This is default featured slide 1 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 2 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 3 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 4 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

This is default featured slide 5 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.

Wednesday, August 20, 2014

अध्यक्षीय मन्तब्य


मञ्चासिन तथा मञ्चाभिमुख सम्पुण महानुभावहरु

नमस्कार

३६५ दिन, ९७५ ओटा एस.एम.एस, १०२२ वटा इमेल, लगभग ५०० को संख्यामा फोन कल, २३ नियमित बैठक, ११ बोर्ड बैठक, ५ जोनल मिटिग, २ वटा साधारण सभा ४ वटा डिष्टिक कार्यक्रम, १३५० कि.मीको यात्रा, २१ वटा क्लबले गरेका कार्यक्रम, लगभग २००००० रुपैयाँ बजेट अनि केही फेलोसिप कार्यक्रम, 

अंक गणितमा बर्ष २०१३/१४ लाई हेर्ने हो भने यि र यस्तै संख्याहरुको जोडघटाउ आउँदो रहेछ तर अंकगणितीय हिसाबले मात्रै हेर्नु अन्याय पनि हुने रहेछ । बर्ष २०१३/१४ लाई भावात्मक तबरले हेरयो भने एक बर्षभित्र एउटा अलग्गै जिन्दगी भोगेको महशुस हुँदो रहेछ । 

मित्र अनिल खड्काले रोट¥याक्ट क्लबको पहिलो बैठकमा लिएर आउँदा दाई निर्देशन कुमार चुल्याजु अध्यक्ष हुनुहुन्थ्यो र अध्यक्षको कुर्चिबाट मिटिग चलाईरहनुभएको थियो । बस त्यतीबेलै बनेको थियो एउटा सपना । यस क्लबको अध्यक्ष बन्ने । अध्यक्ष बसेको कुर्चि बाहिरबाट हेर्दा आरामदायी गददा हालेको देखिएको थियो । त्यतीबेला लागेको थियो अध्यक्ष हुनु भनेको खादा, सम्मान आसन ग्रहण, प्रशंशा जोश, जाँगर उत्साह र हैकम हो । तर आज ठिक ७ बर्षपछि आफै अध्यक्ष भएर निवर्तमान हुने तयारी गरिरहँदा बल्ल अनुभुत हुँदैछ अध्यक्ष हुनु भनेको त्यती मात्रै होइन रहेछ । अध्यक्ष हुनु भनेको कयौ सोच्दै नसोचेका कुरा सोच्नु, भोग्दै नभोगेका कुरा भोग्नु र चिन्तन गर्न आवश्क छैनन् भन्ने कुरा चिन्तन गर्नु रहेछ । 

अध्यक्ष हुनु भनेको 




१) बैठकको अघिल्लो रात 

भोलि बैठकमा कति जनाको उपश्थिती रहलान ? 

२) कार्यक्रमलाई छुटयाएको बजेट पुग्ला ?

३) सचिवज्यू रिपोर्ट तयार भयो ?

४) कोषाध्यक्ष ज्यू डिउज उठयो ? विज्ञापनको पैसा कति उठन बाँकी छ ?

५) भोलिको कार्यक्रम छ । झमझम पानि परेर कार्यक्रममा कोही आएनन भने चाही के गर्ने होला ?

६)प्रमुख अतिथी आइदिएनन भने के गर्नु होला ? 

७) फलानो व्यक्ति मिटिगमा नआएको ३/ ४ हप्ता भयो , किन नअाउनुभएकाे होला ?

८ क्लबको प्रतिष्ठा र सामाजिक सेवाको भावना उचो बनाइराख्न यो कार्यकालमा के नयाँ गर्न सकिएला ? 

जस्ता अनेकौ प्रश्नको समाधान र उत्तर खोज्नु पनि रहेछ र बर्ष २०१३ १४ मा म अन्य यस्तै यस्तै थुप्रै प्रश्नहरुको उत्तर साथीहरुसंग मिलेर खोज्ने प्रयार गरियो ।


