This is default featured slide 1 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 2 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 3 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 4 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 5 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

Saturday, March 23, 2013

बरालिदै जाँदा एउटा शनिबार

हुनत दशै तिहारको लामो विदाको आनन्द लिइरहेकोले शनिबारको दिनले विशेष महत्व त राख्ने होइन नै । तरपनि कहिलेकाही अनायासै सुन्दर समय विताइन्छ । मंसीरको २ गते लागिसकेकाले जाडो पनि विस्तारै बढदै गएको छ । आँगनमा रहेको लिचिको बोटले यस मौसममा अत्यन्तै प्रिय लाग्ने घाम छेकेर कोठासम्म पस्न नदिने भएकाले विहानै उठेर जाँगर चलाएर घरअगाडिको लिचिको बोटका हाँगा छिमल्न थाले । गाउँले परिवेशमा हुर्केको भए दैनिकजसो गाइवस्तुलाई रुखबाट घाँस खसाल्नु पर्ने हुनाले यस्तो कुरा खासै नौलो होइन तरपनि सानैदेखी बजारमै हुर्केबढेकाले खासै यो उमेरसम्म आइपुग्दा यस्तो प्रकृतिको काम गर्नुपरेन । एकैछीनको मेहनतले पनि हातभरि पानि फोरा उठेछ । जेहोस कोठामा छ्याङ्ग घाम लाग्यो । सन्तोष लाग्यो ।
हिजोमात्रै महान क्रान्तिकारी कमरेड प्रचन्नले बाग्लुङ्गका पदम कुँवरको हातबाट आक्रोशपूण थप्पड खाएको कुराले छापा तथा विद्युतिय माध्यममा खुब तहल्का पिटिरहेछ । प्रवृत्ति गलत भएपनि स्विकार्नुपर्ने कुराचाहि के हो भने त्यो आक्रोश क्षणिक आवेशको थिएन, एउटा लामो कालखण्डको निराशाको प्रतिफल थियो त्यो । अझ विशेष गरि फेसबुक र ट्वीटरमा त त्यो घटनाका बारेमा ठिक र बेठिक भन्दै चर्चाहरु छरपस्ट छरिएका थिए । बाहिरको काम सकेर यसो फेसबुक चेक गर्दै गर्दा एकजना मित्रको स्टयाटसमा आँखा लाग्यो । ‘बाग्लुङ्गका कुँवर परेर झापड मात्रै , नाउँडाडाको कुँवर परेको भए बन्दुककै गोली खान्थ्यो प्रचन्न तिम्ले’ भन्ने आशयको ति नाउँडाडाका कुँवर मित्रको स्टयाटस पढेपछि कमेन्ट गर्नुभन्दा पनि उनलाई फोनै गर्न मन लाग्यो । मित्र लेकसाइडको जर्मन बेकरीमा विहानी चिया (त्यतिबेला विहानको सवा दश मात्रै बजेको रहेछ) पिउँदै रहेछन । मलाई चियाको लागि निम्तो दिए । एकैछिन अगाडिसम्म पर्वत जाने योजना बुनिरहेको म खै केले तान्यो। मोटरसाइकलको कान बटार्दै हान्निए लेकसाइड तिर । साँझ पख फुट ट्रयाकमा टहलिनु होस वा विहान सखारै भर्खर सुतेको लेकसाइडको मुख्य बजारमा हिडनु होस, विस्तारै खहरे, पामेतिर साइक्लीङ होस वा साथिभाई संग राति अवेर सम्म पार्टि र ग्यादरीङका नाममा मापसेका लगि होस, अथवा तालमा डङ्गा सयरनै किन नहोस, लेकसाइड मेरालागि एनि सिजन, एनि वेदर र एनि टाइम फेवरेट ठाउँ मध्येको एक पर्छ । आफूलाई छुट्टैप्रकारको आनन्दीमा पाउँछु म फेवाताल किनारको त्यो वस्ती र बातावरणमा । अँ थियो मलाई जर्मन बेकरीमा पुग्नु । हल्लनचोकमा पुगेपछि जर्मन बेकरी खोज्नमै लाग्यो एकछिन । उसो त लेकसाइडका केही नाम चलेको ठाउँबाहेक यहीको रैथाने भएपनि त्यति धेरै होटल र रेष्टुराको त्यती हेक्का हुँदैन मलाई । जसोतसो पुगे जर्मन बेकरी । भर्खरै ध्यान सकेर चारजना ओशो सन्यासी मित्रहरु त्यहा जम्मा हुनुभएको रहेछ । स्वामी प्रेम विस्तार , राजेश, पुरुषोत्तम (प्रेमदिप), र अर्का एकजना मेरा लागि अपरिचित स्वामीजिलाई विहानको प्रणाम गर्दै अनि शुरुभयो शनिबारको पक्का क्षण । ओशो सन्यासीहरुसँग समय विताउन मलाई असाध्यै प्रियकर लाग्छ । म आफूलाइ पनि ओशोको विचार, विज्ञान र दर्शन मन पर्छ र त्यसैले पनि होला, ओशो सन्यासीहरुको वरपर म गज्जबको आभा पाउँदछु । जिवनका सामान्य पलमा पनि स्वतन्त्र र उन्मुक्त हासोँ हास्ने, सरल तरिकाले जिवनलाई सहज र स्वतन्त्र हिसाबले स्वीकार गर्ने र वर्तमानलाई महत्व दिएर आजमा निष्फीक्री बाँचेका ओशो सन्यासीहरुकोे वरपर वस्दा आफैमा पनि शक्तिको प्रवाह भैरहेझै लाग्छ मलाई । आफूलाई उनिहरुले के सोचीरहेका छन वा आफूलाई कतै उनिहरुले तौलिरहेका त छैनन भन्ने ख्याल मनमा नराखीकनै लाग्छ उनिहरुसंग जुनैपनि विषयमा विना रोकटोक कुरा गर्न पाइन्छ । करिब डेढ घण्टासम्मको त्यो जर्मन बेकरीको बसाइमा हामीले विज्ञान र दर्शनका कुरामात्रै होइन प्रचण्डको झापड देखी रजनिकान्तको डाइलग, फिरहेरा फेरी भन्ने हिन्दी चलचित्रको तासको खेला देखी मिसेल ओबामा र पा को प्रोजेरीया, तारे जमिनको डिस्लेक्सीया अनि हाकु कालेको लुट सम्मको चर्चा चलायौं । न हामीलाई कुनै निष्कर्षमा पुग्नु थियो न कुनै परिणामका लागि बसह गरिरहेका थियौ । पारिलो त्यो घाममा चिकेन, मस्रुम सुप, ब्ल्याक फरेस्ट र थुक्पाका कचौरा र प्लेटहरु रित्याउँदै हामी गफिइरह्यौ । करिब सवा बाह्र बजेतिर हामी पाँच ज्यान जर्मन बेकरीबाट बाहिरीयौं । स्वामी प्रेम विस्तार र अर्का एकजना स्वामी हामीसंग त्यहाँबाट छुटेपछि पुरुषोत्तमले खहरेको बाटो हुदै केही अगाडिसम्म जाने योजना बुने । राजेशको र मेरो स्वीकारोक्ती पछि दुइवटा मोटरसाईलमा हामि तिनजना त्यतातर्फ हान्नीयौं । गन्तब्यको कुनै ठेगाननै नलिइकन हामि हान्नीयौ खहरेको बाटो हुँदै अगाडि अगाडि । विना गन्तब्यको यात्रा अत्यन्तै रमाइलो लाग्छ मलाई । न यहाँसम्म पुग्नु छ भन्ने तनाव हुन्छ न हुन्छ समय र दुरीको बन्देज । गन्तब्यका लागि गरिने यात्रामा विचबाटोमा गरिने रमाइलो रहँदैन । या त पुग्ने हतार हुन्छ वा फर्केने चटारो । विना गन्तब्यको यात्रामा बाटोको प्रत्येक पललाई रमाइलो गर्र्दै जाँदा जहाँबाट फर्कु जस्तो लाग्छ त्यहीबाट फर्कन सकिन्छ । बेफिक्रि र विना कुनै सुर्ता । फेवातालको किनारै किनार कच्ची झै लाग्ने अर्धपक्की सडकलाई विस्तारै छिचोल्दै हाम्रो मोटरसाईकल अगाडि बढिरहयो । प्रकृतिले सँच्चैनै स्वर्गीय छटा दिएको छ पोखरालाई । सुन्दर हिमाल, ताल तलैया, मध्यम प्रकारको मौसम अनि स्वच्छ वातावरण । स्वर्गको टुक्रा धर्तीमा झरे जस्तो छ पोखरा भन्ने गित गुन्गुनाउदै सराङकोटबाट उडेका एक हुल प्याराग्लाइडरको छाया मुन्तीर मुन्तीरै हामी गुडिरहयौ, गुडिरहयौं । फेवातालको किनारमा माथिबाट प्याराग्लाइडर चढेर आएका स्वदेशी एवं विदेशी