Tuesday, October 30, 2012

ब्ल्याकेन हृवाइट वर्तमान, रङ्गीन भविष्य


पुष्पा बस्नेतजी,
नमस्कार

केही समय अघि पत्रकार विजयकुमारको कार्यक्रम 'मेरो जिन्दगी, मेरो विश्वास'मा पहिलोपटक टेलिभिजनमार्फ तपाईसँग मेरो भेट भएको थियो । एउटा अलग्गै धारमा प्रस्तुत हुने उक्त कार्यक्रममा तपार्इँ र तपार्इँको सुन्दर अभियानको बारेमा पहिलो पटक जानकारी पाएको थिएँ । त्यसबेलादेखि आजसम्मको तपाईँको यात्राका लागि तपाईँलाई बधाई र भविष्यका दिनका लागि अग्रीम शुभकामना पनि !
सम्पन्न परिवारिक पृष्ठभूमिमा जन्मेका अधिकांश किशोरीहरूले झैं २१ वर्षो उमेरमा संभवतः तपार्इँले पनि आमाबाबुले किनिदिएको स्कुटरमा नक्कल-धक्कल गर्दै  दश जोड दर्ुइ कक्षा पढिसकेर सिनेमा हल र सपिङ्गमलबाट बचेको समयमा टोफेल वा आइ.एल.टी.एस. कोर्श सकेर र्फदर स्टडीजका नाममा यु.एस., क्यानडा, यु.के. वा अष्ट्रेलिया लगायतका अन्य मुलुकका लागि भिसा प्रोसेसिङ्ग वा अन्तर्वार्ताका लागि जानुपर्ने थियो । कि भने यो उमेरमा कुनै सुन्दर र सम्पन्न नवयुवकसँग प्रेम गरेर विवाह पश्चात नगरकोट, गोदावरी वा पोखरा घुम्न जाने सपना बुन्नुपर्ने थियो । करीअरलाई महत्व दिदैं राम्रा कम्पनी र र्फममा जागिरका लागि पहल गर्ने विकल्प पनि तपार्इँ सामु थियो । कुनै सपनाको राजकुमार सेतो घोडा चढेर लिन आउँछ र म उसँग विवाह गरेर त्यही सेतो घोडामा उसको मायामा हराउँदै संसार विचरण गर्नेछु भन्ने उमेर र विकल्पहरू हुँदाहुँदै यी सबै विकल्पलाई  थाती राखेर जेलमा विभिन्न अपराध गरेर वा परिबन्दमा परेर काराबासको सजायँ भोगिरहेका आमाहरूका ती सन्ततीहरू जसले  आफूले नगरेको अपराधको सजायँ पाइरहेका थिए तिनलाई खुला हावामा ल्याएर शिक्षा-दिक्षा दिने जुन काम तपार्इँले गर्न सुरु गर्नुभयो आजभन्दा सात वर्षअगाडि, त्यसलाई म एक दुःस्हासकै रुपमा लिन्छु । जेल सजायँ दिने ठाउँ भन्दा पनि सुधार गृह हो भनेर जतिसुकै भने पनि हामी रहने समाज र हाम्रो मानसिकताले जेल जीवन बिताएर खुला हावामा निस्केका व्यक्तिलाई त हेयभावले हर्ेर्ने गर्दछ  भने जेलभित्र सजायँ भोगिरहेका व्यक्तिलाई गर्ने व्यवहार र हर्ेर्ने दृष्टिकोणको हामी सबैले राम्रैसँग अनुभव गरेका छौं या कुन ड्रि्रीको व्यवहार रहन्छ भन्ने अनुमान लगाउन सक्छौं । 