रोटरी बर्ष २०१३ १४ मा केही पुराना कुरालाई निरन्तरता दिँदै केही कामहरु अझ रचनात्मक तबरले गर्ने प्रयास गरियो । यस बर्र्ष पर्वतको माझफाँट गा.वि.स.का १५० जना दलित विद्यार्थीहरुमाझ मुख स्वास्थ्यको सचेतना गराउदै निशुल्क टुथपेष्ट व्रस वितरण र दाँत माझने प्रतियोगिता एवं दाँत शिविर होस वा अन्तराष्टिय आप्रवासीहरुको हक हितको सवालमा यूवा दिवसको कार्यक्रम होस, वृदाश्रममा सोलार कुकर वितरण होस वा अनुसन्धानमा संलग्न विद्यार्थीहरुलाई गुगल स्कलर तालिम होस, गाउँफर्क प्रावि.मा विद्यार्थीहरुलाई स्टेसनरी वितरण होस उपलब्ध श्रोत र साधनको अधिकतम उपयोग गर्दै हामीले सामाजिक सेवा तथा सदस्यहरुको वृत्ति विकासका लागि सक्दो जुटिरहयौं । समुदाय र आफैमा मात्रै होइन हामी यो बर्ष आफनै परिवारमा पनि रोट¥याक्ट गतिविधि लिएर प्रवेश गरयोैं । सधै मनाउँदै आएको तिज हामीले यस बर्ष श्रीमान गुमाएका एकल महिला दिदीबहिनीहरुको माइति बनेर तिजमा दर खुवाउने कार्यक्रम गरयौ अनि त्यसै गरी माता तिर्थ औंसीको दिनमा क्लबका सम्पूर्ण सदस्यका आमाहरुलाई एकैठाउँमा भेला गरेर आमा औसीं भनेको एक प्याकेट मिठाई, एक किलो फलफूल र केही रुपैया मात्रै होइन, भावना र संवेदनाको असिम अनुकम्पा पनि हो भन्ने सन्देश बाँडिरहयौं । 

आर.आइ ३२९२ कै इतिहासमा पहिलोपटक रोट¥याक्ट क्लबहरु समेत आयोजक रहि जोन फोर का सबै रोट¥याक्ट क्लब हरु र रोटरी क्लब अफ पोखरा न्यूरोड मिलि हामीले ५ दिने रोटरी यूथ लिडरसिप अर्वाड (राइला) आयोजना गर्न सक्यौ यसै बर्ष । पोलियो शुन्य अवस्थामा नेपाल प्रवेश गरेको छ । हामी सबैलाई बधाई । हाम्रो संयुक्त प्रयासले संभव भएको पोलियो शुन्य अवस्थाको शुखद घडिमा आफनो कार्यकालमा योगदान दिन पाउँदा गौरवान्वित महशुस भैरहेछ । आर.आइं प्रेसिडेन्ट रोन डि बर्टन को थिम Engage Community Chage Lives  सफलिभूत पार्न योगदान दिएको भन्दै यसै बष आर.आइं प्रेसिडेन्ट रोन डि बर्टन र डिष्टिक्ट गर्भनर दिलेन्द्र राज श्रेष्ठको हस्ताक्षर अंकित प्रेसिडेन्सीय साइटेसन अवार्ड क्लबले प्राप्त गरेकाले पनि मानविय सेवामा अझ समर्पित भएर लाग्न प्रेरणा मिलेको अनुभुति भएको छ ।


यि सबै कार्य एक्लैले पक्कै सम्भव थिएन । क्लबका हरेक सदस्यहरुको सहयोग साथ र सदभावले मात्रै यि सबै कामहरु संभव भएका थिए । त्यसैले सम्पूर्ण सदस्य साथीहरुलाई म हृदयदेखी आभार प्रकट गर्न चाहान्छु । क्लबका पूराना सदस्य साथीहरुको योगदान त छदै छ केही नयाँ सदस्यहरुले पनि यस बर्ष धेरैनै सहयोग गर्नुभयो । मैले यसो भनिरहँदा यहाँहरुमध्ये जसलाई यो सम्बोधन भित्र म पनि पर्छु भन्ने लागिरहेको छ वहाँहरु सबैलाई पनि फेरी एकचोटी धन्यवाद

जोन फोरका सबै रोट¥याक्ट क्लबका अध्यक्ष साथीहरुले पनि कार्यकाल सफल बनाउन उत्तिकै सहयोग र सदभाव व्यक्त गर्नुभएको छ । मुरी मुरी धन्यवाद वहाँहरुलाई पनि

जेड आर आर सृजना भुर्तेल र जेड एस. विनोद आचार्य, तपाईहरुको सहयोग सदा याद रहिरहनेछ । 