पर्यटकको प्याराग्लाइडर पट्याइरहेका स्कूले किशोरहरु देखिन्थे । भनेको सुनेको, यस क्षेत्रका धेरै स्कुले उमेरका किशोर किशोरीहरु या त पर्यटक गाइड बनेर वा यसैगरी प्याराग्लाडर पट्याएर पैसा कमाउन सिपालु हुन्छन रे । अनि पैसा कमाउने र पर्यटक संगको बसउठले पढाइमा खासै ध्यान नजानेहुनाले अधिकांश किशोरहरुले ७,८ कक्षा भन्दा बढि पढदैनन रे । तरपनि तिनको अंग्रजीभने मिठो हुन्छ । विस्तारै फेवाताल, त्यसकिनारका होटल र रेष्टुरा अनि माछाको चित्र अंकीत रेष्टुराका बोडर्हरु छिचोल्दै खपौदी कटेर फेवातालको मुहान हर्पन खोलाको किनारै किनार हामी बढयौं । जति जति रेष्टुराका बोर्डहरु छिचोल्दै अगि बढयौ त्यती त्यती हर्पनको स्वच्छ र कलकल बगिरहेको पानि, फाँटका पहेलपुरे धान खेत, कतै धान काटेर निन विछयाइएका खुला खेत त कतै बडेमानका कुन्यूले स्वागत गरेझै लाग्यो । बदलिदो शहरीकरण र प्लटिङ का कारण बजार क्षेत्रमा त यस्ता दृष्य दुर्लभनै भैसक्यो । यसैले यस्ता कुन्यू देख्दा पनि मन त्यसै पुलकित हुन्छ । ‘श्रमको फलहो राम्रो श्रम हुन्छ रमाइलो, केही दुःख भने हुन्छ काम गर्दा घमाइलो’ भनेर दैवज्ञराज न्यौपानेले किसान कवितामा भनेझै बाटोका छेउछाउमा कृषक बुबाआमा र दाजुभाइहरु असारमा रोपेको पसिनाको दानाले उब्जाएको बालि थन्क्याउनमा व्यस्त हुनुहुन्थ्यो । मंसीरको महिनाकृषक दाजुभाइका लागि उल्लासको महिना हो । पसिनाले सिंचीत गरेर रोपेको मानोलाई मुरीमा उठाउने यो महिनामा सायदै कोही कर्मयोगी किसानको भकारी खाली रहन्छ । अलि अगाडि पुगेर सिद्ध बराह मावि अगाडि मोटर साइकल रोकेर दाई सकेर धान बत्ताउदै गरेका कृषकदाईका छेवैछेउ अगाडी बढदै हामी उक्लीयौ सिद्धबराह मन्दिरको थुम्कोतिर । सानो थुम्कोको विचमा रहेछ सिद्धबराहको मन्दिर ।
 पुरुषोत्तम त्यहा पहिलेनै पुगेका भए पनि राजेस र म पहिलोपटक त्यहा पुगेकाले त्यसको उत्तपत्तिको बारेमा खुलदुली लाग्नु स्वभाविक थियो । मन्दिरकै परिसरमा बराहक्षेत्र समितीकै बैठक चल्दै रहेछ । बैठक चल्दै रहँदा तारापती भण्डारी जो त्यसै क्षेत्रकै पूर्व वडा अध्यक्ष एवं सेवानिवृत शिक्षक समेत हुनुहुँदो रहेछ, वहाँले बहुतै चाख मानेर हामीलाई त्यस क्षेत्र र वराह देवताका बारेमा पुरानो किंवदन्ती सुनाउनुभयो ।
 वहाका अनुसार त्यस क्षेत्रमा बराह खास गरी तिन वटा रहेछन । एउटा पञ्चासेको डाँडामा रहेको बराह, अर्का त्यही सिद्ध बराह र अर्का फेवातालको विचमा रहेको ताल बराह । परापूर्व कालमा फेवाताल हालको स्थानमा नरहेर त्यही सिद्धबराहको थुम्कोको वरीपरि थियो रे । त्यस वरपरको क्षेत्रमा रहको माझीको बस्तीले समेत त्यस कुराको प्रमाणीत गर्दछ । एकदिन बराह भगवान बजारतिर (हालको फेवाताल क्षेत्रतिर) सामान्य मानिसको भेष धारण गरेर घुम्न निस्केछन् । त्यसवखत हालको फेवातालभएको क्षेत्रमा मानिसको बस्ती राम्रै रहेछ । बेलुका साँझ परेपछि बराह भगावानले प्रत्येक घरमा बास मागेछन तर कसैले आतिथ्यता नदेखाइ बास बस्न दिएनछन् । अनि अन्त्यमा एकजना अत्यन्तै गरिब बुढा बा को घरमा बास पाएछन्। रिसले आकुल भएका बराहले रातिनै ती बुढाबा लाई भोलि विहान सम्म यो क्षेत्र पानिले जलमताल हुने भएकाले सुरक्षित स्थानमा जानका लगि भनेपछि बुढाबा पनि रातिनै हालको बराह थान रहेको थुम्कोमा गइ बसेछन् । भोलिपल्ट विहान झिसमिसेमै हरपाकको डाँडाले थुनिरहेको त्यस बेलाको ताल फुटन गै बाढीका रुपमा ताल बगेर हालको फेवातालका रुपमा रहनगै त्यस क्षेत्रमा रहेका अधर्मी मानिसको सत्यानास गरेको भन्ने किवंदन्ती प्रचलनमा रहेछ । २०३८ सालमा फेवातालको तल्लो बाँघ फुटदा समेत हाल फेवातालको पानि सबै बगेर गै फेवातालको पिँधतिर आपँको बुटका ठुटा, घरका जग भेटिएको तथ्यले पनि यो किवंदन्तिलाई पुष्टि गरेको तर्क दिँदै भण्डारी सरले हामिलाई तात्कालिन सोहि स्थानका घले राजा देखी राजाको भण्डारे हुँदै कसरी भण्डारे हरु भण्डारी भए भन्ने सम्मका कुराहरु सुनाउनुभयो । अगिदेखी टाउको दुखेको भन्दै निन्याउरो अनुहार लगाएका राजेश समेत यस शक्तिपिठमा आउने वित्तिकै टाउको दुख्न छोडेको भन्दै थिए भने पुरुषोत्तम पनि त्यस क्षेत्रको बारेमा राम्रो जानकार भएकाले भण्डारी सरसंग निकै गफिदै थिए । मुसुमुसु मुस्कुराउँदै र अन्जान बन्दै आफनै गाउँ र ठाउँ अनि आफन्तकै बारेमा उनले भण्डारी सरका मुखबाट बर्णन सुनिरहेका थिए । त्यस शक्तिपिठ परिसरमै संस्कृत अध्ययन अध्यापनका लागि भवन बन्ने क्रममा रहेछ र निकट भविष्यमै संंस्कृतको पढाइ सुरुहुने समेत जानकारी हामीले पायौं । ज्ञानका भण्डार भएको विभिन्न संस्कृतमा लेखीएका ग्रन्थ विदेशीले लगेर बडो महत्ताका साथ पढदा हामी नेपालीहरु भने बुर्जुवा शिक्षा भन्दै पाठयक्रममा रहेको संस्कृत विषयलाई हटाएर आधुनिकता र २१औं शताब्दीको शिक्षाको नाममा उही पुरानो रट लगाइरहेछौ । संस्कृतको विशालता र ज्ञान हामीले बल्ल विस्तारै महशुस गर्दै गएका छौ विस्तारै खुल्न लागेका संस्कृत विद्यालयहरु यसैका उपज हुन । करीब एक घण्टा लामो बसाईपनि विस्तारै भोक पनि लाग्न थालेकाले भण्डारी सरलाई समेत मोटरसाईकलमा हालेर हामी फेरी अगाडी बढयौं । करिब २ मिनेट अगाडी बढेपनि बाटोकै छेउमा रहेको भण्डारी सरको घरमा उहाँलाई छोडदा चियाका लागि असाध्यै कर गर्नुभएको थियो । भोकले आकुल बनाएको त्यो क्षणमा चियाका लागि रोकिनुभन्दा खानाकै जोहो गर्नु ठिक लागेकाले उहाँको आत्मीय आमन्त्रणलाई भारि मनले नर्कादै फेरी अगाडी बढयौं । केही मिनेटको कच्ची यात्रा र सानो एउटा खोला पार गरेर हामी घाँटिछिनाको सानो बजारमा आइपुग्यौं । पोखराको हल्लनचोकबाट लाग्ने बस यहाँसम्म आइपुग्ने रहेछ । पक्की पुल बन्दै गरेकाले खोलामा पाइप हालेर बनाइएको अस्थायी बाटोचाही पञ्चासे जानका लागि गेटवे रहेछ । दिउसोका लगभग ४ बजे स्थानीय होटलमा माछा र खानाको अर्डर दिँदै हामीले २÷२ कोसा काँचा केरा खाएर रुफटपमा गफिन थाल्यौं । वि.ए. दोश्रो बर्षमा अध्ययनरत राजेशलाई अलिअलि सम्झेको अलिअलि विर्सेको इडिपस रेक्स र ओथेलो नाटकको सारसंक्षेप सुनाउदै गर्दा चरेसका कचौरामा माछाको झोल सहित आएको तातो भातले बाकी गफलाई अगाडी बढनै दिएन ।