'बिऊँ गुनाको बालो, दूध गुनाको बुद्धि' भन्दै सन्तानमा अभिभावकको गुण र दोषको प्रत्यक्ष प्रभाव पर्ने हुँदा अपराधीका बालबच्चा पनि आपराधिक मानसिकता भएर जन्मन्छन् वा त्यस्तै कर्म अंगिकार गर्छन् भन्ने धारणा हाम्रो समाजमा व्याप्त पाइन्छ । वा भनौं हामी सजिलैसँग चोरको छोरो चोरै भएर निस्कन्छ नि भनेर राम्रो तर्क दिएझैँ गरी खुब गौरवान्वित बन्दछौं ताता बहसहरूमा । यी सबै परिस्थितिका बीचमा ती निर्दोष बालबालिकालाई अनेकौं पर्खालहरू फड्काएर बाहिर निकाल्न तपाईलाई कति गाह्रो भयो, कति लाञ्छना खेप्नुपर्‍यो वा कति हाँसोको पात्र बन्नुभयो अझ भनांै पुष्पा बस्नेतबाट ती अबोध नानीबाबुको पुष्पा मामुसम्मको कठिन यात्रा तय गर्ने सानो हिम्मतले पक्कै सम्भव थिएन । त्यो हिम्मतको म हृदयदेखि सलाम गर्दछु ।  
जेलमा पहिलोपटक सञ्चुमाया तामाङ्गकी छोरी बाहिर लगेर पढाउँछु भनी माग्न जाँदा तपाईँको उमेर सोध्ने जेलर र तपाईँको उक्त कार्यलाई बालापनको लहड भनेर परिभाषित गर्नेहरू आज कल्पदँैं होलान्, यी भित्रको त्यो दृढ निश्चय र र्समर्पण हामीले त्यतीबेला किन मुल्याङ्कन गर्न सकेनौ भनेर । तपाई एस.एल.सी.मा अनुत्तर्ीण्ा हुँदा  र कलेजबाट एक वर्षा लागि निष्कासित हुँदा तपाईको घाँटिमा असफलताको ट्याग झुण्डयाइदिनेहरू आज कि त तपार्इँको सफलतासँग जल्दा हुन या आफै आत्मग्लानीको ज्वालामा छटपटिइरहेका होलान् । केटाकेटीहरूलाई खुवाउने सामल नहुँदा आमाबाबालाई समेत थाहै नदिई हातको सुनको बाला बेचेर आवश्यक सामाग्री खरिद गर्नुभएकी तपाईका अभिभावक आज त्यो सुनको बाला बेेचेको थाहा पाउँदा कति चौडा छाति गरेर मन मनै सोच्दा हुन् त्यो सुनको बाला बेचेर मेरी छोरीले उनकै छिमलहरूले झैं लागूऔषधको सेवन वा ब्युटीपार्लरमा खर्च गरिनन् ।
समयहरू चुनौतिहरूमात्र लिएर आउँदैनन, संभावनाको कीरण पनि साथमा ल्याउँछन् । विगतको झ्यालबाट निस्केर वर्तमानको बाटोमा संर्घष्ा गर्दै गर्दा जसले भविष्य चढ्ने भर्‍याङ्गको कल्पना गर्न सक्छ सायद त्यसले मात्र सफलताको रसस्वादन गर्न पाउँछ । देशको राजनैतिक अस्थिरता, बेरोजगारी र कुथितीलाई दोष दिएर विदेश पलायन हुन खोज्ने र 'भिसा लाग्न नसकेका हरूमात्र नेपाल बस्छन्' भनेर खिल्ली उडाउँदै ग्रिन कार्ड वा पि.आर. -परमानेन्ट रेसिडेन्सी)का लागि आवेदन दिने लाखांै नेपाली युवाका लागि तपाई ठूलो प्रेरणाको स्रोत बन्नु भएको छ । देशमा केही भएन भनेर सिकायत गर्नुभन्दा केही गर्ने इच्छाशक्तिले निस्वार्थ भावमा आफनो कार्यमा अगाडि बढ्दै गयौ भने वरपरकाले मात्र होइन धेरै परकाले समेत त्रि्रो कामको कदर गर्नेछन् भन्ने कुरा तपाई सि.एन.एन. हिरोका लागि मनोनयन भएबाट प्रमाणित भएको छ । मेरो बुबा कुनै बेला मलाई सम्झाउनुहुन्थ्यो , 'फूलको बासना वरिपरि, मानिसको बासना डाँडापारी' आज त्यही डाडाँपारीसम्म तपाईको कामको सुवास फैलिएको छ  । तपाई भोलि सि.