आफनै होम क्लब रोटरी क्लबका सम्पूर्ण सदस्यहरु एवं भर्खर निर्वतमान हुनुभएका माइकल सर । हाम्रो होस्टे मा यहाँहरुले हैसे नभनिदिनुभएको भए यो संभव थिएन । रोटरी रोट¥याक्ट को पार्टनर इन सर्भिस को भावनालाई सहि अर्थमा यस बर्ष हामीले हाम्रो प्यारेन्ट क्लबसंग उपभोग गरयौं । 

यसैगरी धन्यवादको पात्र हुनुहुन्छ पोखरा स्थित सम्पूण रोटरी क्लबका अध्यक्षहरु । राइला सहआयोजनाका अवसरका लागि रोटरी क्लब अफ पोखरा न्यूरोड एवं शुवास सिग्देल दाईलाई धन्यवाद

एम. ए. वि. एड. एल.एल. वि सम्मको अध्ययनका क्रममा पाठयपुस्तक तथा विविध गरी लगभग १५० केजी किताबको अध्ययन गरियो होला । जिवनका चौविस बसन्त लगाएर त्यती धेरै मोटा र गहुँगा पुस्तकले मलाई जे सिकायो जति ज्ञान दियो लगभग २५० ग्रामको यो अध्यक्षको कोलार ले एक बर्षमा लगभग त्यतीनै ज्ञान र अनुभव दिएको छ मलाई । 

अब केही मिनेटमै म अध्यक्ष बाट निवर्तमान अध्यक्ष हुनेछु आज अर्का एउटा कुरा पनि अनुभव हुँदैछ । सधै कुर्चि छोडन नचाहेकोमा हामी नेताहरुलाई गालि गथ्यौं तर कर्चि र पद छोडन गार्है हुँदो रहेछ ।। एक मन त लागिरहेछ केटाकेटीमा जब केही कुरा दिन मन हुन्न अनि अञ दिन्न भनेर जिदी गरेझै यो कोलार र अध्यक्षको जिम्मेवारी सुवासजी लाई नदिउ । कुदौं बाहिर बाहिर । तर सुवासजि जस्तो योग्य र जिम्मेवार साथीलाई अध्यक्षीय जिम्मेवारी सुम्पन पाउँदा ढुक्क लागिरहेछ । शुभकामना सुवासजि र यहाँको टिमलाई । 

धन्यवाद दिन धेरै बाकि हुनुहुन्छ । 

अध्यक्ष हुनु भनेको कहिलेकाही अलि फरक निर्णय लिनु पनि रहेछ । कहिलेकाही फरक निर्णय लिन क्रममा कसैलाई नराम्रो लागेको भए बुझिदिनुहोला त्यो व्यक्तिगत नभएर संस्थागत हितका लागि लिइएको निर्णय थियो । It was nothing personal but totally professional. 

यतिबेला म स्मरण गर्न चाहान्छु मेरो आमा सरस्वती पौडेल र बुबा स्व. चिरञ्जीवी प्रसाद उपाध्याय लाई । उहाँहरुको सदमार्गप्रतिको प्रेरणा दिर्घजीवि रहयो । त्यसैगरी धन्यवाद मेरो अर्धागीनी पदमा र छोरी आभा प्रति जसको जिवनको कयौ अमुल्य घण्टाहरु रोटरयाक्टका लागि मैले कहिले मागेर कहिले विना सुचना लिएको छु र बदलमा उल्टो भरोसालाग्दो काँध र निश्चल हाँसो पाएको छु । 


सन्त कविर भन्छन

बुरा जो देखने चला मे बुरा ना मिला कोही

अपने अन्दर झाँकके देखा तो मुझसे बुरा ना कोही


बर्ष २०१३/१४ मा जे जती राम्रा कामहरु सम्पन्न गर्न सकियो ति सबैका लागि क्लबका सम्पूर्ण सदस्य र सम्बिन्धत सबैमा म त्यो श्रेय बाडन चाहान्छु र यदि केही गल्ती कमि कमजोरी भएको भए अध्यक्ष हुनुको नाताले त्यसको सम्पूर्ण जिम्मेवारी म एक्लैले बहन गर्न चाहान्छु । 

धन्यवाद सबैमा यतिबेलासम्म मलाई सुनिदिनुभएकोमा

कवि रोबर्ट फ्रस्ट भन्छन

The woods are lovely dark and deep
But I have promises to keep
and miles to go before I sleep
and miles to go before I Sleep.

