Tuesday, October 30, 2012

आन्तरिक मुल्याङ्ककन प्रणालि र हुलहरु

स्नातकोत्तर तहमा शैक्षिक बर्ष २०६३÷०६४ बाट लागु गरीएको २०% को आन्तरिक मुल्याङ्कन प्रणालि शैक्षिक बर्ष २०६६ देखी लागु हुने गरी त्रि.वि ले खारेजी ग¥यो । खारेजीका पछाडी त्रि.वि. संग आफ्नै कारणहरु थिए । सेमेष्टर प्रणालिका लागि मात्र आन्तरिक मुल्याङ्कन उपयुक्त हुने ठहर गरेकाले अन्य बार्षिक रुपमा परीक्षा दिने विषय र तहमा आन्तरिक मुल्याङ्कनको औचित्य नरहेकाले हटाउनुपरेको उपकुलपतिको निष्कर्ष थियो । बिषयशिक्षकलाई धम्की, मनपरेका आधारमा अंक दिने चलन, परिक्षामा सामेल नै नभएपनि अंक पाउनुपर्ने विद्यार्थीहरुको माग र परिक्षा मर्यादा परिधिभित्र नरहेकाले आन्तरिक मुल्याङ्कन प्रणालिमा ‘मुल्याङ्कन’ भन्ने शब्दकै उपहास भएकाले हटाउनका लागि सिफारिस गर्नुपरेको तर्क थियो प्राध्यापकहरुको । जे होस् । त्रि.वि ले निर्णय ग¥यो । एउटा कदम चल्यो । क्रिया भयो । बैज्ञानिक न्यूटनको चालको सिद्धान्त कसरी गलत हुन सक्थ्यो र ? प्रत्येक क्रियाको विपरीत प्रतिक्रिया भनेझै विद्यार्थीहरुको तर्फबाट पनि प्रतिक्रिया सुरु हुनु स्वभाविक नै थियो । त्रि.वि.को आंगीक क्याम्पस पृथ्वीनारायण क्याम्पसमा पनि ज्ञापनपत्र बाट सुरु हुँदै अन्तरक्रिया को क्रमसम्म पुगेको प्रतिक्रियालाई जव क्याम्पस प्रशासनले ले सुनुवाई गरेन अनि प्रतिक्रियाले एउटा उचाई थप्यो तालाबन्दिबाट । आफ्नो हकप्रति सचेत विद्यार्थीले पृथ्वीनारायण क्याम्पसका आर्थिक प्रशासन तथा स्नातकोत्तर कार्यक्रम सञ्चालनमा अवरोध पुग्ने गरी तालाबन्दी गरिदिए । तालाबन्दी पछि क्याम्पसमा एक किसिमको सन्नाटा थियो । कक्षाहरु यथावत रुपमा चलिरहेकै थिए ।
त्यसैविच श्रावण ३२ गते आइतबार विहान विद्यार्थीहरुले मेसो पाए, क्याम्पस प्रशासनले विद्यार्थीहरुको मागको सम्बोधन नै नगरी एकतर्फी रुपमा सल्लाह नै नगरी ताला फोरेर काम कारवाही अगाडि बढाएछ । क्याम्पसको कुनै बाध्यता थियो वा विद्यार्थीको शक्तिको मापन गर्ने खोज्दैथियो क्याम्पस प्रशासन त्यो उसैलाई थाहा होला तर तालाबन्दी गरेर मागको सम्बोधनका पर्खाइमा बसेका विद्यार्थीहरु क्याम्पसको हेपाहा प्रवृत्तिले क्रुद्द बन्दै थिए । आफ्नो माग पुरा हुनु त कता हो कता अझ उल्टै एकचोटी सहमती पनि लिने काम नगरी ताला फोडेर काम सुचारु गरेको क्याम्पस प्रशासन प्रति विद्यार्थीहरु क्रुद्ध हुनु स्वभाविक थियो । विद्यार्थी विस्तारै जम्मा हुदै थिए । जब विद्यार्थी जम्मा भए अनि त्यो विद्यार्थीको जमात एक्कासी हुल मा परिणत