 राजेशलाई माछा खान सिकाउँदै र होटल्नी बहिनीले पकाएको खानाको तारिफ गर्दै माछाको झोल र भात खुब खाइयो । खानापश्चात पुरुषोत्तमको आइप्याडबाट फेसबुकमा फोटो अपलोड गर्दै र चियाको चुस्की लगाउँदै पुरुषोत्तम र म गफिइरहँदा राजेश भने एकतमाशले सुनिरहेका थिए । फर्कने बेला काउन्टरमा पैसा तिर्न खोज्दा पो थाहा लाग्यो , पामे वा खपौदीमा एक प्लेट माछा खान पुग्ने पैसामा यहाँत माछा र भात नै पो खान पुग्ने रहेछ । निकै सस्तोमा असाध्यै मिठो खाना ख्वाएकोमा साहुनी बहिनीलाई धन्यवाद दिँदै गर्दा यसै महिनाको अन्तिममा हुने पञ्चासे महोत्सवमा निम्तो समेत पाइयो । साँझ परिसकेकाले अव फर्कने विचारले यस शनिबारलाई सुन्दर यादहरुमा परिणत गर्दै साझँको चिसोमा हामि तिन जना पोखरातर्फ लाग्यौं मनभरि सुन्दर गाउँबस्ती र जिब्रोमा माछाको स्वाद बोकेर ।
२०६९/०८/०२ गते शनिबार