Thank You Everyone 

१२ जुलाई २०१४
हाेटल फुलवारी रिसाेट, पाेखरा

Friday, February 14, 2014

भ्यालेन्टाइन डे नं १७

भ्यालेन्टाइन डे नं १

हैन बैश पो चढेछ गाँठे । उसले सोच्यो । अघिल्लो वर्षसम्म उसलाई बाल दिवस, शहिद दिवस, प्रजातन्त्र दिवस आदिका बारेमा मात्रै थाहा थियो । पढाउन पनि त यहि मात्रै पढाएका थिए नि माष्टरहरूले कक्षामा । बुढाहरूले भन्दा पनि भनेनन् यस्तो दिवस नि हुँदो रहेछ । हुनत ती बूढाहरूलाई थाहा नि हुन परो नि । फेरी नेपाली गतेमा होइन फेवु्रवरी १४ मा रे । सुन्दै कस्तो रमाइलो, काउकुती लगाउँदो ।  खै मन परेकालाई प्रस्ताव पनि राख्छन रे अनि नाई भन्न नि पाइन्न रे । ए गाँठे कस्तो छाडा दिन रहेछ ? त्यो बर्षे पहिलोपल्ट भ्यालेन्टाइन डे का बारमा सुनेको थियो उसले ।

भ्यालेन्टाइन डे नं २

कम्ता पूर्व तयारी थिएन उसको यो साल । पत्याउनुभएन ? अघिल्ला बर्षको पुराना कापी किताब मधिशे भैयालाई बेचेर ४५ रुपैयाँ जम्मा पारेको थियो उसले । अनि अघिल्लो दिन बेलुका मात्रै बजार झरेर एउटा ग्रिटीङ्ग कार्ड र अत्तर छर्केको गुलाफको फूल किनेको थियो । आजसम्मकै सबैभन्दा राम्रो मेहेनत गरेर उसले कार्डको वीचमा एउटा पानको पातलाई तिरले छेडेको चित्र बनाएर दुबैतिर नाम लेख्ने ठाँउ खाली छोडयो । कारण उम्मेदवार मध्येका कुनचाहीलाई छनौट गर्ने भन्ने अलमलमा थियो ऊ । आफूसँगै ९ कक्षामा पढने घरछेउकी बिमला, हेडसरकी छोरी सुष्मा, रमेशकी बहिनी कला वा पल्लो गाउँबाट पढन आउने लप्टन बा की छोरी राधा । राम्री त हेडसरकी छोरी सुष्मा पो हो त । तर बूढाले थाहापाए वित्याँस पर्छ । पढन पनि त परो नि । बा ले मार्दैनन स्कूलबाट निकाले । होस राधालाई दिन्छु । राम्री पनि छ अनि लप्टन बा घरमा पनि छैनन् । सुरक्षित गन्तब्य लाग्यो उसलाई । उसमाथि लप्टनको ज्वाइ । उस्तै परे भोलिपर्सि बुढाले सलुट पो हान्न बेर मान्दैनन् । मनमनै निकै पुलकित भयो ऊ । बडो जतनसाथ मायाको सामाग्री झोलामा बोकेर सधैभन्दा अलि छिटो स्कूल हिँडयो  । बाटोमा विष्णे भेट्टियो । गफै गफमा झोलामा धाप मार्ला र फूल कुच्चेला भन्ने कत्रो पिर । साँच्चै राधा कम्ती राम्री लागेन उसलाई त्यो दिन झन् । मनमनै दंग परयो । खाजा घण्टीमा राधा नजिक पुगेर दिउँ भनी नजिक पुगेको मात्रै थियो एकहुल केटाकेटी कक्षामा छिरे । आहो कस्तो ढिला भयो । त्यो दिन भर उसले सहि मौका खोजी रहयो तर राधालाई एक्लै भेटदै भेटेन् । आफैले एकान्तमा बोलाउन त आँट नि हुन परयो नि । छुट्टीको घण्टी लाग्यो । अहँ तर मौकै मिलेन । राधा साथीहरू संग विस्तारै घरतिर लागी । ऊ दोबाटो नछुटुन्जेल पछि पछि । घर पुगेर विस्तारै उस्ले त्यो कार्ड र गुलाफ खाटको पत्रामा घुसायो । अहिले सोच्छ । नदिएको ठिकै भएछ । मोरीको त्यही विष्णेसँग लभ रैछ । 

