वरीपरी झुम्मिदै सिरकलाई स्पर्श गरिरहेका तिनका सन्तती अनि जहानको अनुहारमा छाएको खुसी देख्दा वातावरण नै यस्तो उत्सवमय प्रतीत हुन्थ्यो कि मानौँ त्यहाँ सिरक होइन समुन्द्र मन्थन पश्चात प्राप्त जीवनदायी अमृत वितरण भैरहेछ । यो सिरक उनीहरूका लागि सिरक मात्रै थिएन, यो र अवका कैयौं बर्षसम्म जीवन बचाउन तराईको जाडोसंग पौठेजोरी खेल्न दुष्प्रयास गर्ने एउटा वलियो अस्त्र पनि थियो । 
राजनैतिक, सामाजिक, आर्थिक रूपले  पिछडिएका र उपेक्षित जीवन विताइरहेका मधेशका यी परिवारको मुहारमा रोट¥याक्ट क्लब मार्फत थोरै भएपनि मुस्कान थप्न पाएकोमा गौरवले मुटु ढक्क फुलिरहेको थियो अनि हृदयले सलाम गरिरहेको थियो ती सहयोगी मनहरूलाई जसले यी सिरकहरू हामीलाई सहयोग स्वरुप उपलब्ध गराएर यहाँसम्म ल्याउने वातावरण बनाइदिनुभयो । तराईको कष्टकर जनजीवनलाई पत्रकारिताको माध्यमबाट आम मानसमा पु¥याएर सहयोग गर्नका लागि अभिप्रेरित गर्नुहुने तथा सहयोग संकलन तथा रिपोटिङ्ग मा सहयोग गर्नुहुने सम्पूर्ण फिल्यान्थ्रोपिक जर्नालिस्ट (परोपकारी पत्रकार) हरू मुसहर वस्तीका ती सुन्दर मुस्कानको लागि धन्यवादको पात्र हुनुहुन्छ । सहयोग जुटाउन अहोरात्र खटिनुहुने सम्पूर्ण रोटरीयन रोट¥याक्टरहरूलाई धन्यवाद अनि लाख धन्यवाद पावर अल्टरनेटिभ पोखरा र  ती सम्पूर्ण सिरकदाता तथा सहयोगी महानुभावहरूलाई जस्को सहयोग विना यो कार्यक्रमको सफलता सम्भव थिएन । अन्त्यमा उनै देवकोटाका दुई लाइन 

खोज्छन् सबै सुख भनी सुख त्यो कहाँ छ ?
आफू मिटाई अरुलाई दिनु जहाँ छ ।

Sunday, December 23, 2012

सपना दलालहरु


मृगौला, मूर्ति र शरीर बेचिएका खबर
दैनिक अखवारको हेडलाइन बन्ने यो देशमा
कहिल्यै महत्ताको खबर बनेनन्
ती भन्दा कैयन मर्मस्पर्शी अनि भयानक
सपनाहरु बेचिएका खबरले

छरप्रस्ट छरिएका मैला धैला आकृतिहरुलाई
बटुलेर कसैगरी, जोडेर मनको धागोले
हामी उमार्छौं सानो सपनाको बिरुवा
असाध्यै सानो सपना, तर मिठो सपना
अनि आइपुग्छन्,
 कहिले आफन्त बनेर उकेरा लगाउन
कहिले गोडमेल गरिदिन्छन् हितैषी बनेर
समाजसेवी बनेर कहिले मलजल गर्छन्
जब झाँङ्गिन्छ त्यो सानो आँकुरा
ठूलो रुख बनेर
सपनाको रुख, कल्कलाउँदो, लोभलाग्दो
हागाँमा एउटा बनाउँछ
सानो धोविचराले, सपनाकै गुँड
पिङ खेल्छन सन्तती
चचहुई चचहुई,
अर्का हाँगामा उन्मुक्त
देखेर सबथोक दङ्ग हामी
सपनाको बोटमा फूलेका सपनाका फूलहरु
हाम्रा सपनाका फूलहरु

तर
जीवित सपनाको उचाई नाप्नुभन्दा
लमतन्न सपनाका लाशहरुको
लम्बाई नाप्न सजिलो भएरै होला
सय, हजार र लाखका चम्किला आराहरुले
फेदैदेखि, मिलेसम्म जरैदेखि
ग¥ल्याम्म ढालेर हाम्रा सपनाका रुखहरु
पार्छन टुक्रा टुक्रा र फिजाउँछन
बगरेले जसै थुप्राउँछ , निरीह थुप्राहरु

उनीहरु, हो उनीहरु
बुझ्दैछु । हाम्रा सपनाहरु
हाम्रा मात्रै होइन रहेछन्
असलमा ती त हाम्राभन्दा बढी
सम्पत्ति रहेछन उनीहरुका
हाम्रा सपना बेचेर
आफ्ना सपनाको जग हाल्ने
हाम्रा सपनाका रगतले
आफना महलको रंङ्ग भर्ने
उनै सपना दलालहरुका
उनै सपना दलालहरुका


२०६९।०९।०५
नदीपुर, पोखरा