एक थान सिरक अभियान ः अनुभव र अनुभूति


फर्क फर्क हे जाऊ समाऊ मानिसहरूको पाउ
मलम लगाऊ आर्त हरूको चह¥याइरहेको घाउ
मानिस भै मानिसको त्यो दिव्य मुहार हसाउ

स्कूल पढदा १० कक्षामा देवकोटाका यात्री कविताका यी हरफहरूको कति गहिराइमा अर्थ बुझेको थिएँ होला ? तर जीवनका विभिन्न अवयवहरू पार गर्दै जाँदा देवकोटाका यी हरफहरूको अर्थ अझ बढी बुभ्mदैछु । पौषको अन्तिम साता मुलुककै दुर दराजमा रहेका केही नेपाली दाजुभाइलाई भेटेर फर्केपछि एकतमासले यी माथिका हरफहरू गुन्गुनाउँदै एक प्रकारको आनन्दमा गुटमुटिरहेको छु । 
जाडो मौसमले आफनो रोब देखाउँदै गर्दा विभिन्न परिवर्तनको अनुभव हाम्रा वरपर गर्न सकिन्छ । गर्मीमा कठोर लाग्ने सूर्यनारायण पनि हाम्रा पाखा पखेरामा पारिलो घाम बनेर पोखिन्छन् । पुग्नेका घरमा नम्बरी कपास हालेर मोटो सिरक बन्छ वा नयाँ ब्ल्याङ्केट भित्रन्छ । नयाँ स्विटर बुनिन्छन, ज्याकेट किनिन्छन् । घर तथा कार्यालयमा थन्क्याएर राखेको हिटर पुछपाछ बनाएर प्रयोगमा ल्याइन्छ । अझ हुनेखाने परिवार त जाडो छल्न कतिपय गर्मी ठाउँमा घुमफिरका लागि निस्कन्छन । तर त्यही समय विशेषत तराई क्षेत्रका विपन्नहरूका लागि भने निकै कष्टकर रहन्छ । शितलहरले जनजीवन व्याकुल बन्दछ । दिउँसो अवेरसम्म घाम नलाग्दा चिसोको आधिपत्य जम्दछ । अनि जाडोमा न्यानो लुगा र ओढ्ने नपाउँदा कयौ अमूल्य जीवनहरू दुःखद हेडलाइन बनेर पत्रपत्रिका र सञ्चार माध्यमभरि छरपष्ट हुन्छन् । यो नियति यो जाडोमा मात्रै होइन यसभन्दा अगाडिको जाडोमा पनि देखिएकै हो । यसैपालिको जाडोमा पनि पत्रपत्रिकामा कयौँ परिवार पराल ओछयाएर सुकुल ओढेर सुत्न बाध्य भएकाहरूको फोटोहरू समाचार बने । टेलिभिजनमा दिनप्रतिदिन जाडोले ज्यान गुमाएकाहरूको रिपोर्ट आउन थाल्यो । विश्वको कुनै पनि कुनामा कोहीमाथि विपत पर्दा त हाम्रो मनमा माया र सहयोगको भावना पलाउँछ भने हाम्रै चन्द्र सूर्यको छहारीमा रहेको तराई जाडोले कठयाङ्ग्रिदा पहाडको चित्त दुख्नु स्वाभाविक नै थियो । हाम्रै मुलुकमा कहीँ सिरक नै सिरकको खात थियो त कहीँ सुकुलका भरमा रात विताउनु परिरहेको परिवेशले हामीलाई भित्रैदेखि छोयो अनि योजना बन्यो रोट¥याक्ट क्लब अफ पोखरा मिडटाउनको पहलमा यो र अवका केही बर्षहरूको जाडो छल्नका लागि ‘एक थान सिरक’ अभियान सञ्चालन गरी ती विपन्न परिवारलाई आफ्नोपनको आभाष स्वरुप  एक थान सिरक दिलाउने । 
योजना जब बन्यो मध्ये पौषको समय थियो । केही दिन भित्रै योजना कार्यान्वयन नगरे जाडो सकिने र सिरक बाँडने काम पनि ‘लगन पछिको पोते’ मात्रै हुने पक्का थियो । तसर्थ पौष भित्रै सिरक बाडीसक्ने अठोटका साथ क्लबका साथीहरूले काम थालनी ग¥यौं । सिरकका लागि आर्थिक स्रोत जुटाउनु, सिरक तयार गर्नु, वितरण गर्ने स्थानको यकिन गर्नु, लागत संकलन गर्नु, यातायातको प्रवन्ध गर्नु, तयार भएका सिरक लगेर वितरण गर्नु त्यो पनि करिब १० दिन भित्रमा । गज्जबको चुनौति थियो । दार्शनिक नित्से भन्थे जहाँ भित्ता छ त्यही द्वार छ । त्यस्तै जहाँ चुनौति थियो त्यही साथीहरूको टिम स्पीरीट पनि थियो । लामो छलफल पछि टिकट विक्रि गरी सिरक संकलन गर्ने सोच अनुरुप सिरक नं अकिंत टिकट छापेर निस्क्यौ मैदानमा सिरक संकलन गर्न । यसभन्दा अगाडि पनि विविध कार्यक्रमका लागि डकुमेन्ट्री, कन्र्सट वा च्यारीटि सो का टिकट बेच्नका लागी मानिसहरूलाई जर्बजस्ती अनुरोध गर्नुपरेको क्षण वा Push Sell  गर्नुपरेको स्मरण ताजैै रहेकाले टिकट विक्रि गर्न गाह्रो होला भन्ने केही डर भने पक्कै थियो ।  
त्यसको ठिक विपरीत जहाँ जहाँ बतायौ मानिसहरूलाई हाम्रो एक थान सिरक अभियानका बारे, जहाँ जहाँ सहयोगको लागि अपिल ग¥यौं, अनुरोध ग¥यौं जसजसलाई सहयोगका लागि, मुसुक्क मुस्कुराउँदै खुला दिलले हाम्रो एक आग्रहमै क्रमशः ति कठयाङग्रीएका परिवारका लागि सिरक दाताहरूको स्नेह बर्षदै गयो । पोखरामा रहेका रोटरी क्लबहरू तथा अग्रज रोटेरीयनहरू, रोट¥याक्ट क्लबहरू एवं रोट¥याक्टर साथीहरू तथां अन्य महानुभावहरूले सहृदयता पूर्वक त्यस टिकट किनेर सिरक प्रदान गर्नका लागि सहयोग गर्नुभयो । सिरकका लागि सहयोग संकलनकै क्रममा केही थान सिरक किनिदिन अनुरोध गर्नेका लागि पोखराकै रेडियो अन्नपूर्णको स्टेसनमा पुगेका हामीलाई कार्यकारी निर्देशक दिपेन्द्र श्रेष्ठले असाध्यै मिठो हाँैसला र उत्साह थपिदिनुभयो । तत्कालै रेडियो अन्नपूर्णकै तर्फबाट दश थान सिरक सहयोग गर्ने बचनबद्धता दिदै उहाँले यस अभियानलाई रेडियो मार्फत प्रचार प्रसार गरेर थप सिरक संकलन गर्न सहयोग पु¥याउने तथा प्रत्येक दिन सिरक किनेर यस अभियानमा सहयोग गर्ने दाताहरूको नाम रेडियोबाट प्रसारण गरिदिने वचन दिनुभयो । टिकट विक्रिको काम यता चल्दै थियो भने उक्त सिरकहरू लक्षित प्रभावित वर्ग र परिवारमा पुगोस् भन्ने हेतुले अति प्रभावित क्षेत्रको खोजी भैरहेको थियो । पत्रपत्रिकामा आएको खबर र समाचारलाई पछयाउँदै र तराईमा रहेका विभिन्न श्रोतलाई सोधखोज गर्दै जाँदा यसवर्ष जाडोका कारण सबैभन्दा बढी ज्यान गुमाएको जिल्ला रौतहट भएकाले सहयोगको आवश्यकता त्यहाँ रहेको भन्ने कुराको एकिन भए अनुरुप रौतहटको चन्द्रनिगाहापुरबाट लगभग १५ कि.मि टाढा रहेको लक्ष्मीपुर गा.वि.स. को विपन्न मुसहर वस्तीलाई हामीले सहयोगका लागि छनौट ग¥यौं । यता सिरक विक्रि तथा सिरक बनाउने काम चलिरहेको थियो । विभिन्न  ठाउँबाट सहयोग जुटने क्रम जारि नै थियो । सिरक संकलनका केही क्षणहरू निकै उत्साहजनक पनि थिए । रेडियोबाट सुनेर अभियानका लागि सिरक प्रदान गर्न अध्यक्षको नेतृत्वमा लागुपदार्थ सेवन तथा ओसारपसार नियन्त्रण आमा समूहका सोह्र जना आमा÷दिदीहरूको टोलीलाई रेडियो अन्नपूर्णमा भेटेर सहयोग रकम ग्रहण गर्दा निकै आनन्दबोध भैरहेको थियो भने आफ्नो खाजा खाने पैसा जोगाएर सैनिक आवासीय महाविद्यालय फूलवारी पोखराका कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूले नौसय पाँच रुपैया सिरकको लागि सहयोग भन्दै पक्तिकारको हातमा हालिदिदा यी आँखाका कोशहरू भिजेका थिए र गौरव लागिरहेको थियो यि र यस्तै अन्य सहयोगी चोखा मनहरूप्रति । 