भ्यालेन्टाइन डे नं ३

स्कूलको अन्तिम बर्ष कक्षा १० । यो साल पनि भ्यालेन्टाइन डे मा प्रस्ताब नराखे उसले पूरा स्कूले जीवन खाली विताएको याद सधैभरी बोक्नुपर्ने थियो । यो पाला उसले प्रेमपत्र कोर्ने विचार गरयो । उम्मेदवार थिई रञ्जीता । हाँस्दा गालामा खाल्टा बस्ने, लजाएर भुतुक्कै पार्थी मोरीले । ‘प्यारी ंरञ्जीता, हिमाल भन्दा अग्लो र सागर भन्दा गहिरो माया तिमीलाई’ प्रेमपत्र लेख्न सिकाउने किताबबाट पहिलो हरफको नाम बाहेक अरु जस्ताको तस्तै सारयो उसले । अनि विचमा के के लेख्यो कुन्नी तर ‘उही तिम्रो जनमभर माया गर्ने विरु’ ले चिठीको अन्त्य गरयो । ऐया ! ! ! ! च्वास्स सियोले चौर औला घोचेर B+R पनि लेख्न भ्यायो आफनै रगतले । लौ तयार भयो प्रेमपत्र । आँटी छोरालाई बाघले पनि खाँदैन । खाजा छुट्टीमा स्कूल पछाडीको समिको बोटमुनी बोलाएर थमायो उसको मुटु रञ्जीताको हातमा । ऐया ! ! ! ! ! ! ! विहान सियोले घोचेभन्दा धेरै दुख्यो । ‘मुर्दार’ भन्दै धुजा धुजा पारिदीई उसको मुटु उसकै अगाडि रञ्जीताले । पख !  हेडसरलाई नभने । लौ मारी मोरीले । बेलुका घर जाने बेला हेडसरले अफिसमा बोलाए । भारी मन लिएर अफिस छिरे । एक्लै रचन हेडसर । ठिकै भो गाली गरेको अरुले सुन्ने भएन । सुन !  हेडसरले सधैझै कडा स्वरमा भने बालाई भन्दिनु । हाम्रा घरतलका रामदत्तेले भैसी बेच्न खोज्दैछन् । तेरा बाले भैसी किन्न खोज्दैथे । कम्ता सास पलायो मलाई ? कमसेकम चिठी च्यातेपनि हेडसरलाई त भनेकी रैनछ रञ्जीताले । माया त गर्छे के । 

भ्यालेन्टाइन डे नं ४

कलेज पढन शहर झरेको बर्ष थ्यो त्यो । कलेजका साथीभाई जम्मा भएर शान्ति स्तुपा घुम्न जाने सल्लाह थियो उनिहरूको । उसहित ४ जना केटा र पाँच जना केटी समुह निक्लेको थियो स्तुपाको लागि । उक्लदै जाँदा कहिले अघि त कहिले पछि । भिडमै पनि कस्तो आँखा जुध्न सकेको ? यो पो हो त मन संग मनको नाता । के के का मात्रै कुरा गरेनन उनीहरूले । पढाई, करियर, भविष्य ओहो । लाग्यो शान्ति स्तुप कहिल्यै नआइपुगोस । माथि पुगेपछि तल पोखरा हेरे । उसले उनको आँखाबाट र उनले उसको आँखाबाट । कसम यसअघि उनीहरूलाई पोखरा त्यती राम्रो कहिल्यै लागेन । रानीबनको बाटो फर्केदै गर्दा हात समाएर उसले भन्यो आइ लब यु । लजाउँदै उनी हासिन् । यति सुन्दर मुस्कान थियो कि ऊ बताउनै सक्दैन । अब पो रेल लिगमा आइपुग्यो उसले सोच्यो । अनुभवको कमिले होला, पहिलो मायाँ धेरै महिना टिकेन् । न कुनै विशेष भावनाले पलाएको माया थियो त्यो र न छुटिनलाई कुनै विशेष कारण नै चाहियो । 