एन. एन. हिरो बन्नु वा नबन्नु गौण कुरा हो किनभने यो पूनित कार्य शुरु गर्दा तपाईसँग न ढाडस दिने हातहरू थिए, न समाजको साथ, न कुनै आर्थिक स्रोत, न संस्थागत बलियो आधार, न उद्देश्य थियो ठूलो प्रचारप्रसारको, न चाहना थियो सम्मानको, न कदर नै थियो तपाईँको त्यो आत्मविश्वासको । तैपनि अविराम अविछिन्न अठोट, निश्चल अनि पवित्र मात्र एउटै ध्येयः ती बालबालिकाको उन्मुक्ति, त्यो बन्धनबाट, त्यो अन्धकारबाट उज्यालोतर्फ। त्यो अभिष्ट पूरा हुनु, आज थुप्रै मानिसको साथ पाउनु आफैमा कुनै ठूलो सम्मान भन्दा कम छैन । अँध्यारो काराबासबाट उज्यालो वर्तमान अनि सुनौलो भविष्यतर्फलम्कदै गरेका ती सबै केटाकेटीको भविष्य तपाईको प्राप्ति हो र सबैभन्दा ठूलो पुरस्कार । तैपनि सि.एन.एन. हिरोमा तपाईको मनोनयले अझ तपाईको त्यस निस्वार्थ सेवाको ठूलो कदर गरेको छ, ती अबोध बालबालिकाको निष्कपट हाँसोको सम्मान गरेको छ अनि सम्पर्ूण्ा युवा पिढिंलाई फरक सोंचका साथ अगाडि बढन प्रेरणा दिएको छ ।
तर यात्रा यतिमै अन्त्य हुने पनि होइन । तपाईले शुरु गर्नुभएको यो अभियान बालबालिकाका क्षेत्रमा काम गर्ने अरु थुप्रै एन.जि.ओ.,  आइ.एन.जि.ओ.का झै -केही संघसंस्थाले उल्लेख्य काम नगरेका पनि होइनन) काम गरेको जस्तो देखाउने र निजी व्यवसाय चलाउने थलो नबनोस् । तपाईको अविछिन्न कार्यगतिमा ब्रेक नलागोस् । आजसम्म प्राप्त सफलताले कार्यमा जोशजाँगर थपोस् । कम्तीमा आमाबाबुले अपराध गरेका कारण सन्तति शिक्षा एवं अन्य स्वास्थ्यमूलक वातावरणमा हर्ुकन पाउने अधिकारबाट बञ्चित भई कुण्ठीत जिन्दगी बिताउन नपरोस्  । पुष्पा बस्नेत एउटा नाम होइन, अभियान बनोस् । अभियान समुन्नत नेपालको निर्माणको, अभियान आजका बालबालिकाको सुन्दर बर्तमान र सुनौलो भविष्यको, अभियान समाज सेवामा युवा सक्रियताको, अभियान र्समर्पणको, अनि आजकलको चलनचल्तीको शब्दमा भन्ने हो भने अभियान अग्रगामी परिवर्तनको । तपाईलाई सतत शुभकामना !
जेलका सेता भित्ता र काला फलामे डण्डीको ब्ल्याकेन हृवाइट आयातनबाट बाहिर निस्केर ती अबोध शिशुहरूले सपना र खुसीका रगंहरू पोतेर आफ्नै जिन्दगीको क्यानभासमा बनाएको त्यो रंगीन भविष्यको चित्र साँच्चै कति लोभलाग्दो होला ! भोलिको भविष्य तिनै रंगीन चित्रहरूको हो । ती चित्रहरूलाई पनि शुभकामना !

तपाइको शुभचिन्तक
उपेन्द्र प्रसाद पौडेल, पोखरा


0 comments:

Post a Comment