काम राम्रो हुनुपर्छ , सहयोग गर्ने हातहरूको कुनै कमि हुँदोरहेनछ । सबैको सहयोगमा लगभग १० दिनको विचमा १५० थान सिरक संकलन गर्ने सफल भएका थियौं हामी । सिरक बाँडनका लागि पौष २८ गते रोट¥याक्ट क्लब अफ पोखरा मिडटाउनका अध्यक्ष अनिल खड्काको नेतृत्वमा आर्दश समाजका पत्रकार नविन सिग्देल, हाम्रो कलमका दुर्गा पनेरु, ला.प.से.नि आमा समुहका अध्यक्ष शान्ता गुरुङ्ग, कार्यक्रमका परिकल्पनाकार तथा संयोजक निर्देशन चुल्याजु, क्लबका निर्वाचित अध्यक्ष उपेन्द्रप्रसाद पौडेल सचिव राजु पौडेल, सदस्यहरू सिमा थापा, श्रुती कोइराला, कृष्ण तिमिल्सीना लगाएतको एक टोली बसको छतमा केही र केही सिरकहरू बसभित्रै बाँधेर रौतहट तर्फ प्रस्थान ग¥यौं । त्यस दिनको यात्रा बेलुका चन्द्रनिगाहापुरमा पुगेर टुगिंयो । स्थानिय संयोजनका लागि जिम्मा लिनुभएको चपुरमै रहेको नुनथर एम.एम का स्टेसन म्यानेजर मित्र फणि महतको आत्मीय आतिथ्यतामा  त्यस दिनको थकाई मेटदै भोलिको कार्यक्रमको योजना बनाई राती अवेर चपुर पुग्नुभएका डिष्ट्रिक्ट रोटरी चियर पर्सन रो. किरणलाल श्रेष्ठ, रोटरी क्लब अफ पोखरा मिडटाउनका अध्यक्ष रो. केशव प्र. आचार्य, पूर्व अध्यक्ष कृष्णप्रसाद घिमीरे, सचिव हेमराज बराल तथा पत्रकार एवं रोटेरीयन दिपेन्द्र श्रेष्ठलाई स्वागत गर्दै भोलिको अन्तिम गृहकार्य सम्पन्न गरियो । 
लगभग एक बजे सुत्नका लागि खाटमा पल्ँिटदा पनि निद्रा राम्ररी परेन । पोखराबाट त्यति धेरै मानिसको सहयोग संकलन गरी अत्यावश्यक एवं प्रभावित क्षेत्रका लागि भनेर संकलन गरेको सिरक कतै गलत हातमा पो पर्छ कि ? कतै अत्यावश्यक मानिसहरू सहयोग पाउनबाट वञ्चित हुने र अनावश्यक परिवारको पोल्टोमा पो त्यो सिरक पर्छ कि भन्ने चिन्ताले रातभर सताइरहयो । त्यतिका मानिसले त्यस्तो विश्वास र मायाले प्रदान गरेको त्यो सिरक सहि हातमा पु¥याउन सकिएन भने पक्कै पनि राम्रो हुने छैन भन्ने कुरा मनमा खेलिरह्यो । भोलिपल्ट  चपुर बजारबाट लक्ष्मीपुर गा.वि.स.का लागि यात्रा तय गरियो । बसको झयालबाट जब वाहिरका दृष्यहरू देखिए अनि बल्ल हिजो बेलुकाको छटपटि केही कम भयो । अर्धनग्न अवस्थामा खेलिरहेका केटाकेटी, लगभग टालटुल गरेर लाजमात्रै छोपेका वयस्कहरू, आफूलाई न्यानो पार्न घुम ओढेर आगो वरीपरी झुम्मिएका वृद्धहरू, साना पराले झुपडीहरू अनि मैलो बोरा ओढाइएका पशुहरूको दृष्यलाई पार गर्दै केही समयमा लक्ष्मीपुर गा.वि.सको दोष्टिया भन्ने ठाउँमा रहेको एउटा स्कूलमा पुगेर हाम्रो बस रोकियो । हाम्रा अगाडि थिए एक जोर आशालाग्दा आँखा र फिस्स हाँसो लिएर उभिएका विपन्न मुसहर वस्तिका दाजुभाइ दिदीवहिनीहरू । स्नेहले भरिएका फूलका गुच्छाहरूको आतिथ्य स्वीकार गर्दै हामी एउटा सानो औपचारिक कार्यक्रममा जुट्यौं र संकलन गरिएको परिवारका मूलीका आधारमा सिरक वितरणको कार्य थालनी गर्यौँ । काँडै काँडाले ढाकिएको बोटमा सुनौलो ऐसेलु टाढैवाट स्पष्ट देखिएझैँ अभाव, गरिबी, ठण्डी र उपेक्षाका अनेकन काँडाका वीचमा पनि सिरक ग्रहण गर्दै गर्दा प्रत्येक घरमूलिका आँखामा एक प्रकारको चमक स्पष्टै देख्न सकिन्थ्यो । । क्रमशः नाम बोलाउँदै उनीहरुलाई  सिरक वितरण गर्दै गयौं । सिरक पाइसकेका घरमुलीहरू आफ्ना हातका वीचमा भर्खरै पाएको सिरकलाई प्रेमपूर्वक सुम्सुम्याएर च्यापिरहेका  थिए मानौँ त्यो तिनीहरुको  जीवनकै सबैभन्दा प्रिय वस्तु हो । यता सिरक वितरण कार्य चलिरहेको थियो भने त्यसैबेला पोखरादेखि सँगै गएका  पत्रकार भने स्थानीय गाउँलेसँग भलाकुसारी गर्दै ति आवाजहरूलाई प्रत्यक्ष प्रसारण मार्फत आम पोखरेली सिरकदाताहरुसंग जोडिरहेका थिए । भलाकुसारीकै क्रममा वस्ती घुम्दै जाँदा जस्ता दृष्यहरू देखिए, कथन हरू सुनिए , साँच्चै नै जीवनमा अपत्यारिलो लाग्ने कथा जस्ता यथार्थहरू थिए । लगभग ५× ६ फिटको घरमा ५ जनाको परिवार बडा मुस्किलले निर्वाह गरिरहेको परिवारकी मूली स्थानीय राजमती देवी माझीलाई जब सोधियो ‘जाडोका लागि घरमा पहिले सिरक किन्नुभएको थिएन ?  स्थानीय लवजमा उनले दिएको उत्तर थियो ‘‘खाइलाते पुगेसे हैतेने, सिरक कैसे खरिदते ?’ जीवनकै उत्तराद्र्धमा बाँचिरहेकी राजमतीले पहिलोपटक आफ्नो घरमा सिरक भित्रिएको कुरा जब बताइन, त्यस क्षणमा मैले अनुुभूत गरेको भाव व्यक्त गर्न त मसँग शब्द नै छैन । हरिहरपुरका रामविश्वास ५ दिनकी सुत्केरी श्रीमती घरमा छोडेर सिरक लिन आएका थिए र सिरक पाएपछि हर्षले भावविभोर भएका थिए कि अव उनकी सुत्केरी श्रीमतीले पनि जीवनमा पहिलोपटक सिरक ओढने भइन् । सिरक हातमा च्यापेका घरमूलीहरू र उनका वरीपरी झुम्मिदै सिरकलाई स्पर्श गरिरहेका तिनका सन्तती अनि जहानको अनुहारमा छाएको खुसी देख्दा वातावरण नै यस्तो उत्सवमय प्रतीत हुन्थ्यो कि मानौँ त्यहाँ सिरक होइन समुन्द्र मन्थन पश्चात प्राप्त जीवनदायी अमृत वितरण भैरहेछ । यो सिरक उनीहरूका लागि सिरक मात्रै थिएन, यो र अवका कैयौं बर्षसम्म जीवन बचाउन तराईको जाडोसंग पौठेजोरी खेल्न दुष्प्रयास गर्ने एउटा वलियो अस्त्र पनि थियो । 
राजनैतिक, सामाजिक, आर्थिक रूपले  पिछडिएका र उपेक्षित जीवन विताइरहेका मधेशका यी परिवारको मुहारमा रोट¥याक्ट क्लब मार्फत थोरै भएपनि मुस्कान थप्न पाएकोमा गौरवले मुटु ढक्क फुलिरहेको थियो अनि हृदयले सलाम गरिरहेको थियो ती सहयोगी मनहरूलाई जसले यी सिरकहरू हामीलाई सहयोग स्वरुप उपलब्ध गराएर यहाँसम्म ल्याउने वातावरण बनाइदिनुभयो । तराईको कष्टकर जनजीवनलाई पत्रकारिताको माध्यमबाट आम मानसमा पु¥याएर सहयोग गर्नका लागि अभिप्रेरित गर्नुहुने तथा सहयोग संकलन तथा रिपोटिङ्ग मा सहयोग गर्नुहुने सम्पूर्ण फिल्यान्थ्रोपिक जर्नालिस्ट (परोपकारी पत्रकार) हरू मुसहर वस्तीका ती सुन्दर मुस्कानको लागि धन्यवादको पात्र हुनुहुन्छ । सहयोग जुटाउन अहोरात्र खटिनुहुने सम्पूर्ण रोटरीयन रोट¥याक्टरहरूलाई धन्यवाद अनि लाख धन्यवाद पावर अल्टरनेटिभ पोखरा र  ती सम्पूर्ण सिरकदाता तथा सहयोगी महानुभावहरूलाई जस्को सहयोग विना यो कार्यक्रमको सफलता सम्भव थिएन । अन्त्यमा उनै देवकोटाका दुई लाइन 