भ्यालेन्टाइन डे नं ५

अर्को भ्यालेन्टाइन् डे सम्झन्छ ऊ । कम स्याँ स्याँ सास बढेको थियो उनीहरूको त्यो साल । रुपा सँग अफेयर थियो उसको त्यो साल । कम थाकेका थिए दुबै भ्यालेन्टाइन डे का दिनमा ? गलत नसोच्नुहोस् । पार्कमा एक अर्काको टाउकोमा टाउको अड्याएर गफ गरिरहेका बेला धेरैजसो प्रेम दिवसको वरीपरी सुरु हुने प्रहरीको ‘अपरेसन मायापिरती’ मा परेका थिए उनिहरू । भ्यालेन्टाइन डे ले साँस्कृतिक विचलन र विकृती ल्याएको भन्दै पार्क तथा रेष्टुरामा आपत्तिजनक क्रियाकलापमा संलग्न जोडिलाई पक्राउ गर्ने आदेश थियो माथिको । सायद प्रहरीको त्यस दिनको कोटा पुगेको रैनछ् । पार्कमा गफ गरिरहेका उनीहरू पनि परे निशानामा । अहो कति भागे त्यो दिन उनीहरू । धन्दै समातेको पुलिसले । ‘असत्तीहरू । मायाप्रेमका दुश्मनहरू । के गरेका थियौै र हामीले ? पार्कमा बसेर गफ गर्न नि नपाउनु? आफ्नी छोरी पोइला गई होला अनि अरु माया गर्ने जोडीलाई रिस पोख्छन डण्ठेहरू’ । साँझ महेन्द्रपुल हुलाकपछाडीको ठेलामा  पानीपुरी खाँदै उनीहरूले खुब गाली गरेका थिए प्रहरीलाई ।

भ्यालेन्टाइन डे नं ६

सायद वारेन्टी विना नै आउने भएर होला अक्सर एक बर्ष भन्दा धेरै टिकेन उसको माया पिरती रुपासँग । तर यो बर्षको भ्यालेन्टाइन डे अझ खास थियो उस्का लागि । ४ महिना भयो उसको रिनासंग लभ परेको । अझ भर्खरै नयाँ जागीर शुरु गरेकाले सानोतिनो उपहार किनिदिन पनि समस्या थिएन् । भ्यालेन्टाइन डे का दिन उस्ले विहानै रिनालाई चोकको क्याफेमा बोलाएको थियो । किशोर कुमारको लभ सङ्स को सिडी र क्यासीयोको हाते घडीको बक्सा हातमा थमाउदै पुरै भावना ओठमा उतारीदिएको थियो उस्ले । कम भावुक भएकी थिइ रिना ? दिउसो घुम्न जाने र बेलुका सँगै डिनरको प्रस्ताव पनि थियो । भ्यालेन्टाइन डे कै दिन छुट्टीलिँदा अलि अफ्ठयारो हुने भएकाले अघिल्लो दिनको लञ्च आवर देखीनै उ विदामा थियो । दिउसो डेभिज फल परिसरमा प्रेमलिन हुँदै बेलुका नटि नट्समा डिनर । साँच्चै कम रमाइलो थियो त्यो क्षण । आफनो कमाई हुँदाको आनन्द पनि त थियो नि त्यो । बेलुका रिनालाई छोडन जाँदा रिनाको कोठाबाहिर पुगेर सोध्यो कफि खुवाउँदिनौ ? ऊ अझै सम्झन्छ, कफि खान रिनाको कोठामा छिरेको ऊ रिनाको अस्पष्ट ‘नाईँ नार्इँ’  र उसको ‘केहै हुँदैन के’ मा उसको ‘केही हुँदैन’ले जितेको थियो मध्यरात र त्यसपछि विहान सम्म ।

