Tuesday, October 30, 2012

बलात्कृत तन र मनहरु

‘‘हाडहरुका सुन्दर खम्बा, मांशपिण्डका दिवार, मष्तिष्कको यो सुनको छानो, इन्द्रिय हरुको द्धार’’ । देवकोटाको यात्री कविताको अभूतपूर्व पात्र मान्छे । बुद्धि र ज्ञानलाई वशिभूत गर्ने मान्छे । असल र खराब विचको रेखाङ्ककन गर्ने मान्छे । चेतनाले भरिएको मान्छे । दयाको प्रतिमूर्ति मान्छे । मायाको सागर मान्छे ।  विवेकको जाज्वल्यमान उदाहरण मान्छे । करुणाको मूल मान्छे । महानताको परिचय मान्छे । तर जव आफ्नै अस्तित्व आफैमा विलिन गराउँछ अनि बुद्धि र ज्ञानले मातेको मान्छे । असल र खराबलाई मिसाउने मान्छे । शुन्यतामा अडेको मान्छे । मायाको मरुभूमि मान्छे । निचताको पराकाष्ठ मान्छे । शून्य भावावेशमा पागल मान्छे । मानव जव दानव बन्दछ अनि संसारमा माया र करुणाले आत्महत्या गर्दछ । जब मानिसभित्रको माया र दया हराउँछ अनि ऊ भित्र जन्म हुन्छ घिनलाग्दो यौन पिपाशुपना र शिकार बन्दछन निरिह चेलीहरु बलात्कारको नाउँमा ।
कास्की जिल्लाको देउराली गा.वि.स. १ मा यस्तै नरपिपाशुको फेला परिन एक ७ बर्षिय बालिका । ठूलोबुबा नाता पर्ने ५२ बर्षको त्यो घिनलाग्दो यौनको प्रतिमूर्तिले जब विवेक र मानवतालाई मदिरासँगै सितन बनाएर चबायो अनि नातिनीकी उमेरकी त्यो सानि बचरीमाथि उसका गिद्धे दृष्टि खनिए । रगत बग्ने नशाहरुमा जव मदिरा बग्न थाल्यो  अनि बच्चीको निर्दोष आँखाहरुका जवानीको मादकता देख्न थाल्यो ऊ। उनका दुधे ओठहरुमा त्यस निर्दयीलाई लाली फैलिएको भान भयो र ५ रुपियाँको पासो फ्याँकेर उ तल्लीन भयो त्यस अवोध बालिकाको अस्मितालाई तोड्न आफ्नो नामर्दी पुरुषत्व लिएर । दियो निभ्यो । घाम अस्तायो  अनि घोर सन्नाटा छायो र दब्यो । त्यस वच्चीको क्रन्दन त्यही निष्पष्ट अन्धकारमा । सभ्य मानिसको समाजमा एउटी बालिकाले आफूँ नारी हुनुको अस्तित्व गुमाई । पापि पुरुषत्वले निरिह रुवाईलाई धम्कीले दवाउन खोज्यो तर दवेकै आवाजमा भएपनि बच्चीले आफ्नी आमालाई इतिहासको कालखण्डको घिनलाग्दो कथा सुनाई । सुतेको अभिनय गरिरहेको समाजले आँखा खोल्यो । अझै छाती फुकाएरै समाजमा घुमिरहेको तयस पापि पुरुषत्वले अनेकाँै नाँइनास्ती पछि स्वीकारयो आफ्नो कर्तुत र समाजले जिम्मा लगायो सम्वन्धित निकायलाई
 सुरुभयो घटनाको दोश्रो अध्याय । आफूमाथि के भएको हो ? किन भएको हो ? र कुन नियतले भएको हो ? भन्ने समेत ज्ञान नभएकी उक्त वालिकालाई बर्षा भए प्रश्नहरुका । त्यस घिनलाग्दो सत्यतालाई वालशुलभ भाषामा बच्चीले पटक पटक ठाउँ ठाउँमा बमन गर्नुप¥यो र लाचार पिताले न्यायका लागि ठाउँ ठाउँमा गुहा¥नुप¥यो । प्रमाणको भोको कानुन सोध्दैथियो ‘प्रत्यक्षदर्शी कोही छ?’ घटनाक्रम जाने बुझेका हरु अवाक भए । आफन्तीजन अवाक भए । कुनै गुप्ती कोठामा बलजफ्ती गरिने बलात्कार जस्तो जघन्य अपराधकोे प्रत्यक्षदर्शी पेश गर्न नसकेकोमा । शायद उनीहरुको मष्तिष्कमा यस हास्यास्पद प्रश्नको उत्तरका लागि शब्द नै थिएनन् वा उत्तर दिने जाँगर ।  