खोज्छन् सबै सुख भनी सुख त्यो कहाँ छ ?
आफू मिटाई अरुलाई दिनु जहाँ छ ।

Sunday, December 23, 2012

सपना दलालहरु


मृगौला, मूर्ति र शरीर बेचिएका खबर
दैनिक अखवारको हेडलाइन बन्ने यो देशमा
कहिल्यै महत्ताको खबर बनेनन्
ती भन्दा कैयन मर्मस्पर्शी अनि भयानक
सपनाहरु बेचिएका खबरले

छरप्रस्ट छरिएका मैला धैला आकृतिहरुलाई
बटुलेर कसैगरी, जोडेर मनको धागोले
हामी उमार्छौं सानो सपनाको बिरुवा
असाध्यै सानो सपना, तर मिठो सपना
अनि आइपुग्छन्,
 कहिले आफन्त बनेर उकेरा लगाउन
कहिले गोडमेल गरिदिन्छन् हितैषी बनेर
समाजसेवी बनेर कहिले मलजल गर्छन्
जब झाँङ्गिन्छ त्यो सानो आँकुरा
ठूलो रुख बनेर
सपनाको रुख, कल्कलाउँदो, लोभलाग्दो
हागाँमा एउटा बनाउँछ
सानो धोविचराले, सपनाकै गुँड
पिङ खेल्छन सन्तती
चचहुई चचहुई,
अर्का हाँगामा उन्मुक्त
देखेर सबथोक दङ्ग हामी
सपनाको बोटमा फूलेका सपनाका फूलहरु
हाम्रा सपनाका फूलहरु

तर
जीवित सपनाको उचाई नाप्नुभन्दा
लमतन्न सपनाका लाशहरुको
लम्बाई नाप्न सजिलो भएरै होला
सय, हजार र लाखका चम्किला आराहरुले
फेदैदेखि, मिलेसम्म जरैदेखि
ग¥ल्याम्म ढालेर हाम्रा सपनाका रुखहरु
पार्छन टुक्रा टुक्रा र फिजाउँछन
बगरेले जसै थुप्राउँछ , निरीह थुप्राहरु

उनीहरु, हो उनीहरु
बुझ्दैछु । हाम्रा सपनाहरु
हाम्रा मात्रै होइन रहेछन्
असलमा ती त हाम्राभन्दा बढी
सम्पत्ति रहेछन उनीहरुका
हाम्रा सपना बेचेर
आफ्ना सपनाको जग हाल्ने
हाम्रा सपनाका रगतले
आफना महलको रंङ्ग भर्ने
उनै सपना दलालहरुका
उनै सपना दलालहरुका


२०६९।०९।०५
नदीपुर, पोखरा


Wednesday, October 31, 2012

The day you made me complete. :-)

A million $ smile.

Tuesday, October 30, 2012

बलात्कृत तन र मनहरु

‘‘हाडहरुका सुन्दर खम्बा, मांशपिण्डका दिवार, मष्तिष्कको यो सुनको छानो, इन्द्रिय हरुको द्धार’’ । देवकोटाको यात्री कविताको अभूतपूर्व पात्र मान्छे । बुद्धि र ज्ञानलाई वशिभूत गर्ने मान्छे । असल र खराब विचको रेखाङ्ककन गर्ने मान्छे । चेतनाले भरिएको मान्छे । दयाको प्रतिमूर्ति मान्छे । मायाको सागर मान्छे ।  विवेकको जाज्वल्यमान उदाहरण मान्छे । करुणाको मूल मान्छे । महानताको परिचय मान्छे । तर जव आफ्नै अस्तित्व आफैमा विलिन गराउँछ अनि बुद्धि र ज्ञानले मातेको मान्छे । असल र खराबलाई मिसाउने मान्छे । शुन्यतामा अडेको मान्छे । मायाको मरुभूमि मान्छे । निचताको पराकाष्ठ मान्छे । शून्य भावावेशमा पागल मान्छे । मानव जव दानव बन्दछ अनि संसारमा माया र करुणाले आत्महत्या गर्दछ । जब मानिसभित्रको माया र दया हराउँछ अनि ऊ भित्र जन्म हुन्छ घिनलाग्दो यौन पिपाशुपना र शिकार बन्दछन निरिह चेलीहरु बलात्कारको नाउँमा ।
कास्की जिल्लाको देउराली गा.वि.स. १ मा यस्तै नरपिपाशुको फेला परिन एक ७ बर्षिय बालिका । ठूलोबुबा नाता पर्ने ५२ बर्षको त्यो घिनलाग्दो यौनको प्रतिमूर्तिले जब विवेक र मानवतालाई मदिरासँगै सितन बनाएर चबायो अनि नातिनीकी उमेरकी त्यो सानि बचरीमाथि उसका गिद्धे दृष्टि खनिए । रगत बग्ने नशाहरुमा जव मदिरा बग्न थाल्यो  अनि बच्चीको निर्दोष आँखाहरुका जवानीको मादकता देख्न थाल्यो ऊ। उनका दुधे ओठहरुमा त्यस निर्दयीलाई लाली फैलिएको भान भयो र ५ रुपियाँको पासो फ्याँकेर उ तल्लीन भयो त्यस अवोध बालिकाको अस्मितालाई तोड्न आफ्नो नामर्दी पुरुषत्व लिएर । दियो निभ्यो । घाम अस्तायो  अनि घोर सन्नाटा छायो र दब्यो । त्यस वच्चीको क्रन्दन त्यही निष्पष्ट अन्धकारमा । सभ्य मानिसको समाजमा एउटी बालिकाले आफूँ नारी हुनुको अस्तित्व गुमाई । पापि पुरुषत्वले निरिह रुवाईलाई धम्कीले दवाउन खोज्यो तर दवेकै आवाजमा भएपनि बच्चीले आफ्नी आमालाई इतिहासको कालखण्डको घिनलाग्दो कथा सुनाई । सुतेको अभिनय गरिरहेको समाजले आँखा खोल्यो । अझै छाती फुकाएरै समाजमा घुमिरहेको तयस पापि पुरुषत्वले अनेकाँै नाँइनास्ती पछि स्वीकारयो आफ्नो कर्तुत र समाजले जिम्मा लगायो सम्वन्धित निकायलाई
 सुरुभयो घटनाको दोश्रो अध्याय । आफूमाथि के भएको हो ? किन भएको हो ? र कुन नियतले भएको हो ? भन्ने समेत ज्ञान नभएकी उक्त वालिकालाई बर्षा भए प्रश्नहरुका । त्यस घिनलाग्दो सत्यतालाई वालशुलभ भाषामा बच्चीले पटक पटक ठाउँ ठाउँमा बमन गर्नुप¥यो र लाचार पिताले न्यायका लागि ठाउँ ठाउँमा गुहा¥नुप¥यो । प्रमाणको भोको कानुन सोध्दैथियो ‘प्रत्यक्षदर्शी कोही छ?’ घटनाक्रम जाने बुझेका हरु अवाक भए । आफन्तीजन अवाक भए । कुनै गुप्ती कोठामा बलजफ्ती गरिने बलात्कार जस्तो जघन्य अपराधकोे प्रत्यक्षदर्शी पेश गर्न नसकेकोमा । शायद उनीहरुको मष्तिष्कमा यस हास्यास्पद प्रश्नको उत्तरका लागि शब्द नै थिएनन् वा उत्तर दिने जाँगर ।  न्यायका लागि प्रशासनको ढोका घच्घचाउन गएका आफन्ती र पिडितका पिताले जिम्वेवार अधिकृत वाट उल्टै खप्की खाएर यस्तो सामान्य घटनाको वारेमा बढी सोधपूछ गरेको अभियोगमा ! हुनसक्छ उक्त जिम्मेवार अधिकारीले अपराधी र अपराधीका वीचमा धेरै समय विताएकाले उसलाई यो सामान्य घटना लग्यो होला तर के वलात्कृत त्यो ७ वर्षकी बालिकाको लागि यो सामान्य घटना हो र ? छोरीको वर्तमान खुसी दिन नसकेको पीडाबोधले छटपटिएका पिडितका ती आर्थिक, सामाजिक तथा शैक्षिक रुपले विपन्न पिताका लागि आफ्नी छोरीको भविष्यको स्र्विणम सपना कुठाराघात भएर उसको अस्मिता लुटिनु समान्य घटना हुन सक्छ र ? दिनदहाडै विवेक र करुणाको सामाजिक हत्या भएर त्यस बालिकाको जिन्दगी र पवित्रता माथिको नाङ्गो ताण्डब समाजका लागि सामान्य घटना हुनुसक्छ र ? मान्छेले मान्छे हुनुको धर्म भुलेको त्यो कालो दिन कुनैपनि हालतमा सामान्य घटना हुनै सक्दैन ।
घटनाको तेश्रो अध्याय सुरु भयो अदालती कारवाहीबाट । कहिले ‘वयान लिने’ त ‘कहिले साक्षी वकाउने’ प्रक्रिया स्वरुप ती पिता, वच्ची र आफन्तले धाइरहनुप¥यो प्रशाशनिक निकायमा । विहान वेलुकी खाने सामल नभएर रन्थनिएका पिडितका पिता लगभग दिनहुँ जसो सदरमुकाम भन्दा ३५ कि.मि टाढा रहेको आफ्नो घरबाट कार्यालय सम्म आउने गाडीभारा खोज्नमै सिङो विहान गुर्जादथे । कसैको घरमा दुई दिन मजदुरी गरिदिने शर्तमा कसैले दयाले दिएको रुपैयाँले वसभाडा तिरेर उनले खोज्न हिँडेको न्याय घरीघरी उनलाई गलाको पासो झैँ लाग्थ्यो । आज अन्तराष्ट्रिय वाल दिवस । देश आज वालदिवस मनाउन व्यस्त होला । कति कार्यक्रमहरु होलान । कति वग्रेल्ती तथ्याङ्क सहितका रिपोर्ट उन्मोचन हुदै होलान । आफूलाई वालअधिकारकर्मी भन्ने ठूला ठूला नेता अनि हाकिमहरु वालअधिकारको क्षेत्रमा उनिहरुले गरेको प्रगति सुनाउदा सुनाउदै र सभा सम्बोधनमै व्यस्त होलान तर एउटा फरक यर्थाथ यस्तो पनि छ । घरैपिच्छे खुलेका गै.स.स÷अ.गै.स.स र सदरमुकाममै रहेका मानवअधिकारवादी आयोग र जिल्ला वालकल्याण समिति समेत न्यायका लागि पहल गरिदिन र खवरदारी गरिदिन अनुरोध गर्न  पछि परेनन् पिडित वालिकाका पिता तर सायद ती सबै धनीहरुका लागि मात्र थिए वा उनको त्यो घटना ती संस्थाहरुलाई पनि जिम्मेवार प्राप्त अधिकारीलाई झै सामान्य लाग्यो थाहा भएन । जिल्ला वाल कल्याण समितिवाट ‘आफू सूचना लिने र तथ्याङ्क राख्ने ठाउँ मात्र भएकाले केही गर्न नसक्ने’ ओठे जवाफ भेट्यो पिडितको जाहेरी लिएर गएको आफन्तले । राष्ट्रिय मानवअधिकार आयोगले पनि यो घटना छानवीनका लागि आफ्नै मातहतको कोही कर्मचारीलाई जिम्मा दिने वचन दिएको थियो । शायद उहाँ अझै पनि निरीक्षण र निगरानी ग¥दै हुनुहोला । पिडितका आफन्तीले भने उहाँको निगरानी र निरीक्षणको प्रत्याभूति गर्न पाएका छैनन् । चारैतिरबाट नैराश्यता र असहयोगको ज्वालाले रन्थनिएका पिडित बालिका, परिवार र आफन्तजनलाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का टंक खनाल र महिला मानवअधिकारवादी आयोगका तर्फबाट शवनम शर्माको सहानुभुतीका शब्द घटनाप्रतिको चासो र सामान्य सहयोग पनि मरुभूमिमा मरुद्यान भेटेसरह भयो ।
घटनाको चौथो अध्यायमा प्रतिवादीका तर्फबाट कानुनविद वहस गर्दै थिए । पिडितको घर नजिकैको बाटोको विवादका कारण र पुख्यौली रिसीविलाई आधार बनाएर झूट्टा आरोपमा फसाउनका लागि नावालक बालिकालाई हतियार बनाएर पेश गरेको जिकिर गर्दै प्रतिवादीका वकिलले अदालतमा वहस गरिरहँदा मानवता र सत्यतामाथि अर्को मौन वलात्कार भइरहेको महसुस भइरहेको थियो । न्याय खोजिरहेका पिडितका आफन्तका लागि कानुनु आशाको झिनो दियो थियो भने प्रतिवादीका तर्फबाट वहस गरिरहने वकिलका लागि फगत एउटा पेशा । जब आशाको दियो पेशाको तोडमा परेर बल्नु र निभ्नुको दोसाँधमा रहेको थियो  तव अन्धकारदेखी डराएका पिडित वालिका तथा आफन्तीजन सम्पूर्ण श्वासप्रस्वास रोकेर निर्णयको प्रतिक्षा गरिरहेका थिए । सम्माननीय अदालतले अभियुक्तलाई पुर्पक्षमा राखेर अनुसन्धान गर्ने फैसला सुनायो र पिडित वच्ची र आफन्तीजनले न्याय पाएको कथन सुनियो । घटनाको क्रम अहिलेलाई यहिँ पूर्णविराम लाग्यो ।
आज अन्तराष्ट्रिय वाल दिवस । देश आज वालदिवस मनाउन होला । कति कार्यक्रमहरु होलान । कति वग्रेल्ती तथ्याङ्क सहितका रिपोर्ट उन्मोचन हुदै होलान । आफूलाई वालअधिकारकर्मी भन्ने ठूला ठूला नेता अनि हाकिमहरु वालअधिकारको क्षेत्रमा उनिहरुले गरेको प्रगति सुनाउदा सुनाउदै र सभा सम्बोधनमै व्यस्त होलान तर एउटा फरक यर्थाथ यस्तो पनि छ ।  अभियुक्त त कठघरामा पुर्पक्षका लागि थुनामा छ तर ति पिडित वालिकाले जानुप¥यो त्यही समाजमा । उनको सिङो भविष्य उनका अगाडि छ । अनि अगाडि छन चोर औलाले उनलाई इंकित गरेर उक्त बलात्कारको घटनालाई चाख मानेर सुन्ने र सुनाउने समाज । टोल छिमेकमा गफ गर्ने एउटा नया मसाला थपिएको छ । समाजमा उनले नयाँ उपनाम पाएकी छन् ः ‘बलात्कृत बालिका’ र उनका पिता तथा परिवारले नयाँ परिचय ‘बलात्कृतको परिवार’ । विवेकशून्य पुरुषत्ववाट त उनी एकपटक शारिरिक बलात्कारमा परिन तर समाजबाट आज र भोलिसम्म उनको मानसिक बलात्कार भइरहने छ । छोरीलाई न्याय दिलाउनका लागि विभिन्न ठाउँमा कानुनी सल्लाह र अन्य सुझाव खोज्दा खोज्दै  पिडितको परिवार अझ आर्थिक भारमा पेलिएको छ । हिजोसम्म थाप्लोमा ऋण मात्र थियो तर आज बलात्कृत सन्तान, ऋणको भारी,  र वरिपरिबाट घुरेर हेर्ने दर्जनौँ आखाँहरु उसको जिन्दगीको हिस्सा बनेको छ । के पिडितले पाउने न्याय यही हो ? के त्यस जघन्य अपराधगर्ने अपराधीको पञ्जामा उनी पर्नु  उनको दोष थियो ? के अपराधीलाई कठघरामा पु¥याउने वित्तिकै ति वलात्कृत चेलीहरुले मोक्ष प्राप्त गर्दछन् ? भोली समाजमा उनको स्वभाविक रुपले बाँच्न पाउने अधिकारको सुरक्षा हुन्छ ? न्यायका लागि प्रत्येक गै.स.स र अ.गेंै.स.स. का पछि लागेर ढोका ढक्ढकाउन पुगेका उनका पिता पनि पटक पटकका फोस्रा गुलिया शब्द र कुटनितिपूर्ण ओठे जवाफहरुबाट आफ्नो पुरुषत्व र बाबु हुनुको दायित्व र अस्तित्व बलात्कृत भएको अनुभव गर्दैछन् । राज्यको नागरिक भएकाले पाउनुपर्ने गास, बास, कपास र सुरक्षाको अधिकारको त कुरै छोडौँ अन्याय पर्दा समेत राज्यको सम्बन्धित निकायले देखाएको उदासीनताले उक्त बच्ची, परिवारजन र आफन्तीजन राज्यबाट बलात्कृत भएको महशुस गरिरहेका छन्् । जवसम्म राज्यको यो वर्गले यस्ता संवेदनशील घटनाहरुमा संवेदनाको महशुश गर्ने अवसर पाउँदैन, सहानुभुति र सहयोगका दुई शब्द समेत भेट्दैन, जव पिसिइन्छन ती चेलीका रुवाइहरु कानुनको जाँतोमा, जबसम्म कानुनु मागिरहन्छ बलात्कारको प्रत्यक्षदर्शी तवसम्म प्रत्येक चेली  र उसका परिवारजनले वार वार बलात्कृत भइरहनेछन र हामी सबै हेरीरहनेछौ बलात्कृत तन र मनहरुलाई मूक दर्शक बनेर ।
‘‘मान्छे जब मर्दछ , तव केही बोल्दैन
मान्छे जव मर्दछ तव केही सोच्दैन
नसोच्दा र नबोल्दा मान्छे मर्दछ । ’’
                                                – वर्तेल व्रेख्त