भ्यालेन्टाइन डे नं ७

यो प्रेम पनि कस्तो । कस्तो मादकता, कस्तो खुसी अनि सँंगसँंगै कस्तो मिठो पिडा , यो सालको भ्यालेन्टाइन डे को वरिपरी कति तनाव थियो । माया त यथावत नै थियो तर तनाब पनि उत्तिकै । विच विचमा रिनाको नाई नाई लाई उसको केही हुँदैन ले पटक पटक र कयौं पटक जितेको एक बर्ष भएको थियो तर सँगसँगै अर्का दुई महिना भएको थियो रिनाको महिनावारी नभएको । प्रत्येक भेटमा रिना निन्याउरो अनुहार लागउथी अनि ऊ सम्झाउथ्यो । Don’t worry. Everything will be okay तर रिना के महशुस गर्थी त्यो त ऊ कसरी बुझन सक्थ्यो र ? अव त अति भयो । भ्यालेन्टाइन डे का दिनभन्दा अघिल्लो दिन डाक्टर देखाउन गए उनीहरू । क्लिीनिक वालाले नाम सोध्यो । फर्जि नाम र ठेगाना बताएर डाक्टर देखाउने चाँजोपाँजो मिल्यो । तपाईको समस्याः महिनावारी भएन । तपाईहरूको सम्वन्ध ः साथी साथी । बस डाक्टरलाई बुझन काफी थियो । यूरिन टेष्टका लागि स्याम्पल लिएर भोलि रिपोर्ट लिन बोलायो डाक्टरले । रात झिमिक्कै नगरी कट्यो । भोलिपल्ट ल्याबवालाले रिपोर्ट लिएर डाक्टरलाई देखाउन भन्यो । पढेको अंग्रेजी काम लाग्यो । रिपोर्टमा ‘नेगेटिभ’ लेखेको पढन खासै गाह्रो भएन । लामो सास लिए दुबैले त्यतीबेला जब डाक्टरले युरिन इन्फेक्सनले यस्तो भएको र आत्तिनु नर्पेन  भन्दै केही औषधी थमायो । रामोराम डेमोक्लेसको तरवार हट्यो । 

भ्यालेन्टाइन डे नं ८

ओ दाई एक क्वाटर खुकुरी रम । भ्यालेन्टाइन डे नं ८ मा उसले बोलेको पहिलो बाक्य थियो यो । साला संसार धोकेबाज छ । उसले सोच्यो । कम्ता माया गर्थे उसलाई । **** खुब माया गर्छु भन्थी मलाई तर एक चोटी हुन्न भन्न नि सकिन । कस्ती खत्तम रैछ हे । ३ महिना अघि अमेरीकाको डि.भी. परेको केटासंग परिवारको करले विवाह गरेकी उसकी पूर्व प्रेमीका रिनालाई मनमनै गालि गर्दै थियो ऊ । विदेश जान पाएपछि खुरुक्कै हुन्छ भनिछ । सब नाटक रैछ् । सब देखावटी रैछ् । प्रत्येक घुटकीसँगै उसले खुब गाली गरेको थियो रिनालाई । यो पैसाले स्याण्डल किन्देको भए कति खुसी हुन्थी ? फेरी स्याण्डल फेरी फरी लगाउने सोख पनि त थियो त्यसको रक्सीको पैसा तिर्दै गर्दा उसले सोच्यो । त्यस दिन उसले खुब पियो अनि साँझपख ड्याम साइडको पार्कमा बसेर रानीबन तिरबाट झरदै गरेका जोडिलाई चर्का चर्का स्वरमा गाली पनि गरेको सुनिन्थ्यो । 

भ्यालेन्टाइन डे नं ९

कतिञ्जेल नसम्हाल्नु आफूलाई ? केही समयपछि करै लाग्यो सम्हाल्न । रिनासंगको विछोडको लगभग ७ महिनापछि उसको जिवनमा नयाँ आयाम बनेर आइन सृष्टि र यसपाला उनको प्रस्ताव स्वीकार गरयो उसले । पुराना स्मृतीहरूलाई उसले सकेसम्म शेयर गरेन सृष्टिसंग । आफनै अनुभव बाट उसले सिकेको थियो मनग्गे पाठ । प्रेम धेरै समयसम्म लम्ब्याउनु ठिक हुँदैन । अनि सृष्टीसंगको छोटो प्रेमलाई बैवाहिक सम्वन्धमा परिणत ग¥यो । विहेपछिको पहिलो भ्यालेन्टाइन डे थियो त्यो । विहानै आखाँ खोल्दा अगाडी टेबलमा ह्याप्पी भ्यालेन्टाइन डे लेखेर राखिएको थियो । अनि संगै एउटा प्याकेट । खोलेर हेरयो । माछाको जोडीले चुम्वन गर्दै गरेको एउटा गज्जबको सजाउने बस्तु थियो अनि त्यसैको तल लेखिएको थियो made for each other like us.। अफिसमा त्यसदिन  प्रतिघण्टा एक का दरले आएको मायालु एस.एम.एसले उसलाई अझ तरंगीत गराएको थियो ।  त्यसरात अंगालोमा बेरिएर सृष्टिकोे प्रश्न थियो ‘एम आई योर फष्ट भ्यालेन्टाइन ?  । बडो दार्शनीकझै उत्तर दियो उसले  ‘विफोर मिटिङ अ राइट पर्सन यु कम एक्रस मेनी रङ पर्सन एण्ड जष्ट अन्डरस्ट्याण्ड यु आर दयाट राइट पर्सन फर मी’ । बस उत्तर काफि थियो । यो एउटा यस्तो भ्यालेन्टाइन थियो जहाँ उसलाई पहिलोपटक लागेको थियो । अँ बस यो चाही असल हुँदैछ् । 