न्यायका लागि प्रशासनको ढोका घच्घचाउन गएका आफन्ती र पिडितका पिताले जिम्वेवार अधिकृत वाट उल्टै खप्की खाएर यस्तो सामान्य घटनाको वारेमा बढी सोधपूछ गरेको अभियोगमा ! हुनसक्छ उक्त जिम्मेवार अधिकारीले अपराधी र अपराधीका वीचमा धेरै समय विताएकाले उसलाई यो सामान्य घटना लग्यो होला तर के वलात्कृत त्यो ७ वर्षकी बालिकाको लागि यो सामान्य घटना हो र ? छोरीको वर्तमान खुसी दिन नसकेको पीडाबोधले छटपटिएका पिडितका ती आर्थिक, सामाजिक तथा शैक्षिक रुपले विपन्न पिताका लागि आफ्नी छोरीको भविष्यको स्र्विणम सपना कुठाराघात भएर उसको अस्मिता लुटिनु समान्य घटना हुन सक्छ र ? दिनदहाडै विवेक र करुणाको सामाजिक हत्या भएर त्यस बालिकाको जिन्दगी र पवित्रता माथिको नाङ्गो ताण्डब समाजका लागि सामान्य घटना हुनुसक्छ र ? मान्छेले मान्छे हुनुको धर्म भुलेको त्यो कालो दिन कुनैपनि हालतमा सामान्य घटना हुनै सक्दैन ।
घटनाको तेश्रो अध्याय सुरु भयो अदालती कारवाहीबाट । कहिले ‘वयान लिने’ त ‘कहिले साक्षी वकाउने’ प्रक्रिया स्वरुप ती पिता, वच्ची र आफन्तले धाइरहनुप¥यो प्रशाशनिक निकायमा । विहान वेलुकी खाने सामल नभएर रन्थनिएका पिडितका पिता लगभग दिनहुँ जसो सदरमुकाम भन्दा ३५ कि.मि टाढा रहेको आफ्नो घरबाट कार्यालय सम्म आउने गाडीभारा खोज्नमै सिङो विहान गुर्जादथे । कसैको घरमा दुई दिन मजदुरी गरिदिने शर्तमा कसैले दयाले दिएको रुपैयाँले वसभाडा तिरेर उनले खोज्न हिँडेको न्याय घरीघरी उनलाई गलाको पासो झैँ लाग्थ्यो । आज अन्तराष्ट्रिय वाल दिवस । देश आज वालदिवस मनाउन व्यस्त होला । कति कार्यक्रमहरु होलान । कति वग्रेल्ती तथ्याङ्क सहितका रिपोर्ट उन्मोचन हुदै होलान । आफूलाई वालअधिकारकर्मी भन्ने ठूला ठूला नेता अनि हाकिमहरु वालअधिकारको क्षेत्रमा उनिहरुले गरेको प्रगति सुनाउदा सुनाउदै र सभा सम्बोधनमै व्यस्त होलान तर एउटा फरक यर्थाथ यस्तो पनि छ । घरैपिच्छे खुलेका गै.स.स÷अ.गै.स.स र सदरमुकाममै रहेका मानवअधिकारवादी आयोग र जिल्ला वालकल्याण समिति समेत न्यायका लागि पहल गरिदिन र खवरदारी गरिदिन अनुरोध गर्न  पछि परेनन् पिडित वालिकाका पिता तर सायद ती सबै धनीहरुका लागि मात्र थिए वा उनको त्यो घटना ती संस्थाहरुलाई पनि जिम्मेवार प्राप्त अधिकारीलाई झै सामान्य लाग्यो थाहा भएन । जिल्ला वाल कल्याण समितिवाट ‘आफू सूचना लिने र तथ्याङ्क राख्ने ठाउँ मात्र भएकाले केही गर्न नसक्ने’ ओठे जवाफ भेट्यो पिडितको जाहेरी लिएर गएको आफन्तले । राष्ट्रिय मानवअधिकार आयोगले पनि यो घटना छानवीनका लागि आफ्नै मातहतको कोही कर्मचारीलाई जिम्मा दिने वचन दिएको थियो । शायद उहाँ अझै पनि निरीक्षण र निगरानी ग¥दै हुनुहोला । पिडितका आफन्तीले भने उहाँको निगरानी र निरीक्षणको प्रत्याभूति गर्न पाएका छैनन् । चारैतिरबाट नैराश्यता र असहयोगको ज्वालाले रन्थनिएका पिडित बालिका, परिवार र आफन्तजनलाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का टंक खनाल र महिला मानवअधिकारवादी आयोगका तर्फबाट शवनम शर्माको सहानुभुतीका शब्द घटनाप्रतिको चासो र सामान्य सहयोग पनि मरुभूमिमा मरुद्यान भेटेसरह भयो ।
घटनाको चौथो अध्यायमा प्रतिवादीका तर्फबाट कानुनविद वहस गर्दै थिए । पिडितको घर नजिकैको बाटोको विवादका कारण र पुख्यौली रिसीविलाई आधार बनाएर झूट्टा आरोपमा फसाउनका लागि नावालक बालिकालाई हतियार बनाएर पेश गरेको जिकिर गर्दै प्रतिवादीका वकिलले अदालतमा वहस गरिरहँदा मानवता र सत्यतामाथि अर्को मौन वलात्कार भइरहेको महसुस भइरहेको थियो । न्याय खोजिरहेका पिडितका आफन्तका लागि कानुनु आशाको झिनो दियो थियो भने प्रतिवादीका तर्फबाट वहस गरिरहने वकिलका लागि फगत एउटा पेशा । जब आशाको दियो पेशाको तोडमा परेर बल्नु र निभ्नुको दोसाँधमा रहेको थियो  तव अन्धकारदेखी डराएका पिडित वालिका तथा आफन्तीजन सम्पूर्ण श्वासप्रस्वास रोकेर निर्णयको प्रतिक्षा गरिरहेका थिए । सम्माननीय अदालतले अभियुक्तलाई पुर्पक्षमा राखेर अनुसन्धान गर्ने फैसला सुनायो र पिडित वच्ची र आफन्तीजनले न्याय पाएको कथन सुनियो । घटनाको क्रम अहिलेलाई यहिँ पूर्णविराम लाग्यो ।