आन्तरिक मुल्याङ्ककन प्रणालि र हुलहरु

स्नातकोत्तर तहमा शैक्षिक बर्ष २०६३÷०६४ बाट लागु गरीएको २०% को आन्तरिक मुल्याङ्कन प्रणालि शैक्षिक बर्ष २०६६ देखी लागु हुने गरी त्रि.वि ले खारेजी ग¥यो । खारेजीका पछाडी त्रि.वि. संग आफ्नै कारणहरु थिए । सेमेष्टर प्रणालिका लागि मात्र आन्तरिक मुल्याङ्कन उपयुक्त हुने ठहर गरेकाले अन्य बार्षिक रुपमा परीक्षा दिने विषय र तहमा आन्तरिक मुल्याङ्कनको औचित्य नरहेकाले हटाउनुपरेको उपकुलपतिको निष्कर्ष थियो । बिषयशिक्षकलाई धम्की, मनपरेका आधारमा अंक दिने चलन, परिक्षामा सामेल नै नभएपनि अंक पाउनुपर्ने विद्यार्थीहरुको माग र परिक्षा मर्यादा परिधिभित्र नरहेकाले आन्तरिक मुल्याङ्कन प्रणालिमा ‘मुल्याङ्कन’ भन्ने शब्दकै उपहास भएकाले हटाउनका लागि सिफारिस गर्नुपरेको तर्क थियो प्राध्यापकहरुको । जे होस् । त्रि.वि ले निर्णय ग¥यो । एउटा कदम चल्यो । क्रिया भयो । बैज्ञानिक न्यूटनको चालको सिद्धान्त कसरी गलत हुन सक्थ्यो र ? प्रत्येक क्रियाको विपरीत प्रतिक्रिया भनेझै विद्यार्थीहरुको तर्फबाट पनि प्रतिक्रिया सुरु हुनु स्वभाविक नै थियो । त्रि.वि.को आंगीक क्याम्पस पृथ्वीनारायण क्याम्पसमा पनि ज्ञापनपत्र बाट सुरु हुँदै अन्तरक्रिया को क्रमसम्म पुगेको प्रतिक्रियालाई जव क्याम्पस प्रशासनले ले सुनुवाई गरेन अनि प्रतिक्रियाले एउटा उचाई थप्यो तालाबन्दिबाट । आफ्नो हकप्रति सचेत विद्यार्थीले पृथ्वीनारायण क्याम्पसका आर्थिक प्रशासन तथा स्नातकोत्तर कार्यक्रम सञ्चालनमा अवरोध पुग्ने गरी तालाबन्दी गरिदिए । तालाबन्दी पछि क्याम्पसमा एक किसिमको सन्नाटा थियो । कक्षाहरु यथावत रुपमा चलिरहेकै थिए ।
त्यसैविच श्रावण ३२ गते आइतबार विहान विद्यार्थीहरुले मेसो पाए, क्याम्पस प्रशासनले विद्यार्थीहरुको मागको सम्बोधन नै नगरी एकतर्फी रुपमा सल्लाह नै नगरी ताला फोरेर काम कारवाही अगाडि बढाएछ । क्याम्पसको कुनै बाध्यता थियो वा विद्यार्थीको शक्तिको मापन गर्ने खोज्दैथियो क्याम्पस प्रशासन त्यो उसैलाई थाहा होला तर तालाबन्दी गरेर मागको सम्बोधनका पर्खाइमा बसेका विद्यार्थीहरु क्याम्पसको हेपाहा प्रवृत्तिले क्रुद्द बन्दै थिए । आफ्नो माग पुरा हुनु त कता हो कता अझ उल्टै एकचोटी सहमती पनि लिने काम नगरी ताला फोडेर काम सुचारु गरेको क्याम्पस प्रशासन प्रति विद्यार्थीहरु क्रुद्ध हुनु स्वभाविक थियो । विद्यार्थी विस्तारै जम्मा हुदै थिए । जब विद्यार्थी जम्मा भए अनि त्यो विद्यार्थीको जमात एक्कासी हुल मा परिणत भयो । विद्यार्थीको सिमा मा रहदा विद्यार्थी संयम थियो । ठिक र गलतको विचार गर्दै थियो तर जब त्यो प्रत्येक सचेत तथा संयमित विद्यार्थी हुलको हिस्सा बन्यो अनि वि¥स्यो उसले अनुशासनका पाठहरु, भुलिदियो सिमारेखाहरु र छरपस्ट भयो उसको ‘डाइनोसियन’ प्रवृत्ति क्याम्पसको प्रशासन भवनमा रहेको सुचना पाटी र संगै रहेको क्रियटिभ युथ फोरमको ‘क्रियटिभ कर्नर’ नामक पत्रिका प्रकाशन गर्ने पाटीमाथि । उचालिइए ति पाटीहरु अनि बस आन्तरिक मुल्याङ्कनको आक्रोश र क्याम्पसको तालाफोडाईको विचमा बज्रीयो त्यो विचार, भावना अनि अभिव्यक्तिको प्रयास ‘क्रियटिभ कर्नर’
 विशुद्ध गैरराजनैतिक भावनाबाट प्रेरीत भएर यूवा विद्यार्थीको भावना र सृजनालाई उजागर गर्ने तथा यूवा पिँढीको साझा सवालमा उत्तिकै उत्साहजनक सहभागीता र सचेतता जनाउने उद्देश्यले स्नातक तहमा अंगेजी विषय लिने केही साथीहरुको प्रयासबाट ठाकुरप्रसाद बस्ताकोटीको संयोजकत्वमा आजभन्दा करीब ४ बर्ष अगाडि पृ ना क्याम्पसको हातामा क्रियटिभ युथ फोरमको जन्म भएको थियो ।  स्थापना कालदेखिनै तत्कालिन क्याम्पस प्रमुख दिलबहादुर क्षेत्री तथा अंगेज्री विभाग का प्राध्यापक राजेन्द्र चापागाईको सल्लाहा ले आफ्ना कदमहरु अगाडि बढाउँदै आइरहेको क्रियटिभ यूथ फोरमले भू.पू क्या.प्रमुख पशुपतिनाथ तिमिल्सेनाको कार्यकालमा समेत उहाँबाट अमुल्य सहयोग, सुझाव र सदभाव पाइरहयो ।   विभिन्न पर्चा र पोष्टर टाँसेर विरुप बनाइएको प्रशासन भवनको भित्तामा यूवा विद्यार्थी साथीहरुको सिर्जना र अभिव्यक्तिलाई उजागर गर्ने हिसाबले एउटा अलग्गै सुरुवात स्वरुप द्धैमासिक रुपमा उक्त क्रियटिभ यूथ फोरमले चित्रकला, लेखरचना, अन्र्तवार्ता र अन्य विधाहरुलाई एकैठाउँमा समेटेर ‘क्रियटिभ कर्नर’ नामक पत्रिकाको प्रकाशन पनि गरिरहेको छ । उक्त फोरमले पछिल्ला दिनहरुमा अन्य विषयका साथीहरुसँग सामञ्जस्य गरी रचनात्मक कार्यका लागि यूवा विद्यार्थीहरुको भावनालाई समेटीरहेको तथा सचेतना जगाइरहेको थियो । यसरी सिर्जना र रचनाको विउ रोपेर भर्खरै अंकुरण भएको उक्त कर्नरलाई स्नातकोत्तर तहमा अध्ययनरत हाम्रै साथीहरुले गरको उक्त विरोध प्रदर्शनका क्रममा जम्मा भएको हुलले एक्कासी प्रहार गरेर घाइते तुल्याइदियो । उक्त ‘क्रियटिभ कर्नर’ लाई आक्रमण गर्ने वा त्यसका अवशेषलाई ध्वस्त पार्ने त्यस हुलको कुनै सुनियोजित षडयन्त्र थिएन होला तर क्याम्पस प्रशासन संग आक्रोशित हुलको पाइतालामुनी विद्यार्थीहरुको सिर्जना र अभिव्यक्तिको त्यो अंकुर ‘क्रियटिभ कर्नर’ मासिनु हुन्थ्यो र ?
 क्याम्पस प्रशासनले जे ग¥यो त्यो गलत थियो । विद्यार्थीहरुले लगाएको ताला विना सहमती खोल्नु हुदैनथ्यो । सधै राजनीतिमा रम्ने विद्यार्थीहरुको भिड यसपाला गैरराजनैतिक मुद्धा लिएर विशुद्ध विद्यार्थीको हकहितका लागि संघर्ष ग¥दै थियो । स्नातकोत्तर तहको विद्यार्थी भएको नाताले उक्त आन्दोलमा मेरो पनि सहमति छ । त्रि.वि.ले आन्तरिक मुल्याङ्कन प्रणालिलाई व्यवस्थित गर्नु सक्नुपर्दथ्यो । विद्यार्थीको मागको आधारमा नभई गुणस्तरको आधारमा अंक दिने प्रणालि बसाउन सक्नुपर्दथ्यो । आफुले व्यवस्थित गर्न नसकेपछि पुरै प्रणालि नै ठिक छैन भनि आन्तरिक मुल्याङ्कन प्राणालि हटाएर अगाडि बढ्न खोज्नु केवल ‘अष्ट्रीच’ ले समस्या पर्दा वा शत्रु आउँदा आँखा चिम्म गरेर बस्नु जस्तै हो । आफ्ना कमि कमजोरीले गर्दा विद्यार्थीको उज्वल भविष्यसँग खेलवाड गर्ने हक त्रि.वि. लाई छैन । यो कुरा त्रि.वि. प्रशासनले पनि स्वीकार्नुपछ । तर सचेत विद्यार्थीहरु आक्रमक हुलमा परिणत हुनु जायज थियो र ? जब व्यक्ति हुल बन्दछ अनि समाप्त हुन्छ सिमारेखा उसको व्यक्तिगत अस्तीत्वको । सकिन्छ उसको विचार, उसले त्याग्द आफु हुनुलाई र स्विकार्दछ भिडको तेज, जोश र गतिलाई । जव सामान्य व्यक्ति भिडको सम्पर्कमा पुग्दछ, रगत बग्ने उसको नसाहरुमा जोश र उन्मादका लहरहरु तरंगीत हुन्छन्। आणविक अस्त्रझै उ बन्दछ रापिलो अनि उसका अङ्ग उसैका काबुमा रहँदैनन् । मष्तिष्कले अर्धचेतन अवस्थामा साथ दिइरहेको हुन्छ अनियन्त्रित उसका हातहरुलाई, खुट्टाहरुलाई अनि बस् भिडले देखाउँछ तागत । सभ्यताको कठघरामा सबैभन्दा माथि रहेको मानवचोलाको पनि चरमोत्कर्षमा रहेको ज्ञानी विद्यार्थी बर्ग जव यहि भिडमा परिणत हुन्छ अनि शुरु हुन्छ असलि ताण्डब । अज्ञानी त अज्ञानले गल्ती गर्छ तर जब ज्ञानी नै ज्ञानको तेजलाई भिडभित्र दबाएर सिर्जना र कलामाथि धावा बोलिदिन्छ अनि मुकदर्शक हुनुसिवाय अन्य विकल्प रहदैन् रहेछ ।
 गलतकामको विरोध गर्नुपर्दछ । यो शास्वत सत्य हो । तर विरोधको स्वरुप र लक्ष्य निर्धारित हुनुपर्दछ । के का लागि विरोध र को प्रति लक्षित भन्ने चुरो बुझेरमात्र विरोधका लागि उठनुपर्दछ । देशविकास र भविष्यको स्वर्णीम सपना र आकांक्षा बोकेका हामी स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीहरुको भविष्यमाथि खेलबाड गर्न कुचेष्टा त्रि.वि प्रशासनले पनि नगरोस र हामि विद्यार्थी पनि विरोध गर्दा विद्यार्थी रहेर नै विरोध गरौ न कि भिडमा परिणत भएर । एउटा नराम्रो कामले अर्का नराम्रो कामलाई ‘जस्टीफाई’ गर्न सक्दैन । सबैलाई चेतना भया ।

सलाम सुन्दर नारीहरुलाई !