भ्यालेन्टाइन नं १०

         भ्यालेन्टाइन नं ११

                  भ्यालेन्टाइन नं १२

                          भ्यालेन्टाइन नं १३

                                  भ्यालेन्टाइन नं १४

                                              भ्यालेन्टाइन नं १५

                                                             भ्यालेन्टाइन नं १६


                                                              भ्यालेन्टाइन डे नं १७

विहानै छोराकोे रुवाइले ब्युझयो ऊ । घरभरी धुपको बास्ना आइरहेको थियो ।  रोहणकी आमा भन्दै बोलायो । तर उत्तर आएन अनि बल्ल याद आयो । महिनाभरी श्री स्वस्थानी परमेश्वरीको व्रत वसेकी रोहणकी आमा आज पक्कै पनि निकै व्यस्त छिन् । महिनाभरी नित्य मध्यान्ह कालमा श्री स्वस्थानी परमेश्वरी एवं महादेवको व्रत बसेर आज साङेको दिन थियो । पण्डितजी विहानैबाट मन्त्रको ध्वनी उच्चारण गरी रहेका थिए् । वाहिर निस्क्यो ।  आफन्तहरू आएका छन् । आज अफिस जाने कुरा पनि भएन । हिजो विदा माग्न विर्सेछ । फोन गरेर विदा माग्यो । दिनभरी पुजा पाठमा व्यस्त रहयो । ८ कुडका सुपारी, ८ रोटी, ८ पान लगाएतका सामाग्री श्रीमतिले ढोगेर दिइन । सौभाग्यवति भएस् भएस उसले आर्शिवाद दियो । दिनभरीको पुजाको रन्कोले साँझमा केही हल्का हुन उ बजार निस्क्यो । एकछिनमा फर्कनु थियो । घरमा भजन चल्नेवाला थियो । बजारतिर यसो टहलिदै गर्दा महेन्द्रपुलतिर पुग्यो उ । अलि चहलपहल थियो बजारमा सधैभन्दा आज । स्वस्थानीको फूल तार्न आएका मानिस होलान उसले सोच्यो । आर्चिज निर आएपछि पो बल्ल घैटामा घाम लाग्यो । ठूलो पानको पात मा ह्याप्पी भ्यालेन्टाइन डे लेखेको रैछ । लौ आज त भ्यालेन्टाइन डे पो रैछ । पुराना भ्यालेन्टाइनका दिनहरू उसको अगाडी सिनेमा झै फन फन घुम्न लाग्यो । लौ भ्यालेन्टाइन डे विर्सेने दिन पनि आएछ भन्दै उ खिस्स हाँस्यो । एक दर्जन चुरा किनेर आज श्रीमतिलाई सरप्राइज दिने सोच बनायो । बेलुका भजन सकिएपछि लखतरान श्रीमती उ संगै सिरकभित्र घुर्सीन् । सरप्राइज दिने बहानाले उसले ह्याप्पी भ्यालेन्टाइन डे भन्दै चुरा निकाल्यो र दियो श्रीमतीलाई । तिमी मलाई पटक्कै माया गर्दिनौ खै वास्तै छैन यत्रो प्रेम दिवसमा पनि । उसले घुर्की लगायो । याद छ नि । मैले नि हजुरलाई प्रेमपत्र तयार गरेकी छु । झन दंग पारिदिइन उसकी श्रीमतीले उसलाई । उठेर दराज खोलीन र थमाइन उसको हातमा एउटा मझौलो आकारको खाम । अनि उसले जो पढयो त्यसपछि उ अवाक भयो । खामभित्र थिए तिन महिनादेखी तिर्न बाँकी घरबेटीको घरभाडाको हिसाब, छोराको स्कूलको तिर्न बाँकी फि, रमेश साहुकहाँको उधारो राशन ल्याएको हिसाव अनि घरमा चाहिएको सामाग्रीको लिष्ट ।

फाल्गुण २, २०७०
14th Feb 2014.