आज अन्तराष्ट्रिय वाल दिवस । देश आज वालदिवस मनाउन होला । कति कार्यक्रमहरु होलान । कति वग्रेल्ती तथ्याङ्क सहितका रिपोर्ट उन्मोचन हुदै होलान । आफूलाई वालअधिकारकर्मी भन्ने ठूला ठूला नेता अनि हाकिमहरु वालअधिकारको क्षेत्रमा उनिहरुले गरेको प्रगति सुनाउदा सुनाउदै र सभा सम्बोधनमै व्यस्त होलान तर एउटा फरक यर्थाथ यस्तो पनि छ ।  अभियुक्त त कठघरामा पुर्पक्षका लागि थुनामा छ तर ति पिडित वालिकाले जानुप¥यो त्यही समाजमा । उनको सिङो भविष्य उनका अगाडि छ । अनि अगाडि छन चोर औलाले उनलाई इंकित गरेर उक्त बलात्कारको घटनालाई चाख मानेर सुन्ने र सुनाउने समाज । टोल छिमेकमा गफ गर्ने एउटा नया मसाला थपिएको छ । समाजमा उनले नयाँ उपनाम पाएकी छन् ः ‘बलात्कृत बालिका’ र उनका पिता तथा परिवारले नयाँ परिचय ‘बलात्कृतको परिवार’ । विवेकशून्य पुरुषत्ववाट त उनी एकपटक शारिरिक बलात्कारमा परिन तर समाजबाट आज र भोलिसम्म उनको मानसिक बलात्कार भइरहने छ । छोरीलाई न्याय दिलाउनका लागि विभिन्न ठाउँमा कानुनी सल्लाह र अन्य सुझाव खोज्दा खोज्दै  पिडितको परिवार अझ आर्थिक भारमा पेलिएको छ । हिजोसम्म थाप्लोमा ऋण मात्र थियो तर आज बलात्कृत सन्तान, ऋणको भारी,  र वरिपरिबाट घुरेर हेर्ने दर्जनौँ आखाँहरु उसको जिन्दगीको हिस्सा बनेको छ । के पिडितले पाउने न्याय यही हो ? के त्यस जघन्य अपराधगर्ने अपराधीको पञ्जामा उनी पर्नु  उनको दोष थियो ? के अपराधीलाई कठघरामा पु¥याउने वित्तिकै ति वलात्कृत चेलीहरुले मोक्ष प्राप्त गर्दछन् ? भोली समाजमा उनको स्वभाविक रुपले बाँच्न पाउने अधिकारको सुरक्षा हुन्छ ? न्यायका लागि प्रत्येक गै.स.स र अ.गेंै.स.स. का पछि लागेर ढोका ढक्ढकाउन पुगेका उनका पिता पनि पटक पटकका फोस्रा गुलिया शब्द र कुटनितिपूर्ण ओठे जवाफहरुबाट आफ्नो पुरुषत्व र बाबु हुनुको दायित्व र अस्तित्व बलात्कृत भएको अनुभव गर्दैछन् । राज्यको नागरिक भएकाले पाउनुपर्ने गास, बास, कपास र सुरक्षाको अधिकारको त कुरै छोडौँ अन्याय पर्दा समेत राज्यको सम्बन्धित निकायले देखाएको उदासीनताले उक्त बच्ची, परिवारजन र आफन्तीजन राज्यबाट बलात्कृत भएको महशुस गरिरहेका छन्् । जवसम्म राज्यको यो वर्गले यस्ता संवेदनशील घटनाहरुमा संवेदनाको महशुश गर्ने अवसर पाउँदैन, सहानुभुति र सहयोगका दुई शब्द समेत भेट्दैन, जव पिसिइन्छन ती चेलीका रुवाइहरु कानुनको जाँतोमा, जबसम्म कानुनु मागिरहन्छ बलात्कारको प्रत्यक्षदर्शी तवसम्म प्रत्येक चेली  र उसका परिवारजनले वार वार बलात्कृत भइरहनेछन र हामी सबै हेरीरहनेछौ बलात्कृत तन र मनहरुलाई मूक दर्शक बनेर ।
‘‘मान्छे जब मर्दछ , तव केही बोल्दैन
मान्छे जव मर्दछ तव केही सोच्दैन
नसोच्दा र नबोल्दा मान्छे मर्दछ । ’’
                                                – वर्तेल व्रेख्त

0 comments:

Post a Comment