एउटा बालकका लागि सबैभन्दा पहिले नारीको परिचय भनेको आमा हो । उ आमा नामक नारीको कोखबाट यस धर्तिमा पर्दापण गर्दछ र त्यसपछि बिभिन्न चरणमा विभिन्न रुपमा उसको जीवनमा नारी हरुको प्रवेश हुन्छ । ममतामयि तथा वात्सल्यले ओतप्रोत महिलाको रुपमा उसले पाएको नारीको परिचयमा अझ बढि विशेषणहरु थपीन्छ । बढ्दै गर्दा उसको जिवनको परिदृष्यमा दिदी बहिनीको प्रवेश हुन्छ । अनि उसले स्नेह बुझद्छ । संगै खेल्ने साथी संगीको रुपमा नारीको प्रवेश हुँदा उसले सहयोग र सदभाव बुझद्छ । गुरुआमाको रुपमा नारीको प्रवेश हुँदा उसले ज्ञान, विचार र विवेक बुझद्छ । हुर्कदै गर्दा जिवनसंगीनीको रुपमा नारीको प्रवेश हुँदा उसले आड, भरोसा, हेरचाहा, माया र आत्मीयता बुझद्छ अनि छोरीका रुपमा उसको जिवनमा नारीको प्रवेश हुँदा वात्सल्यता र सामिप्यता बुझद्छ । यसरी पुरुष नारीको विभिन्न परिचय बोकेर बाँचिरहेको हुन्छ । हुनत हामीकहाँ नारीको परिचय का रुपमा रुप्।वती, सुन्दर, सहनशील, कोमल, दयावान अझ धेरै विशेषण हरु प्रयोग गर्ने गरिन्छ र ति मध्ये सुन्दरतालाई नारीको प्रमुख गुणका रुपमा लिने गरिन्छ । नारी सुन्दर हुन्छिन र सुन्दरता नारीको प्रमुख सम्पति पनि हो । इतिहास साक्षि छ नारीको रुप र सुन्दरताले विभिन्न समयमा भयंकर  परिवर्तनहरु तथा युद्धहरु अनि छलकपट र बेइमानीहरु जन्माएका छन् । चाहे त्यो हाम्रो पुर्विय सभ्यता होस वा पश्चिमी सभ्यता ।  ग्रिक र ट्रोय विचको भयंकर युद्धका पछाडी एफ्रोडाइट र हेलेन , आफ्नै कुलको विनाश हुने गरी भएको महाभारत युद्धका पछाडि सुन्दर द्रौपती र उनको रुप अनि त्रेतायुगका महापुरुष रामचन्द्र र लंकापति रावण विच भएको युद्धका पछाडि सिता । नारीको तिलस्मी रुपले  जब पुरुषलाई बशिभुत गर्दछ अनि  पुरुष बहादुर भएर विभिन्न साहसिक काम गर्ने गर्दछ भने नीरीह भएर अचेतन मनले भयंकर डरलाग्दा र विनाशकारी काम गर्न पनि पछि पर्दैन् ।
आज २१ शताब्दीमा आइपुग्दा सुन्दरता हेर्ने आँखा र बुझने मन अनुसार फरक पर्छ भन्दै आजको मानिस भौतिक सुन्दरताको पछाडि  दौडिरहेको छ । सुन्दरता भनेको  खाली बाहिरी आडम्बर र चमकधमक भनेर बुझिन थालिएको छ । अनुहार छोपिने गरी बेहीसावसंग दलिएको पाउडर र क्रिम, ओठभरी दलिएको रंगीविरगंी लिपिष्टीक, आखाँ माथि र तल दलिएका विभिन्न सौन्र्दय प्रशाधनका बस्तुहरु, विभिन्न प्रविधि लगाएर तन्काइएको कपाल , अर्धनग्न शरीर र बनावटी खिस्स हाँसो आज सुन्दरताको परिभाषा बनेको छ । सुन्तलाको सार भनेको स्वाद हो । त्यसभित्रको रस हो । सुन्तलाको प्रयोगले मानिसको स्वास्थ्यमा दिने फाइदा हो । सुन्तलाको बोक्रा हेरेर बोक्राको रंग हेरेर सुन्तलाको फाइदा र स्वाद तौलिनु मुर्खता मात्र हो । हामी हिजोआज पहेलो सुन्तला राम्रो । हरियो सुन्तला राम्रो, ठूलो सुन्तला राम्रो , सानो सुन्तला राम्रो भनेर सुन्तलाको आकार प्रकार र रंगमै भुलिरहेका छौ ।  कस्तो विडम्बना आजकल चिसो बुझन, शितलताको महशुस गर्ने र ताजगीको अनुभव गर्ने कोकाकोला चाहिने भैसकेको छ । चिसो भनेकै कोकाकोला भन्ने संस्कृतिमा हुर्किएको आजको मान्छे ले सुन्दरता भनेकै फेयर एण्ड लभ्ली भनेर बुझदा अचम्म मान्नु पर्दैन । दैलो पिच्छे खुलेका व्युटि पार्लरमा पसेर अनुहारका छाला तन्काउदैमा वा चाउरीपनालाई घटाउन रिंकल फ्रि क्रिम क्रिम दल्दैमा सुन्दर भइदैन । भौतिक सुन्दरता र शारीरिक आर्कषणलाई सुन्दरता भनेर बुझन थालिएको यो परिप्रेक्ष्यमा अब सुन्दरताको परिभाषा परिवर्तित हुनु अत्यन्तै आवश्यक भएको छ । नारी मृग नयनले होइन असल चिन्तनले राम्री हुन्छीन, बान्की परेको शारिरीक बनोटे होइन दृढ अठोटले आर्कषक हुन्छिन , लामो केशले होइन उनका कामले समाजमा दिएको असल सन्देशले उनको सुन्दरतामा सुगन्ध थपेको हुन्छ । सुन्दर मन, मेहनती हातहरु, क्लिष्ट विचार, सकारात्मक सोच र दृढ अठोट भएका नारीहरु को पौरख छरिनुपर्दछ, विचार बाडिनुपर्दछ, सोच प्रशारित गरिर्नुपर्दछ, विचारले विचार जन्माइनुपर्दछ अनि बल्ल सुन्दरताको कसीमा ति नारीहरुको सुन्दरता खरो उर्तने गर्दछ । सुन्दर नारीको खोजीमा ऐश्वर्या राय, एन्जिलना जोली र व्रिटनी स्पेयर्सको नाम जप्ने गरेको धेरै भयो अब त हामैै टोल छिमेकमा र समुदायमा विशिष्ट योगदान दिएर सबैको प्रेरणाका श्रोत बनेका नारीको सुन्दरताको प्रशंसा गरिनुपर्दछ । एच.आई.भि , एड्स अनि मृत्यु भन्ने समाजमा ब्याप्त धारणालाई एच.आई.भि, एड्स र जिवन  भन्ने नयाँ धारमा बगाएर आँकुरा भिलेजमा रहेर जिन्दगी संक्रमितको उद्धारमा लगाउने लक्ष्मी अधिकारी र महिला मञ्चमा रहेर काम गर्ने संक्रमितद्धय क्रमशः  लक्ष्मी अधिकारी र मिनाकुमारी श्रेष्ठको बैचारीक सुन्दरता र सेवाभाव कुनै सुन्दरीभन्दा कम छैन । हरियोखर्क अस्पतालमा रहेर लामो समयसम्म कुष्ठरोगीको सेवा गर्ने यशोदा राजभण्डारी र गरिब तथा विपन्न महिलालाई व्यवसायिक तालिम प्रदान गरेर सबल बनाउने महिला शिप व्यवसायीक तालिम केन्द्रकी  रामकली खड्काको सुन्दरताको तुलनामा अरु कोही रुपवति कहलीएकी सुन्दरी आउन सक्छिन र ? पर्यटन प्रवद्धनको क्षेत्रमा  काम गर्नें लक्की क्षेत्री वा बर्षौ देखी रातो रंग सङ्ग सम्बन्ध छाडेका एकल महिलाको रातो रंगसंग सम्बन्ध गास्न पहल गर्ने प्रमिला तझ्या, नारी सेवा केन्द्र मार्फत नारीको बृहत्तर हितका लागी काम गर्ने उषा बरुवाल वा खेलमार्फत राष्ट्रको गौरव र कृति बढाउन सफल मञ्जु गुरुङ्ग, साहित्यसेवामा अग्रसर सरस्वती श्रेष्ठ ‘प्रतिक्षा’ वा  पत्रकारीता मार्फत समाजमा सचेतना र सु–सन्देश फैलाउन क्रियाशिल दुर्गा भण्डारी अनि रिता गुरुङ्ग यि सबैको मानसिक सुन्दरता, नारीजाती र सम्पूर्ण समाज अनि राष्ट्रसेवाको दृढ अठोटले उनीहरुलाई विश्वका कुनै सुन्दरीभन्दा कम बनाएको छैन ।  समाज रुपान्तरणका लागि असल सन्देश फैलाउने हाम्रै टोल छिमेकमा लुकेर रहेका समाज र राष्ट्रको सर्वपरिहितमा खटेर लागीरहने यि तथा यस्तै अन्य सुन्दर नारी आकृतिहरुलाई बाहीर ल्याएर उनीहरुको क्षमताको कदर गरिनुपर्दछ । संसारलाई देखाइनुपर्दछ कि बास्तवमै सुन्दरताको सहि अर्थ यो हो । अनि उहाँहरुको योगदान र सेवाभावले क्षणिक भौतिक सुन्दरतालाई महान ठानेर सांसारिक दौडमा दौडिरहेको आजको युगको मानिसमाझ चेतना फैलियोस । १०० अन्तराष्ट्रिय नारी दिवसको शुभकामना । अनि सलाम यी तथा यस्तै बिचार, कर्म र सेवाका धनि सम्पूर्ण सुन्दरीहरुलाई । सुन्दर नारीहरुलाई ।