भयो । विद्यार्थीको सिमा मा रहदा विद्यार्थी संयम थियो । ठिक र गलतको विचार गर्दै थियो तर जब त्यो प्रत्येक सचेत तथा संयमित विद्यार्थी हुलको हिस्सा बन्यो अनि वि¥स्यो उसले अनुशासनका पाठहरु, भुलिदियो सिमारेखाहरु र छरपस्ट भयो उसको ‘डाइनोसियन’ प्रवृत्ति क्याम्पसको प्रशासन भवनमा रहेको सुचना पाटी र संगै रहेको क्रियटिभ युथ फोरमको ‘क्रियटिभ कर्नर’ नामक पत्रिका प्रकाशन गर्ने पाटीमाथि । उचालिइए ति पाटीहरु अनि बस आन्तरिक मुल्याङ्कनको आक्रोश र क्याम्पसको तालाफोडाईको विचमा बज्रीयो त्यो विचार, भावना अनि अभिव्यक्तिको प्रयास ‘क्रियटिभ कर्नर’
 विशुद्ध गैरराजनैतिक भावनाबाट प्रेरीत भएर यूवा विद्यार्थीको भावना र सृजनालाई उजागर गर्ने तथा यूवा पिँढीको साझा सवालमा उत्तिकै उत्साहजनक सहभागीता र सचेतता जनाउने उद्देश्यले स्नातक तहमा अंगेजी विषय लिने केही साथीहरुको प्रयासबाट ठाकुरप्रसाद बस्ताकोटीको संयोजकत्वमा आजभन्दा करीब ४ बर्ष अगाडि पृ ना क्याम्पसको हातामा क्रियटिभ युथ फोरमको जन्म भएको थियो ।  स्थापना कालदेखिनै तत्कालिन क्याम्पस प्रमुख दिलबहादुर क्षेत्री तथा अंगेज्री विभाग का प्राध्यापक राजेन्द्र चापागाईको सल्लाहा ले आफ्ना कदमहरु अगाडि बढाउँदै आइरहेको क्रियटिभ यूथ फोरमले भू.पू क्या.प्रमुख पशुपतिनाथ तिमिल्सेनाको कार्यकालमा समेत उहाँबाट अमुल्य सहयोग, सुझाव र सदभाव पाइरहयो ।   विभिन्न पर्चा र पोष्टर टाँसेर विरुप बनाइएको प्रशासन भवनको भित्तामा यूवा विद्यार्थी साथीहरुको सिर्जना र अभिव्यक्तिलाई उजागर गर्ने हिसाबले एउटा अलग्गै सुरुवात स्वरुप द्धैमासिक रुपमा उक्त क्रियटिभ यूथ फोरमले चित्रकला, लेखरचना, अन्र्तवार्ता र अन्य विधाहरुलाई एकैठाउँमा समेटेर ‘क्रियटिभ कर्नर’ नामक पत्रिकाको प्रकाशन पनि गरिरहेको छ । उक्त फोरमले पछिल्ला दिनहरुमा अन्य विषयका साथीहरुसँग सामञ्जस्य गरी रचनात्मक कार्यका लागि यूवा विद्यार्थीहरुको भावनालाई समेटीरहेको तथा सचेतना जगाइरहेको थियो । यसरी सिर्जना र रचनाको विउ रोपेर भर्खरै अंकुरण भएको उक्त कर्नरलाई स्नातकोत्तर तहमा अध्ययनरत हाम्रै साथीहरुले गरको उक्त विरोध प्रदर्शनका क्रममा जम्मा भएको हुलले एक्कासी प्रहार गरेर घाइते तुल्याइदियो । उक्त ‘क्रियटिभ कर्नर’ लाई आक्रमण गर्ने वा त्यसका अवशेषलाई ध्वस्त पार्ने त्यस हुलको कुनै सुनियोजित षडयन्त्र थिएन होला तर क्याम्पस प्रशासन संग आक्रोशित हुलको पाइतालामुनी विद्यार्थीहरुको सिर्जना र अभिव्यक्तिको त्यो अंकुर ‘क्रियटिभ कर्नर’ मासिनु हुन्थ्यो र ?
 क्याम्पस प्रशासनले जे ग¥यो त्यो गलत थियो । विद्यार्थीहरुले लगाएको ताला विना सहमती खोल्नु हुदैनथ्यो । सधै राजनीतिमा रम्ने विद्यार्थीहरुको भिड यसपाला गैरराजनैतिक मुद्धा लिएर विशुद्ध विद्यार्थीको हकहितका लागि संघर्ष ग¥दै थियो । स्नातकोत्तर तहको विद्यार्थी भएको नाताले उक्त आन्दोलमा मेरो पनि सहमति छ । त्रि.वि.ले आन्तरिक मुल्याङ्कन प्रणालिलाई व्यवस्थित गर्नु सक्नुपर्दथ्यो । विद्यार्थीको मागको आधारमा नभई गुणस्तरको आधारमा अंक दिने प्रणालि बसाउन सक्नुपर्दथ्यो । आफुले व्यवस्थित गर्न नसकेपछि पुरै प्रणालि नै ठिक छैन भनि आन्तरिक मुल्याङ्कन प्राणालि हटाएर अगाडि बढ्न खोज्नु केवल ‘अष्ट्रीच’ ले समस्या पर्दा वा शत्रु आउँदा आँखा चिम्म गरेर बस्नु जस्तै हो । आफ्ना कमि कमजोरीले गर्दा विद्यार्थीको उज्वल भविष्यसँग खेलवाड गर्ने हक त्रि.वि. लाई छैन । यो कुरा त्रि.वि. प्रशासनले पनि स्वीकार्नुपछ । तर सचेत विद्यार्थीहरु आक्रमक हुलमा परिणत हुनु जायज थियो र ? जब व्यक्ति हुल बन्दछ अनि समाप्त हुन्छ सिमारेखा उसको व्यक्तिगत अस्तीत्वको । सकिन्छ उसको विचार, उसले त्याग्द आफु हुनुलाई र स्विकार्दछ भिडको तेज, जोश र गतिलाई । जव सामान्य व्यक्ति भिडको सम्पर्कमा पुग्दछ, रगत बग्ने उसको नसाहरुमा जोश र उन्मादका लहरहरु तरंगीत हुन्छन्। आणविक अस्त्रझै उ बन्दछ रापिलो अनि उसका अङ्ग उसैका काबुमा रहँदैनन् । मष्तिष्कले अर्धचेतन अवस्थामा साथ दिइरहेको हुन्छ अनियन्त्रित उसका हातहरुलाई, खुट्टाहरुलाई अनि बस् भिडले देखाउँछ तागत । सभ्यताको कठघरामा सबैभन्दा माथि रहेको मानवचोलाको पनि चरमोत्कर्षमा रहेको ज्ञानी विद्यार्थी बर्ग जव यहि भिडमा परिणत हुन्छ अनि शुरु हुन्छ असलि ताण्डब । अज्ञानी त अज्ञानले गल्ती गर्छ तर जब ज्ञानी नै ज्ञानको तेजलाई भिडभित्र दबाएर सिर्जना र कलामाथि धावा बोलिदिन्छ अनि मुकदर्शक हुनुसिवाय अन्य विकल्प रहदैन् रहेछ ।
 गलतकामको विरोध गर्नुपर्दछ । यो शास्वत सत्य हो । तर विरोधको स्वरुप र लक्ष्य निर्धारित हुनुपर्दछ । के का लागि विरोध र को प्रति लक्षित भन्ने चुरो बुझेरमात्र विरोधका लागि उठनुपर्दछ । देशविकास र भविष्यको स्वर्णीम सपना र आकांक्षा बोकेका हामी स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीहरुको भविष्यमाथि खेलबाड गर्न कुचेष्टा त्रि.वि प्रशासनले पनि नगरोस र हामि विद्यार्थी पनि विरोध गर्दा विद्यार्थी रहेर नै विरोध गरौ न कि भिडमा परिणत भएर । एउटा नराम्रो कामले अर्का नराम्रो कामलाई ‘जस्टीफाई’ गर्न सक्दैन । सबैलाई चेतना भया ।

0 comments:

Post a Comment